Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

न्यू सृष्टि दैनिकमा प्रकाशित ‘सिर्जना सर्वोत्कृष्ट’

Share:WhatsAppFacebookX (Twitter)Telegram
न्यू सृष्टि दैनिकमा प्रकाशित ‘सिर्जना सर्वोत्कृष्ट’
Photo / Coverage: अनलाइनपाना

विराटनगर । पत्रकार तथा साहित्यकार शङ्कर खरेलले ‘न्यू सृष्टि दैनिक’मा नियमित लेखेर सङ्ग्रहका रूपमा प्रकाशित ‘नरिसाउनुस् है’ पुस्तकले प्रभुभक्त छोरी नानी वर्ष पुस्तक पुरस्कार–२०८२ पाएको छ । विराटनगरमा ‘नारी स्रष्टा समाज’ले मङ्गलबार आयोजित कार्यक्रममा ‘नरिसाउनुस् है’ पुस्तक पुरस्कृत भएको हो । काठमाडौंका स्रष्टा विक्रमभक्त जोशी र बिन्जु जोशी संस्थापक रहेको वर्ष पुस्तक सम्मानको राशि ११ हजार रुपैयाँ थियो । साहित्यकार विवश पोखरेल, गङ्गा सुवेदी, डा. देवी पन्थी, समाजकी अध्यक्ष ममता मृदुल र पुरस्कार संस्थापक जोशीलगायतले खरेललाई पुरस्कृत गरेका थिए । यसपटक १० मा छनोट भएका कृतिहरूमा ‘सानु साथी’ (ईश्वरमणि अधिकारी), ‘जीवनकथा अग्रजका’ (केशु विरही), ‘धुवाँको रङ’ (चुडामणि नेपाल ‘अकिञ्चन’), ‘साङ्लो’ (रमेन्द्र कोइराला), ‘कहर वृत्त’ (रासा), ‘शालु’ (ललिता दोषी), ‘भोगाइ’ (लोचन रिजाल), ‘गीता मन्थन’ (विश्वराज अधिकारी) र ‘जिन्दगीका सय टुक्रा’ (शिव त्रिपाठी) रहेका छन्। ‘नरिसाउनुस् है’ २०८२ साल माघमा प्रकाशित भएको हो। ‘नरिसाउनुस् है’ मा १५ वर्षदेखि ‘न्यू सृष्टि दैनिक’मा प्रकाशित स्तम्भका लोकप्रिय आलेखहरू समावेश छन्, जसमा १२० भन्दा बढी आलेख समसामयिक विषयमा आधारित छन् । यस्तै, अन्य स्रष्टामा ‘मोहनलता विशिष्ट स्रष्टा सम्मान तथा पुरस्कार’बाट विधान आचार्य, ‘कविराज कौशिला स्रष्टा सम्मान तथा पुरस्कार’बाट हेमन्ती जोशी, ‘पारस काफ्ले स्रष्टा सम्मान तथा पुरस्कार’बाट लोचन रिजाल एवं ‘कालीगङ्गा बाल स्रष्टा सम्मान तथा पुरस्कार’बाट सफलता फुयाँललाई सम्मानित गरिएको थियो । यस्तै, साहित्यकार रामचन्द्र महतो कुशवाहा, गोपाल प्रयास श्रेष्ठ, गोपाल निर्भीक, स्वयम्भूनाथ कार्की, शरद प्रधानाङ्ग, करुणा जोशी, मञ्जु घिमिरे दाहाल, हीरा खड्का अधिकारी, तिला लेकाली, कविता केशरी र शारदा भट्टराईलाई प्रशंसापत्रद्वारा सम्मानित गरिएको थियो । वि.सं. २०७६ सालमा स्थापना गरिएको समाजले आफ्नो स्थापना दिवसको दिन पारेर प्रत्येक वर्ष मङ्सिर १ गते साहित्यमा सक्रिय स्रष्टाहरूलाई सम्मानित एवं पुरस्कृत गर्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पोसाक दुरुपयोग गरी भिडियो बनाउनेविरुद्ध सशस्त्र प्रहरीले थाल्यो कारबाही
Latest NewsJust now

पोसाक दुरुपयोग गरी भिडियो बनाउनेविरुद्ध सशस्त्र प्रहरीले थाल्यो कारबाही

सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार भ्रमपूर्ण सामग्री उत्पादन तथा प्रसारण गर्ने व्यक्तिविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ । ...

कान्तिपुर
लुम्बिनीको स्पष्ट नजर फाइनलमै
Latest NewsJust now

लुम्बिनीको स्पष्ट नजर फाइनलमै

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको फाइनल नजिक पुगेको छ । कप्तान रोहित पौडेलले टिम लयमा रहेको र उपाधि रक्षा गर्ने लक्ष्यमा केन्द्रित रहेको बताए । ...

कान्तिपुर
‘बागडोरा दिँदा असर नपर्ने भए महेन्द्रनगर रुट लिन चुक्नु हुँदैन’
Latest NewsJust now

‘बागडोरा दिँदा असर नपर्ने भए महेन्द्रनगर रुट लिन चुक्नु हुँदैन’

काठमाडौँ । हरेकजसो नेपालका प्रधानमन्त्रीको भारत भ्रमणअघि चर्चा र चासोको केन्द्रमा रहने विषयमध्ये एक हो – दुई देशबिचको अन्तर्राष्ट्रिय हवाई मार्ग एक दशकभन्दा लामो समयदेखि नेपालले भारतसँग थप हवाई प्रवेश बिन्दुको... ...

रातोपाटी
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा
Latest NewsJust now

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा

काठमाडौं । लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्सलाई हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजति गरेको हो । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य पछाएको लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । लुम्बिनीका लागि निरोशन डिकवेलाले अविजित ५९ रन बनाए भने कप्तान रोहित पौडेलले २१ रन बनाएका थिए । ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play