Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

चीनसँगको व्यावसायिक सम्बन्ध घटाउन डाटा सेन्टर साझेदारलाई एनभिडियाको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनसँगको व्यावसायिक सम्बन्ध घटाउन डाटा सेन्टर साझेदारलाई एनभिडियाको निर्देशन
Photo / Coverage: टेक्नोलोजी खबर

अमेरिकी चिप निर्माता एनभिडियाले आफ्ना डाटा सेन्टर साझेदारहरूलाई चिनियाँ ग्राहकसँगको व्यावसायिक सम्बन्ध घटाउन निर्देशन दिएको छ। बेलायती पत्रिका फाइनान्सियल टाइम्स (एफटी) ले यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै मंगलबार प्रकाशित समाचारमा एनभिडियाले आफ्ना साझेदारलाई चीनसँगको व्यावसायिक जोखिम कम गर्न भनेको उल्लेख गरेको छ। रिपोर्टअनुसार एनभिडियाले डाटा सेन्टर साझेदारहरूलाई चिनियाँ ग्राहकसँगको कारोबारमा आफ्नो निर्भरता घटाउन आग्रह गरेको हो। यद्यपि, यस निर्देशनको दायरा, कार्यान्वयनको समयसीमा र यसबाट प्रभावित हुने कम्पनीबारे विस्तृत विवरण सार्वजनिक भएको छैन। समाचार संस्था रोयटर्सले भने एफटीको उक्त रिपोर्ट तत्काल स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ। रोयटर्सका अनुसार यस कदमलाई अमेरिका र चीनबीच उन्नत सेमिकन्डक्टर तथा कृत्रिम बुद्धिमत्ता प्रविधिमा जारी प्रतिस्पर्धाको पछिल्लो घटनाका रूपमा हेरिएको छ। अमेरिकाले सन् २०२२ देखि चीनको सेमिकन्डक्टर तथा सुपरकम्प्युटिङ क्षेत्रमा प्रयोग हुने उन्नत चिपको निर्यातमा नियन्त्रण लगाउँदै आएको छ। त्यसपछि सन् २०२३ मा पनि थप कडा निर्यात अनुमति व्यवस्था लागू गरिएको थियो। यसले एनभिडियाका एच१००, एच८०० लगायतका चिपको चीनतर्फको आपूर्तिमा असर पारेको थियो। सन् २०२५ मा अमेरिकाले एनभिडियाको चीन लक्षित एच२० चिपको निर्यातमा समेत अनुमति अनिवार्य गरेको थियो। उक्त निर्णयपछि कम्पनीले चीनमा चिप बिक्रीका लागि सरकारी अनुमति लिनुपर्ने अवस्था आएको थियो। अमेरिकी सरकारले पछि केही एच२० चिप निर्यातका लागि अनुमति दिए पनि चीन सरकारले घरेलु चिप उद्योगलाई प्रोत्साहन गर्ने नीतिअन्तर्गत ती चिपको बिक्रीमा प्रतिबन्ध लगाएपछि कम्पनीले अपेक्षित बजार पाउन सकेन। यसबीच एनभिडियाले चीनको बजारमा आफ्नो व्यापार कायम राख्न विभिन्न संस्करणका चिप विकास गरेको थियो। अमेरिकी निर्यात प्रतिबन्धलाई ध्यानमा राखेर चीनका लागि कम क्षमताका चिप तयार गरिए पनि ती चिपको बिक्रीमा पटक–पटक सरकारी नियन्त्रण र नीतिगत अवरोध देखिएका छन्। एनभिडियाले सन् २०२५ मा एच२० चिपको निर्यात रोकिँदा करिब ४ अर्ब ५० करोड अमेरिकी डलर बराबरको खर्च व्यहोर्नुपरेको आफ्नो वित्तीय विवरणमा उल्लेख गरेको छ। पछि अमेरिकी सरकारले केही चिनियाँ ग्राहकलाई एच२० चिप बिक्री गर्न अनुमति दिए पनि चीनतर्फबाट बिक्रीमा अवरोध कायम रह्यो। सन् २०२६ मा एच२० को तुलनामा शक्तिशाली एच२०० चिप निर्यातका लागि पनि सीमित अनुमति दिइएको थियो। तर अमेरिकी तथा चिनियाँ दुवै सरकारको स्वीकृति आवश्यक पर्ने अवस्थाले चीनको डाटा सेन्टर बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको कम्पनीले जनाएको छ। एनभिडियाको वित्तीय विवरणअनुसार सन् २०२६ को पहिलो अर्धवार्षिक अवधिमा एच२०० चिपको अतिरिक्त मौज्दात तथा खरिद प्रतिबद्धतासँग सम्बन्धित ४० करोड डलर खर्च लेखाङ्कन गरिएको थियो। अनुमति पाएका चिपको बिक्रीसमेत अपेक्षाअनुसार हुन सकेको थिएन। कम्पनीले चीनको डाटा सेन्टर बजारमा आफ्नो पहुँच सीमित हुँदा त्यहाँका प्रतिस्पर्धी कम्पनीले विश्व बजारमा समेत आफ्नो ग्राहक तथा विकासकर्ता सञ्जाल विस्तार गर्ने अवसर पाएको उल्लेख गरेको छ। पछिल्लो निर्देशनले एनभिडियाको चीनसँगको प्रत्यक्ष चिप व्यापार मात्र नभई उसका साझेदारमार्फत हुने डाटा सेन्टर व्यवसायमा समेत चीनसम्बन्धी जोखिम कम गर्ने प्रयास भइरहेको संकेत गर्छ। डाटा सेन्टरहरू एआई मोडेलको प्रशिक्षण, सञ्चालन तथा ठूलो परिमाणमा कम्प्युटिङ कार्यका लागि प्रयोग हुन्छन्। त्यसैले त्यस्ता केन्द्रका ग्राहकको भौगोलिक संरचनाले पनि उन्नत चिपको माग र आपूर्तिमा प्रभाव पार्न सक्छ। यद्यपि एनभिडियाले पछिल्लो निर्देशनबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन। एफटीको रिपोर्टलाई रोयटर्सले स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ। The post चीनसँगको व्यावसायिक सम्बन्ध घटाउन डाटा सेन्टर साझेदारलाई एनभिडियाको निर्देशन appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अनर ७०० र ७०० प्रोमा टेलिकन्भर्टर सपोर्ट हुने
TechnologyJust now

अनर ७०० र ७०० प्रोमा टेलिकन्भर्टर सपोर्ट हुने

अनरको ७०० सिरिज आगामी महिना चीनमा सार्वजनिक हुने अपेक्षा गरिएको छ। यसैबीच, वेइबोका दुई चर्चित टिपस्टरले फोनका थप विशेषताबारे जानकारी सार्वजनिक गरेका छन्। डिजिटल च्याट स्टेसनका अनुसार अनर ७०० र अनर ७०० प्रो दुवैमा २०० एमएम टेलिकन्भर्टर सपोर्ट हुनेछ। उनका अनुसार यो सिरिजमा अल्ट्रा–न्यारो बेजेल भएको मध्यम आकारको स्क्रिन, ठूलो ब्याट्री, पछाडिपट्टि बिल्ट–इन स्क्रिन, स्न्यापड्रागन चिपसेट र पेरिस्कोप टेलिफोटो क्यामेरा रहनेछ। ...

टेक्नोलोजी खबर
आगाामी वर्षहरुमा स्मार्टफोनको मूल्य यसकारण अझै बढ्ने
TechnologyJust now

आगाामी वर्षहरुमा स्मार्टफोनको मूल्य यसकारण अझै बढ्ने

एआईसम्बन्धी डाटा केन्द्रहरुले मेमोरी चिपको आपूर्ति प्रयोग गर्न थालेपछि आगाामी वर्षहरुमा स्मार्टफोनको मुल्य झन बढ्ने देखिएको छ। स्यान्डिस्कका अनुसार सन् २०२८ सम्मको आफ्नो उत्पादन क्षमताको करिब दुई तिहाई हिस्सा दिर्घकालिन सम्झौता मार्फत बुक भईसकेको छ। टेलिग्राफका अनुसार यसले एप्पल सामसङजस्ता कम्पनीलाई आवश्यक चिप उपलब्ध गराउन थप चुनौति निम्त्याउन सक्ने देखिएको छ। सन् २०२७ सम्म मेमोरी चिपको माग आपुर्तिभन्दा दोब्बर बढ्ने अनुमान गरिएको छ। ...

टेक्नोलोजी खबर
बाइनान्सबाट रकम निकासी सामान्य अवस्थामा फर्कियो, साइबर चोरीमा संलग्न भएको आरोप उत्तर कोरियाद्वारा अस्वीकार
TechnologyJust now

बाइनान्सबाट रकम निकासी सामान्य अवस्थामा फर्कियो, साइबर चोरीमा संलग्न भएको आरोप उत्तर कोरियाद्वारा अस्वीकार

बाइनान्सबाट प्रयोगकर्ताले रकम झिक्ने क्रम सामान्य अवस्थामा फर्किएको र कम्पनीको आर्थिक अवस्था निकै बलियो रहेको सहप्रमुख कार्यकारी अधिकृतले बताएका छन्। यसैबीच आफ्नो प्लेटफर्मबाट ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरीमा संलग्न भएको अमेरिकी आरोपलाई उत्तर कोरियाले ‘बेतुकको अभिव्यक्ति’ भन्दै अस्वीकार गरेको छ। गत साता अहिलेसम्मकै ठूलो वित्तीय चोरीमध्ये एक मानिएको घटनापछि बाइनान्सका ग्राहकले सोमबारसम्म कुल ४ अर्ब ७२ करोड अमेरिकी ...

टेक्नोलोजी खबर
सामसङले एन्ड्रोइड एक्सआर चस्मा कहिले र कहाँ सार्वजनिक गर्दैछ भन्ने खुलासा
TechnologyJust now

सामसङले एन्ड्रोइड एक्सआर चस्मा कहिले र कहाँ सार्वजनिक गर्दैछ भन्ने खुलासा

यसै महिनाको सुरुवातमा दक्षिण कोरियाली सञ्चारमाध्यममा प्रकाशित समाचारले सामसङका स्मार्ट चस्मा नोभेम्बरमा सार्वजनिक हुने दाबी गरेको थियो। तर, सोही सञ्चारमाध्यमको अहिलेको समाचारअनुसार यी चस्मा वास्तवमा डिसेम्बरको मध्य देखि बजारमा उपलब्ध हुनेछन्। सुरुवाती चरणमा यी चस्मा दक्षिण कोरिया र अमेरिकामा मात्रै बिक्री गरिने बताइएको छ। सुरुवाति बजार विस्तारमा युरोप, चीन र जापान भने समावेश हुने छैनन्। अन्य बजारमा विस्तार गर्नुअघि सामसङले कोरिया र अमेरिकी ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play