पतिकै अगाडि देवरसँग विवाह गर्न खोजेपछि…

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित बागपतमा सम्बन्धलाई लिएर अनौठो घटना सार्वजनिक भएको छ। एक महिला काखमा बच्चा र साथमा पतिलाई लिएर मुख्यमन्त्री सामूहिक विवाह योजनाअन्तर्गत आफ्नै देवरसँग विवाह गर्न पुगेकी छन्। सामूहिक विवाह योजनाका लागि आएका आवेदनको जाँच गर्ने क्रममा यो घटना बाहिरिएको हो। अधिकारीहरूले कानुनी रूपमा सम्बन्धविच्छेद भएको प्रमाण मागेपछि महिलाले सादा कागजमा लेखिएको पञ्चायतको निर्णय देखाएकी थिइन्। उनले आफूलाई पति मन नपरेको भन्दै देवरसँगै विवाह गर्ने अडान लिएकी थिइन्। महिलासँगै आएका पतिले पनि उनको भनाइ सही भएको बताएका थिए। आफूलाई नभई आफ्नो भाइलाई मन पराएकाले केही दिनअघि पञ्चहरूले बसेर सम्बन्धविच्छेद गराएको उनको दाबी थियो। दुवैले सादा कागजमा लेखिएको सम्बन्धविच्छेदको कागज पेस गरे पनि अधिकारीहरूले त्यसलाई कानुनी मान्यता दिन अस्वीकार गरेका थिए। अधिकारीहरूका अनुसार सामूहिक विवाह योजनाका लागि २२० वटा अनलाइन आवेदन प्राप्त भएका थिए। तीमध्ये योग्य ठहरिएका १४९ जोडीको अक्टोबर २५ मा विवाह गराइएको थियो। आवेदन जाँचका क्रममा कानुनी सम्बन्धविच्छेदको प्रमाणपत्र पेस गर्न नसकेका चार–पाँच वटा आवेदन रद्द भएका थिए। जिल्ला समाज कल्याण अधिकारी नीलम सिंह चौहानका अनुसार रद्द भएका आवेदनमध्ये एक महिलाले पतिसँग कानुनी रूपमा सम्बन्धविच्छेद नगरी देवरसँग विवाह गर्न चाहेकी थिइन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नेप्से परिसूचक पाँच दशमलव ४५ अंकले घट्यो
काठमाडौं।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव ४५ अंकले घटेर दुई हजार ६९० दशमलव १५ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ अंकले घटेर ४८७ दशमलव ६६ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३६ अंकले घटेर १८६ दशमलव ६४ मा ...

बारामा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२१ हेटौँडा–पथलैया सडकखण्डस्थित नेपाल आयल निगमको डिपो नजिक डिजेल बोकेको ट्यांकर, हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। मिति २०८३।०७।१३ गते करिब १२:०० बजे अमलेखगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल बोकेको ट्यांकरमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ग.२ ख १९९३ नम्बर... ...

तस्बिरमा हेर्नुहाेस् वर्षाले प्रभावित उपत्यकाकाे जनजीवन
काठमाडौँ। भारतको बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभावले शुक्रबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । पानी परेसँगै मानिसहरू छाता... ...

वीरगन्ज नाकाबाट डेढ महिनामा भित्रियो १८ हजार ७ सय टन रासायनिक मल
कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दिनेश शर्माका अनुसार भारतबाट खरिद गरिएको ३० हजार टन युरियामध्ये ११ हजार ६३० टन र २० हजार टन डीएपीमध्ये ७ हजार ८५ टन मल वीरगन्जमा भित्रिएको हो । ...


