Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

न्युजिल्यान्डलाई हराउँदै भारतले शृङ्खलामा २–० को अग्रता लियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
न्युजिल्यान्डलाई हराउँदै भारतले शृङ्खलामा २–० को अग्रता लियो
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । भारतले न्युजिल्यान्डविरुद्धको दोस्रो एकदिवसीय खेलमा डकवर्थ लुइस नियमका आधारमा ४ रनको जित निकालेको छ । यो जितसँगै भारतले पाँच खेलको शृङ्खलामा २–० को अग्रता बनाएको छ । १३५ रनको सामान्य लक्ष्य पछ्याएको भारतले खेल रोकिँदा २६ ओभरमा ७ विकेट गुमाएर ११३ रन बनाएको थियो । भारतलाई जितका लागि २२ रन आवश्यक थियो । तर, वर्षाका कारण खेल पुनः सुरु हुन नसकेपछि डकवर्थ लुइस नियमका आधारमा भारतलाई ४ रनले विजयी घोषित गरिएको हो । वर्षाका कारण खेल निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको थियो । वर्षाका कारण दुवै टोलीका लागि खेल ४७–४७ ओभरमा सीमित गरिएको थियो । पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड ४१ ओभरमा १३४ रनमै समेटिएको थियो। तर, सामान्य लक्ष्य पछ्याउने क्रममा भारतीय टोलीले लगातार विकेट गुमायो । भारतका कप्तान शुभमन गिल पहिलो बलमै शून्य रनमा आउट भए भने विराट कोहलीले सात रन मात्रै बनाउन सके। रोहित शर्माले चार चौका प्रहार गरे पनि काइल जेमिसनको बलमा आउट भए । अक्षर पटेल पनि चार रनमा क्याच आउट भएपछि भारत ४७ रनमा चार विकेट गुमाएको अवस्थामा पुगेको थियो। त्यसपछि श्रेयस अय्यर र केएल राहुलले पाँचौँ विकेटका लागि ३९ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरेका थिए । तर, जेमिसनको तीव्र गतिमा आएको छोटो बलमा श्रेयस आउट भए। नमन धीरले दुई चौका प्रहार गरे पनि पुल सट खेल्ने क्रममा क्याच आउट भए। एकपछि अर्को विकेट गुमाउँदै दबाबमा परेको भारतलाई वर्षाले राहत दिएको थियो । खेल पुनः सुरु हुन नसकेपछि डकवर्थ लुइस नियमका आधारमा भारतले जित हासिल गर्‍यो । अब शृङ्खलाको तेस्रो खेल नोभेम्बर १० मा हुने तालिका रहेको छ । The post न्युजिल्यान्डलाई हराउँदै भारतले शृङ्खलामा २–० को अग्रता लियो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एआईले मानिस होइन, मानिसले एआई चलाउन सक्नुपर्छ : विज्ञ
Latest NewsJust now

एआईले मानिस होइन, मानिसले एआई चलाउन सक्नुपर्छ : विज्ञ

काठमाण्डु – विभिन्न क्षेत्रका विज्ञहरूले कृत्रिम बुद्धिमत्ता (एआई) का कारण रोजगारी गुम्ने चिन्ताभन्दा यसको सही प्रयोग गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । डिजिटल मिडिया फाउन्डेसनद्वारा शनिबार राजधानीस्थित होटल हिमालयमा आयोजित ‘नेसनल एआई समिट २०२६’मा सहभागी विज्ञहरूले एआईलाई मानिसको विकल्पका रूपमा नभई कामलाई प्रभावकारी बनाउने उपकरणका रूपमा प्रयोग गर्नुपर्ने बताए । […] ...

काठमाण्डुपाटी
दिल्लीमा प्रधानमन्त्री शाहलाई राष्ट्रपतिको ‘स्टेट डिनर’, मोदीको रात्रिभोज
Latest NewsJust now

दिल्लीमा प्रधानमन्त्री शाहलाई राष्ट्रपतिको ‘स्टेट डिनर’, मोदीको रात्रिभोज

आन्तरिक राजनीतिक झमेलामा सरकार परेन भने प्रधानमन्त्री वालेन्द्र शाह आफ्नो पहिलो औपचारिक भ्रमणका क्रममा भारत जाने तयारीमा तीव्र रूपमा जुटेका छन्। तर यो भ्रमण नै टार्ने गरी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र चलिरहेको खेलमा विपक्षी दलहरूको पनि समर्थनका बिच संशय अझै रहिरहेको छ।  बिहीबार प्रधानमन्त्री शाहसँग आधा घण्टाभन्दा कम समयको भेटमा भारतका विदेश... ...

नेपालखबर
भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णय
Latest NewsJust now

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णय

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि बढाएको छ । प्रथम चरणमा २७ जना... ...

रातोपाटी
भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णय
Latest NewsJust now

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णय

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि बढाएको छ । प्रथम चरणमा २७ जना विद्यार्थीलाई यो छात्रवृत्ति उपलब्ध गराइने निर्णय गरिएको छ भने यसपछि क्रमश: पहिचान गर्दै विभिन्न चरणमा थप विद्यार्थीलाई छात्रवृत्ति दिइँदै जाने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। मन्त्रालयले यसअघि नै ‘सुनिश्चित भविष्य ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play