Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

गत आर्थिक वर्षमा साढे १४ सय किमि अप्टिकल फाइबर विस्तार, सूचना महामार्ग निर्माणका कार्य सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
गत आर्थिक वर्षमा साढे १४ सय किमि अप्टिकल फाइबर विस्तार, सूचना महामार्ग निर्माणका कार्य सम्पन्न
Photo / Coverage: टेक्नोलोजी खबर

नेपाल दूरसञ्चार प्रधिकरणले गत आर्थिक वर्ष २०८२/८३ मा अप्टिकल फाइबर विस्तार, सूचना महामार्ग निर्माण, फाइभजी सेवाका प्रवर्धन, उपकरण जडान लगाएतका कार्यहरु सम्पन्न गरेको छ। प्राधिकरणल‍े हालै सार्वजनिक गरेको उक्त आर्थिक वर्षको प्रगति विवरणमा यसबारे विस्तृत रुपमा उल्लेख गरिएको छ। प्राधिकणले कोशी, मधेश र बागमती प्रदेशहरुमा मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम, पूर्व पश्चिम जोड्ने राजमार्ग, उत्तर दक्षिण जोड्ने राजमार्गमा अप्टिकल फाईबर नेटवर्क विस्तार गर्ने कार्यक्रमको सन्दर्भमा २०८३ असार मसान्तसम्म १४४९.४४ किलोमिटर अप्टिकल फाइबर विस्तार गरेको छ। यस अवधिमा २७ वटा डीडब्लुडीएम प्रणाली जडान र ५१ वटा कोर राउटर जडान सम्पन्न भएका छन्। चालु आर्थिक वर्षमा मात्रै ४ वटा डीडब्लुडीएम प्रणाली र ६ वटा कोर राउटर जडान कार्य सम्पन्न भएको छ। उक्त परियोजनाको लागि नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई २१ करोड भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग निर्माण तथा विस्तार गर्ने परियोजना नेपाल दूरसञ्चार कम्पनी लिमिटेड मार्फत गर्ने गरी नेपाल सरकारबाट दूरसञ्चार ऐन, २०५३ को दफा २० बमोजिम निर्देशन प्राप्त भएको थियो। त्यसअनुसार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबीच २०८२ साउन ३० गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो। समझदारी पत्र बमोजिम नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले २०८३ असार १८ गते परियोजना प्रतिवेदन बुझाइसकेको छ। त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण तथा विस्तार गर्ने परियोजना अन्तर्गत हालसम्म ७९९ किलोमिटर अप्टिकल फाइबर विस्तार गरिएको छ। २३ वटा डीडब्लुडीएम प्रणाली, ४६ वटा कोर राउटर, र २० वटा माईक्रोवेभ स्पट जडान गर्ने कार्य सम्पन्न भएको छ। यस आवमा मात्रै २२१ किलोमिटर फाईबर थप विस्तार गरिएको छ। प्रधिकरणले मोबाइल रेडियो स्पेक्ट्रम मोनिटरिङ सिस्टम सञ्चालन गर्ने कार्यक्रमको सन्दर्भमा उक्त सिस्टमको सपोर्ट तथा स्थलगत निरिक्षणको प्रतिवेदन प्राप्त गरी कार्य सम्पन्न भएको जनाएको छ। संघीय संसद, सार्वजनिक लेखा समितिमा आईटी फ्यामिलियर कन्फरेन्स हलका लागि उपकरण आयात तथा जडानका लागि भएको सम्झौता (सम्झौता नं. ०२–एनटीए–पीएसी–२०७७/७८) बमोजिमको बाँकी रकम भुक्तानी गर्ने कार्यक्रमको लागि २९ लाख बजेट विनियोजन गरिएकोमा २८ लाख ५० हजार भुक्तानी गरिएको छ। दूरसञ्चार ऐन, २०५३ को दफा ३३ बमोजिम सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडको स्वामित्व नेपाल सरकारको कायम हुने विषयसँग उक्त कम्पनीको मूल्य निर्धारण गर्ने समितिको कार्यक्षेत्रगत विवरण (टीओआर) तयार गर्ने कार्य सम्पन्न भएको प्राधिकरणले जनाएको छ। त्यस्तै अन्तर्राष्ट्रिय दूरसञ्चार संघको समन्वयमा गल्र्स इन आईसीटी डे कार्यक्रमअन्तर्गत २०८२ साउन ७ देखि ९ गतेसम्म सुर्खेत र ईटहरीमा ‘स्किल्स बिल्डिङ इन इमर्जिङ टेक्नोलोजिज’ कार्यशाला आयोजना गरिएको थियो। महान्यायाधिवक्ताको कार्यालयसंग सहकार्य गरी बागमती प्रदेशमा महिला सरकारी वकिलहरुलाई भीओआईपी कल बाइपास, साइबर क्राइम लगायतका विषयमा क्षमता विकास कार्यक्रम सञ्चालन गरियो। अन्य क्षेत्रमा फाइभजी दूरसञ्चार सेवाको प्रयोगलाई प्रोत्साहन दिन गर्नुपर्ने कार्यको सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन तयार गर्ने कार्यक्रम पनि सम्पन्न भएको र उक्त कार्यका लागि १४ लाख बजेट विनियोजन गरिएकोमा १३ लाख ७४ हजार खर्च भएको प्रधिकरणले जनाएको छ। The post गत आर्थिक वर्षमा साढे १४ सय किमि अप्टिकल फाइबर विस्तार, सूचना महामार्ग निर्माणका कार्य सम्पन्न appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आजको मौसम (बुधबार, कात्तिक १८, २०८३): हिमाली क्षेत्रमा हल्का वर्षा र तराईमा हुस्सुको सम्भावना
TechnologyJust now

आजको मौसम (बुधबार, कात्तिक १८, २०८३): हिमाली क्षेत्रमा हल्का वर्षा र तराईमा हुस्सुको सम्भावना

१८ कात्तिक, काठमाडौं। आजको मौसम (बुधबार, कात्तिक १८, २०८३): पाँच प्रदेशमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना आज बुधबार, कात्तिक १८, २०८३ (4th November 2026) देशका पाँच प्रदेशमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ, जसका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल […] The post ...

आइसिटी फ्रेम
नोभेम्बर १५ देखि भारतमा लाभाका स्मार्टफोन महँगिने
TechnologyJust now

नोभेम्बर १५ देखि भारतमा लाभाका स्मार्टफोन महँगिने

भारतीय स्मार्टफोन निर्माता कम्पनी लाभाले सन् २०२६ नोभेम्बर १५ देखि भारतमा आफ्ना स्मार्टफोनको मूल्य अधिकतम ३ हजार भारतीय रुपैयाँसम्म बढाउने घोषणा गरेको छ। लाभाका अनुसार बजारमा मेमोरी चिपको अभाव निरन्तर रहेकाले स्मार्टफोनको मूल्य बढाउनुपरेको हो। कम्पनीले स्मार्टफोन खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई मूल्य वृद्धि हुनुअघि नै खरिद गर्न सुझाव दिएको छ। कम्पनीले जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ, “हालको उद्योगको अवस्थालाई ध्यानमा ...

टेक्नोलोजी खबर
चीनसँगको व्यावसायिक सम्बन्ध घटाउन डाटा सेन्टर साझेदारलाई एनभिडियाको निर्देशन
TechnologyJust now

चीनसँगको व्यावसायिक सम्बन्ध घटाउन डाटा सेन्टर साझेदारलाई एनभिडियाको निर्देशन

अमेरिकी चिप निर्माता एनभिडियाले आफ्ना डाटा सेन्टर साझेदारहरूलाई चिनियाँ ग्राहकसँगको व्यावसायिक सम्बन्ध घटाउन निर्देशन दिएको छ। बेलायती पत्रिका फाइनान्सियल टाइम्स (एफटी) ले यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै मंगलबार प्रकाशित समाचारमा एनभिडियाले आफ्ना साझेदारलाई चीनसँगको व्यावसायिक जोखिम कम गर्न भनेको उल्लेख गरेको छ। रिपोर्टअनुसार एनभिडियाले डाटा सेन्टर साझेदारहरूलाई चिनियाँ ग्राहकसँगको कारोबारमा आफ्नो निर्भरता घटाउन आग्रह गरेको हो। यद्यपि, यस निर्देशनको दायरा, कार्यान्वयनको ...

टेक्नोलोजी खबर
अनर ७०० र ७०० प्रोमा टेलिकन्भर्टर सपोर्ट हुने
TechnologyJust now

अनर ७०० र ७०० प्रोमा टेलिकन्भर्टर सपोर्ट हुने

अनरको ७०० सिरिज आगामी महिना चीनमा सार्वजनिक हुने अपेक्षा गरिएको छ। यसैबीच, वेइबोका दुई चर्चित टिपस्टरले फोनका थप विशेषताबारे जानकारी सार्वजनिक गरेका छन्। डिजिटल च्याट स्टेसनका अनुसार अनर ७०० र अनर ७०० प्रो दुवैमा २०० एमएम टेलिकन्भर्टर सपोर्ट हुनेछ। उनका अनुसार यो सिरिजमा अल्ट्रा–न्यारो बेजेल भएको मध्यम आकारको स्क्रिन, ठूलो ब्याट्री, पछाडिपट्टि बिल्ट–इन स्क्रिन, स्न्यापड्रागन चिपसेट र पेरिस्कोप टेलिफोटो क्यामेरा रहनेछ। ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play