Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Others/पत्रकार नियन्त्रणमा लिइएको घटनाप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न आग्रह

पत्रकार नियन्त्रणमा लिइएको घटनाप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न आग्रह

10/30/2026, 7:39:30 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पत्रकार नियन्त्रणमा लिइएको घटनाप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न आग्रह

प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमको समाचार कक्षमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। शुक्रबार कार्यालय समय सकिएपछि सादा पोसाकका प्रहरी विभिन्न सञ्चारमाध्यममा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको काउन्सिलले जनाएको छ। काउन्सिलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकारलाई नियन्त्रणमा लिनुको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको तथा अदालतको अनुमति लिएको नदेखिएको उल्लेख छ। सार्वजनिक बिदा सुरु हुनुअघि लगातार दुई दिनसम्म पत्रकारलाई नियन्त्रणमा लिने कार्य भएको भन्दै काउन्सिलले त्यसप्रति आपत्ति जनाएको हो। प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठाएको काउन्सिलको ठहर छ। पक्राउको कानुनी आधार र प्रक्रिया तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएका पत्रकारलाई अविलम्ब रिहा गर्न काउन्सिलले आग्रह गरेको छ। सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति भए वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी परे त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी आफ्नो रहेको काउन्सिलले स्पष्ट पारेको छ। समाचारकै विषयमा प्रत्यक्ष प्रहरी परिचालन गर्नुभन्दा काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा उसले जोड दिएको छ। यसका लागि नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सबै पक्षलाई काउन्सिलले आग्रह गरेको छ। साथै, पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ। काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवर्द्धनप्रति काउन्सिल प्रतिबद्ध रहेको उल्लेख छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

रसेल चम्कँदा विराटनगरले सुदूरपश्चिमलाई हरायो
OthersJust now

रसेल चम्कँदा विराटनगरले सुदूरपश्चिमलाई हरायो

काठमाडौं । आन्द्रे रसेल ब्याटिङ, बलिङ र फिल्डिङमा अलराण्ड प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको ५ ओभरको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई ३५ रनले पराजित गरेको छ । तीन खेल खेल्दा पहिलो जित हात पारेको विराटनगरले २ अंक जोड्दै अंकको खाता खोलेको छ । १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५ ओभरमा २… ...

अनलाइन खबर
५ ओभरको खेलमा सुदूरपश्चिमलाई विराटनगरको १०६ रनको लक्ष्य
OthersJust now

५ ओभरको खेलमा सुदूरपश्चिमलाई विराटनगरको १०६ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई १०६ रनको लक्ष्य दिएको छ । ...

अनलाइन खबर
जुगल-२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण
OthersJust now

जुगल-२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण

सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको छ हजार ५१८ मिटर अग्लो जुगल-२ हिमालमा पहिलो पटक सफल आरोहण भएको छ । स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल-२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ । पहिलो आरोहणसँगै जुगल हिमशृङ्खलाका अन्य हिमालको आरोहणका लागि पनि ...

पर्दाफास
थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किए ऊर्जामन्त्री श्रेष्ठ
OthersJust now

थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किए ऊर्जामन्त्री श्रेष्ठ

१४ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ थाइल्याण्डको बैंककमा आयोजित अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन–ईएससीएपी) द्वारा आयोजित ‘दिगो विकासका लागि अन्तरिक्ष प्रविधिको उपयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’मा सहभागी हुन उहाँ मङ्गलबार बैंकक गएका थिए । सम्मेलनमा मन्त्री… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play