पक्राउ परेका पत्रकारहरुलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको निर्देशन

काठमाडौं । समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई पक्राउ गरेको घटनाप्रति प्रधानमन्त्री बालेन शाहले चासो व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न र समाचार कक्षमा प्रवेश गरेर कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री कार्यालयलाई पत्रकार पक्राउबारे पूर्वजानकारी नभएको स्पष्ट पारेकी छन्। उनका अनुसार घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्री शाहले पत्रकारलाई तत्काल रिहा गर्न निर्देशन दिएका हुन्। साथै, सञ्चारमाध्यमको समाचार कक्षमा प्रवेश गरेर धरपकड नगर्न पनि सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइएको उनले बताएकी छन्। प्रहरीले हालसम्म तीन जना पत्रकारलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनए खबरका प्रधानसम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराल रहेका छन्। त्यस्तै, प्रहरीले दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मा, सम्पादक रिता बुढाथोकी तथा नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीको खोजी गरिरहेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

एनएमबि बैंकको नाफा २७.१० प्रतिशतले बढ्यो
काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब १६ करोड ४२ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २७.१० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा बैंकको बैंकको खुद ब्याज आम्दानी, सन्चालन नाफा बढेको छ ...

सुदूरपश्चिमविरुद्ध विराटनगरको सानदार जित
सुदूरपश्चिम रोयल्ससलाई हराउँदै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ। शनिबार भएको खेलमा विराटनगरले सुदूरपश्चिमलाई ३५ रनले हराउँदै तेस्रो खेलमा आएर पहिलो जित हात पारेको हो। ...

मझिया स्मृति कपको उपाधि ललितपुरको सातदोबाटो युथले जित्यो
शनिबार सम्पन्न फाइनल खेलमा तेह्रथुमको फेदाप गाउँपालिकालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै सातदोबाटोले उपाधि जितेको हो। ...

सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगरको शानदार जित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार राति सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध शानदार जित हात पारेको हो । ...


