पछिल्लो २४ घण्टामा काभ्रेको रोसीमा सबैभन्दा धेरै वर्षा

पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोक जिल्लाको रोसी मौसम मापन केन्द्रमा सबैभन्दा धेरै वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहान ६ः४२ बजेसम्म रोसीमा ३३ मिलिमिटर वर्षा मापन भएको हो । विभागका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती र मधेस प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा मापन भएको विभागले जनाएको छ । वर्षाका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

चक्रवात अर्नवको असर : लुथ्रुक्क काठमाडौं (तस्वीर)
गए रातिदेखि निरन्तर वर्षा भइरहेका कारण काठमाडौं उपत्यकाको जनजीवन प्रभावित बनेको छ । ...

सुन तोलामा ३ हजार २ सय रुपैयाँ घट्यो
१३ कात्तिक, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ तोलामा १०५… ...

पढाइसँगै खेतीपातीमा रमाउँदै विद्यार्थी
१३ कात्तिक, स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिका–५, रंगेठाँटीस्थित प्रद्युम्न पनेरू माध्यमिक विद्यालयका विद्यार्थी पढाइसँगै कृषि उत्पादनमा पनि जुट्न थालेका छन् । विद्यालयमा सञ्चालन भइरहेको ‘कमाउँदै पढ्दै’ कार्यक्रममार्फत उनीहरूले तरकारीका बेर्ना उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । विद्यालयको प्रि–डिप्लोमा तहअन्तर्गत जेटीए बाली विज्ञान समूहमा अध्ययनरत विद्यार्थीले हाइब्रिड जातका काउली, बन्दा र ब्रोकाउलीका बेर्ना उत्पादन गरेका… ...



