Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

नोभेम्बर १५ देखि भारतमा लाभाका स्मार्टफोन महँगिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नोभेम्बर १५ देखि भारतमा लाभाका स्मार्टफोन महँगिने
Photo / Coverage: टेक्नोलोजी खबर

भारतीय स्मार्टफोन निर्माता कम्पनी लाभाले सन् २०२६ नोभेम्बर १५ देखि भारतमा आफ्ना स्मार्टफोनको मूल्य अधिकतम ३ हजार भारतीय रुपैयाँसम्म बढाउने घोषणा गरेको छ। लाभाका अनुसार बजारमा मेमोरी चिपको अभाव निरन्तर रहेकाले स्मार्टफोनको मूल्य बढाउनुपरेको हो। कम्पनीले स्मार्टफोन खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई मूल्य वृद्धि हुनुअघि नै खरिद गर्न सुझाव दिएको छ। कम्पनीले जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ, “हालको उद्योगको अवस्थालाई ध्यानमा राख्दै मेमोरी चिपको निरन्तर अभावका कारण सन् २०२६ नोभेम्बर १५ देखि हाम्रा सबै स्मार्टफोनको मूल्य अधिकतम ३ हजार भारतीय रुपैयाँसम्म समायोजन गर्नुपर्ने भएको छ।” विज्ञप्तिमा थप भनिएको छ, “आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहने ग्राहकका लागि अहिले राम्रो अवसर छ। हाम्रा उत्पादनहरू हाल प्रमुख ई–कमर्स प्लेटफर्म र अफलाइन बिक्री सञ्जालमा चाडपर्व लक्षित छुट मूल्यमा उपलब्ध छन्। मूल्य वृद्धि लागू हुनुअघि ग्राहकलाई यी सुविधाको लाभ लिन हामी आग्रह गर्छौँ।” जीएसएमएरिनाका अनुसार लाभाले स्मार्टफोनको मूल्य अधिकतम ३ हजार भारतीय रुपैयाँसम्म बढाउने बताए पनि भारतमा बिक्री हुने प्रत्येक स्मार्टफोनको मूल्य कति बढ्ने भन्नेबारे भने खुलाएको छैन। The post नोभेम्बर १५ देखि भारतमा लाभाका स्मार्टफोन महँगिने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आजको मौसम (बुधबार, कात्तिक १८, २०८३): हिमाली क्षेत्रमा हल्का वर्षा र तराईमा हुस्सुको सम्भावना
TechnologyJust now

आजको मौसम (बुधबार, कात्तिक १८, २०८३): हिमाली क्षेत्रमा हल्का वर्षा र तराईमा हुस्सुको सम्भावना

१८ कात्तिक, काठमाडौं। आजको मौसम (बुधबार, कात्तिक १८, २०८३): पाँच प्रदेशमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना आज बुधबार, कात्तिक १८, २०८३ (4th November 2026) देशका पाँच प्रदेशमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ, जसका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल […] The post ...

आइसिटी फ्रेम
गत आर्थिक वर्षमा साढे १४ सय किमि अप्टिकल फाइबर विस्तार, सूचना महामार्ग निर्माणका कार्य सम्पन्न
TechnologyJust now

गत आर्थिक वर्षमा साढे १४ सय किमि अप्टिकल फाइबर विस्तार, सूचना महामार्ग निर्माणका कार्य सम्पन्न

नेपाल दूरसञ्चार प्रधिकरणले गत आर्थिक वर्ष २०८२/८३ मा अप्टिकल फाइबर विस्तार, सूचना महामार्ग निर्माण, फाइभजी सेवाका प्रवर्धन, उपकरण जडान लगाएतका कार्यहरु सम्पन्न गरेको छ। प्राधिकरणल‍े हालै सार्वजनिक गरेको उक्त आर्थिक वर्षको प्रगति विवरणमा यसबारे विस्तृत रुपमा उल्लेख गरिएको छ। प्राधिकणले कोशी, मधेश र बागमती प्रदेशहरुमा मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम, पूर्व पश्चिम जोड्ने राजमार्ग, उत्तर दक्षिण जोड्ने राजमार्गमा अप्टिकल फाईबर नेटवर्क विस्तार ...

टेक्नोलोजी खबर
चीनसँगको व्यावसायिक सम्बन्ध घटाउन डाटा सेन्टर साझेदारलाई एनभिडियाको निर्देशन
TechnologyJust now

चीनसँगको व्यावसायिक सम्बन्ध घटाउन डाटा सेन्टर साझेदारलाई एनभिडियाको निर्देशन

अमेरिकी चिप निर्माता एनभिडियाले आफ्ना डाटा सेन्टर साझेदारहरूलाई चिनियाँ ग्राहकसँगको व्यावसायिक सम्बन्ध घटाउन निर्देशन दिएको छ। बेलायती पत्रिका फाइनान्सियल टाइम्स (एफटी) ले यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै मंगलबार प्रकाशित समाचारमा एनभिडियाले आफ्ना साझेदारलाई चीनसँगको व्यावसायिक जोखिम कम गर्न भनेको उल्लेख गरेको छ। रिपोर्टअनुसार एनभिडियाले डाटा सेन्टर साझेदारहरूलाई चिनियाँ ग्राहकसँगको कारोबारमा आफ्नो निर्भरता घटाउन आग्रह गरेको हो। यद्यपि, यस निर्देशनको दायरा, कार्यान्वयनको ...

टेक्नोलोजी खबर
अनर ७०० र ७०० प्रोमा टेलिकन्भर्टर सपोर्ट हुने
TechnologyJust now

अनर ७०० र ७०० प्रोमा टेलिकन्भर्टर सपोर्ट हुने

अनरको ७०० सिरिज आगामी महिना चीनमा सार्वजनिक हुने अपेक्षा गरिएको छ। यसैबीच, वेइबोका दुई चर्चित टिपस्टरले फोनका थप विशेषताबारे जानकारी सार्वजनिक गरेका छन्। डिजिटल च्याट स्टेसनका अनुसार अनर ७०० र अनर ७०० प्रो दुवैमा २०० एमएम टेलिकन्भर्टर सपोर्ट हुनेछ। उनका अनुसार यो सिरिजमा अल्ट्रा–न्यारो बेजेल भएको मध्यम आकारको स्क्रिन, ठूलो ब्याट्री, पछाडिपट्टि बिल्ट–इन स्क्रिन, स्न्यापड्रागन चिपसेट र पेरिस्कोप टेलिफोटो क्यामेरा रहनेछ। ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play