Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/न्यायालय पुनर्संरचनाका लागि संसदीय प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

न्यायालय पुनर्संरचनाका लागि संसदीय प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

Share:WhatsAppFacebookX (Twitter)Telegram
न्यायालय पुनर्संरचनाका लागि संसदीय प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

काठमाडौं, कात्तिक १४। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति र अनियमितताबारे संसद्मार्फत संवैधानिक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। आज बसेको पार्टी सचिवालय बैठकले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग जोडिएर सार्वजनिक भएका विवादबारे संसदीय प्रक्रियामार्फत कारबाही अघि बढाउने निर्णय गरेको हो। न्याय क्षेत्रमा देखिएका समस्याको निरूपण तथा समग्र न्यायालयको पुनर्संरचनाका लागि संसदीय प्रक्रिया अघि बढाउन पार्टीको संसदीय दललाई निर्देशन दिने निर्णय भएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। न्यायालयमा देखिएका विवादको समाधान न्याय परिषद् वा सरकारबाट मात्रै सम्भव नहुने निष्कर्षसहित संसद्मार्फत संवैधानिक प्रक्रिया अघि बढाउने निर्णय गरिएको उहाँले बताउनुभयो। रास्वपाले न्यायालयमा देखिएका विकृति र विसङ्गति अन्त्यका लागि संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै आफ्नो वाचापत्र तथा घोषणापत्रमै न्यायालयको पुनर्संरचनाको विषय समेटिएको जनाएको छ। पार्टीले त्यसलाई कार्यान्वयन गर्ने दिशामा अघि बढ्ने प्रवक्ता खरेलले बताउनुभयो। संसदीय प्रक्रिया अघि बढेपछि न्यायाधीशहरूविरुद्ध महाभियोगको प्रक्रियासमेत अघि बढ्न सक्ने उहाँले संकेत गर्नुभयो। यसैबीच, सचिवालय बैठकले पार्टीका महामन्त्री विपिन आचार्यको नेतृत्वमा रास्वपाका नेताहरूलाई चीन भ्रमणमा पठाउने निर्णय पनि गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा महामन्त्री आचार्यसहित केही सदस्य रहेको प्रतिनिधिमण्डल छिट्टै चीन भ्रमणमा जाने प्रवक्ता खरेलले जानकारी दिनुभयो। बैठकमा मधेश प्रदेश तथा विभिन्न जिल्लामा हुन नसकेको पार्टी अधिवेशनसम्बन्धी प्रतिवेदन सहमहामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलले बुझाएको थियो। उक्त प्रतिवेदन अध्ययन गरेपछि पार्टीले आवश्यक कदम चाल्ने जनाएको छ। यसैगरी, सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो केही नरहेको बताउनुभयो। संविधान र लोकतन्त्रमाथि आँच पुर्‍याउने गतिविधि जोसुकैले गरे पनि सजायको भागिदार हुनुपर्ने उहाँको भनाइ थियो। संविधानप्रदत्त अधिकारको हवाला दिँदै गरिने कुनै पनि गैरसंवैधानिक गतिविधि स्वीकार्य नहुने चेतावनी दिँदै लामिछानेले यस विषयमा पार्टीले समेत निर्णय गरिसकेको जानकारी दिनुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

चन्द्र भण्डारीकाे प्रश्न : विचौलियासँग त्यस्तो के चुम्बक छ, जसले स्वाभिमान र गरिमालाई लाम लगाउँछ ?
राजनीतिJust now

चन्द्र भण्डारीकाे प्रश्न : विचौलियासँग त्यस्तो के चुम्बक छ, जसले स्वाभिमान र गरिमालाई लाम लगाउँछ ?

काठमाडौं, कात्तिक १४। नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले विचौलियाको प्रभाव र स्वार्थका कारण स्वाभिमान, गरिमा तथा मूल्य–मान्यतामाथि प्रश्न उठेको टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले विचौलियासँग त्यस्तो के चुम्बक रहेको छ, जसले स्वाभिमान, गरिमा र मूल्य–मान्यतालाई समेत लाम लगाउन सक्ने भन्दै प्रश्न गर्नुभएको हो। उहाँले विचौलियाको प्रभाव पछाडि पद, पैसा वा स्वार्थमध्ये के कारण रहेको छ भन्ने ...

जनताटाइम्स
अध्यक्ष ओलीद्वारा संविधानसभा सदस्य तामाङको निधनप्रति श्रद्धाञ्जली व्यक्त
राजनीतिJust now

अध्यक्ष ओलीद्वारा संविधानसभा सदस्य तामाङको निधनप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ, कात्तिक १४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा सदस्य छोवाङ तेञ्जेन तामाङको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सो पार्टीका प... ...

गोरखापत्र
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
राजनीतिJust now

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

काठमाडौँ, कात्तिक १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर सोधपुछ तथा समाचार कक्षमा प्रहरी प्रवेश गरी भएका गतिविधिको छानबिन गरी दोषीलाई य... ...

गोरखापत्र
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार
राजनीतिJust now

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार

ललितपुर, कात्तिक १४ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने भएको छ ।पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिनुभएको जानकारी अनुसार पार्टीको केन्द्र... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play