पटक-पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न नसकिने इरानको दावी

तेहरान । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १४ बुधे मेमोरेन्डम अफ अन्डरस्टेन्डिङ (एमओयू) प्रतिको टिप्पणीको आलोचना गर्दै वासिङ्टनलाई आफ्नो प्रतिबद्धता नमान्ने र अमेरिकी दुव्र्यवहारलाई जवाफदेहिताको आह्वान गरेको आरोप लगाएका छन् । समाजिक सञ्जाल एक्समा बाघाईले कूटनीतिप्रति वासिङ्टनको अवहेलना फेरि एकपटक उजागर भएको उल्लेख गरेका हुन् । राष्ट्रपति ट्रम्पले इस्लामाबाद एमओयूमा कहिल्यै विश्वास नगरेर यसलाई समयको बर्बादी र कूटनीतिक प्रतिबद्धताहरूको फितलो पक्षलाई उजागर गरेको जनाए । उनले थपे, “इरानका लागि यो नयाँ कुरा होइन ,वासिङ्टनसँग आफ्ना प्रतिबद्धताहरू अस्वीकार गर्ने र अन्तर्राष्ट्रिय दायित्वहरू असुविधाजनक हुँदा आफुअनुकुल व्यवहार गर्ने प्रचलन लामो समय देखि गर्दै आएको छ ।” उनले वासिङ्टनलाई दिएको प्रतिक्रियाका लागि युरोपेली राज्यहरू लगायतको आलोचना गर्दै वासिङ्टनले अमेरिकी दुव्र्यवहारलाई बैद्य पार्नु र यसलाई जवाफदेहिताबाट जोगाउनका लागि युरोपेली राज्यहरू र अन्य समर्थकहरूका लागि कुनै औचित्य भएको बताए । “टुटेको प्रतिबद्धतालाई माफ गर्न सकिँदैन, अन्तर्राष्ट्रिय कानून चयन गरेर लागू गर्न सकिँदैन, र कुनै पनि रुपमा राजनैतिक नैतिकताले वासिङ्टनलाई जवाफदेहिताबाट मुक्त गर्न सक्दैन” उनले जोड दिए । इरानसँगको द्वन्द्वमा ट्रम्पको हालैको बयानको बीचमा यो टिप्पणी आएको हो । बुधबार टेक्सासको लुब्बकमा एउटा र्यालीमा बोल्दै अमेरिकी राष्ट्रपतिले अमेरिकाले इरानसँग युद्ध सुरु नगरेको र तेहरानलाई सन् १९७९ देखि वासिङ्टनविरुद्ध द्वन्द्व गरेको आरोप लगाए । अमेरिकाले इरानसँग युद्ध सुरु नगरेको दावी गर्दै ट्रम्पले इरानले अमेरिकाविरुद्ध सन् १९७९ देखि नै युद्ध जारी राखि महान अमेरिकी व्यक्तिहरू तथा सैनिकहरूको हत्या गरेको र धेरैलाई घाइते बनाएको जनाएका छन् । उनले यस अघिका अमेरिकी नेताहरूले यस मुद्दालाई नसल्टाएकोमा थप आलोचना गर्दै समस्या धेरै पहिले नै सुल्झाउनु पर्ने तर उनीहरूसँग यो साहस वा बुद्धिमत्ता नभएको उल्लेख गरेका छन् । इरानमा युद्ध कहिले अन्त्य हुन्छ भन्ने प्रश्नलाई सम्बोधन गर्दै ट्रम्पले जब म यो युद्ध समाप्त गर्न चाहन्छु त्यहि समयमा हुन्छ भने । -एएनआई
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News
चक्रवात प्रभाव : अन्नपूर्ण पदयात्रा स्थगित गर्न आग्रह
ठाकुरप्रसाद आचार्य म्याग्दी (बेनी), कात्तिक ११ गते । मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित भएको अति शक्तिशाली चक्रवात ‘अर्नब’ का कारण प्रतिकूल मौसम हुने चेतावनी दिएपछि म्याग्... ...

मापसेले परिवारभित्र बढ्दै अपराध
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), कात्तिक ११ गते। गुल्मीमा मादक पदार्थको आड्मा परिवार भित्रै हत्याका घटना बढ्दै गएका छन् । १० महिनामो अवधीमा परिवारभित्र चार वटा हत्या मदिरा सेवनकै का... ...

इजरायलमा सरकार गठनका लागि अरब दलहरू विपक्षीसँग वार्तामा
काठमाडाैँ। इजरायलमा सम्पन्न संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब नेतृत्वका राजनीतिक दलहरूको गठबन्धनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरोधी समूहसँग वार्ता गरिरहेको वरिष्ठ अरब सांसद अहमद तिबीले बुधबार बताएका छन्। इजरायलमा अरब... ...

नेतान्याहूलाई सत्ताबाट हटाउन अरब दलहरू विपक्षी गठबन्धनसँग वार्तामा
अरब नेतृत्वको 'जोइन्ट लिस्ट' गठबन्धनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरोधी विपक्षी समूहसँग वार्ता सुरु गरेको छ। ...


