Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्तावमा विकल्प खुला

Share:WhatsAppFacebookX (Twitter)Telegram
न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्तावमा विकल्प खुला
Photo / Coverage: नेपालन्युज

काठमाडौं।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा सहमति नभए विकल्प खोज्न सरकार तयार रहेको बताएकी छन्। कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि सरोकार भएकाहरूसँगको छलफलमा उनले मेलमिलापलाई प्रभावकारी र सबैको पहुँचमा पुर्‍याउनु सरकारको मुख्य उद्देश्य रहेको स्पष्ट पारिन्। विधेयकमा पाँच वा सोभन्दा बढी न्यायाधीश रहेको अदालतमा कम्तीमा एक जना न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिने प्रस्ताव गरिएको उल्लेख गर्दै मन्त्री गौतमले यसले मेलमिलाप प्रक्रियाप्रति पक्षहरूको विश्वास र न्यायालयको विश्वसनीयता बढाउने अपेक्षा गरिएको बताइन्। न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिन हुने वा नहुने विषयमा सरोकार भएकाहरूको मत विभाजित भएमा थप छलफल अघि बढाउन सकिने उनले बताइन्। उक्त प्रस्ताव सबैलाई उपयुक्त नलागे त्यसको विकल्प खोज्न सकिने उनको भनाइ छ। “हाम्रो उद्देश्य भनेको मेलमिलापलाई सकेसम्म सबैको पहुँचमा पुर्‍याउनु र मेलमिलापबाटै विवाद समाधान गर्नु हो। मेलमिलापबाट समस्या समाधान गर्न सकियो भने जनतालाई सहज हुन्छ भन्ने हो”, मन्त्री गौतमले भनिन्। मन्त्री गौतमले कानुन निर्माण गर्दा सैद्धान्तिक तथा कानुनी मान्यतासँगै स्थानीय तहमा काम गर्ने व्यक्तिहरूका व्यावहारिक अनुभव र जटिलतालाई पनि समेट्नु पर्नेमा जोड दिइन्। बन्द कोठामा निर्माण गरिएका नीतिले व्यवहारमा समस्या निम्त्याउन सक्ने भन्दै उनले सरोकार भएकाहरूबाट प्राप्त सुझावले विधेयकको दफावार छलफललाई थप प्रभावकारी बनाउने बताइन्। अदालतमा मुद्दा पुग्दा नागरिकले आर्थिक खर्च, लामो समय र पुनरावेदन प्रक्रिया समेतको झन्झट बेहोर्नुपर्ने अवस्थाबारे चिन्ता व्यक्त गर्दै मन्त्री गौतमले विशेष गरी पारिवारिक तथा सामाजिक सम्बन्धभित्रका विवाद अदालतसम्म पुग्दा लामो समयसम्म सम्बन्ध बिग्रिने र सामाजिक सद्भावमा समेत असर पर्ने भएकाले मेलमिलापलाई प्राथमिकता दिन आवश्यक रहेको बताइन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘रामायण’ को पहिलो दिनको कमाई कति ?
Latest NewsJust now

‘रामायण’ को पहिलो दिनको कमाई कति ?

मुम्बई । नितेश तिवारी निर्देशित बहुप्रतिक्षित फिल्म ‘रामायण’ आज बिहीबारबाट प्रदर्शनमा आएको छ । ‘दंगल’ फेम निर्देशक तिवारीको यो फिल्मले बक्स अफिसमा सुरुवात राम्रो गर्न सफल भएको छ । फिल्मले देशभरका... ...

रातोपाटी
क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास
Latest NewsJust now

क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। ४१ वर्षीय रोनाल्डोले नोभेम्बरको अन्तर्राष्ट्रिय खेलपछि राष्ट्रिय टोलीबाट बिदा हुने निर्णय सार्वजनिक गरेका हुन्। रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै पोर्चुगलको प्रतिष्ठित ७ नम्बर जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका छन्। उनले आफ्नो पोस्टमा ‘पोर्चुगल सधैँ मेरो मनमा रहनेछ’ भन्ने सन्देश पनि दिएका छन्। २३ वर्ष ...

केन्द्रबिन्दु
५ देखि ७ वर्षभित्र नेपाललाई १०० अर्ब डलरको अर्थतन्त्र बनाउँछौँ : अर्थमन्त्री डा.वाग्ले
Latest NewsJust now

५ देखि ७ वर्षभित्र नेपाललाई १०० अर्ब डलरको अर्थतन्त्र बनाउँछौँ : अर्थमन्त्री डा.वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी ५ देखि ७ वर्षभित्र नेपाललाई १०० अर्ब डलर (करिब १३३ खर्ब रुपैयाँ) को अर्थतन्त्र भएको मुलुकका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्। नेपाल... ...

रातोपाटी
सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध २८ वटा उजुरी, तिहारअघि नै सुनुवाइ प्रक्रिया टुङ्ग्याइँदै
Latest NewsJust now

सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध २८ वटा उजुरी, तिहारअघि नै सुनुवाइ प्रक्रिया टुङ्ग्याइँदै

सिफारिस भएका चार जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा २८ वटा उजुरी दर्ता भएका छन्। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play