Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेश्नल साइन्स काउन्सिलको फेलो निर्वाचित

नेश्नल साइन्स काउन्सिलको फेलो निर्वाचित

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेश्नल साइन्स काउन्सिलको फेलो निर्वाचित

काठमाडौं । नेपाली सोसेल साइन्टिस मन्दिरा लामिछाने अन्तर्राष्ट्रिय विज्ञान परिषद् (आईएससी)को फेलो निर्वाचित भएकी छन्। यो विज्ञान क्षेत्रमा विश्वस्तरमा प्रदान गरिने सर्वोच्च सम्मानमध्ये एक हो। परिषद्को फेलो निर्वाचित हुने उनी पहिलो नेपाली महिला वैज्ञानिक हुन् भने यो सम्मान प्राप्त गर्ने दोस्रो नेपाली नागरिक हुन्। यो सम्मानले स्वास्थ्य, जलवायु परिवर्तन, लैङ्गिक समानता र जनस्वास्थ्यका क्षेत्रमा वैज्ञानिक अनुसन्धान, नीतिगत सहभागिता र नेतृत्वमा उनले पुर्‍याएको विशिष्ट योगदानको कदर गरेको छ। आईएससी विश्वभरका करिब २५० वैज्ञानिक संस्थालाई एकै ठाउँमा ल्याउने अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था हो। सन् २०१८ मा अन्तर्राष्ट्रिय विज्ञान परिषद् र अन्तर्राष्ट्रिय सामाजिक विज्ञान परिषद् गाभिएर स्थापना भएको यस संस्थाले विश्वव्यापी वैज्ञानिक सहकार्यलाई प्रवर्द्धन गर्छ। परिषद्ले विज्ञानलाई विश्वव्यापी सार्वजनिक हितका रूपमा अघि बढाउन उल्लेखनीय योगदान पुर्‍याएका वैज्ञानिकलाई सम्मान गर्ने क्रममा लामिछानेलाई पनि नयाँ फेलोका रूपमा घोषणा गरेको हो। आईएससीका अनुसार फेलोशिप परिषद्ले प्रदान गर्ने सर्वोच्च सम्मान हो। यसले अन्तर्राष्ट्रिय वैज्ञानिक सहकार्य सुदृढ गर्न र समाजमा विज्ञानको भूमिका प्रवर्द्धन गर्न प्रतिबद्ध अग्रणी वैज्ञानिकहरूको विश्वव्यापी सञ्जाल निर्माण गर्छ। लामिछाने हाल काठमाडौंस्थित प्लानेटरी हेल्थ रिसर्च सेन्टर ९पीएचआरसी० मा अनुसन्धान निर्देशक तथा फेलोका रूपमा कार्यरत छन्। उनी ग्लोबल योङ एकेडेमीकी सदस्य पनि हुन्। प्रमाणमा आधारित नीति निर्माण, जलवायु तथा वातावरणीय स्वास्थ्यसम्बन्धी अनुसन्धान र दिगो विकासमा लैङ्गिक संवेदनशील दृष्टिकोणको प्रवर्द्धनमा उनले महत्त्वपूर्ण योगदान पुर्‍याएकी छन्। आईएससीको फेलोमा उनको निर्वाचन व्यक्तिगत वैज्ञानिक करियरका लागि मात्र नभई विश्व वैज्ञानिक समुदायमा नेपालको बढ्दो उपस्थितिका लागि पनि महत्त्वपूर्ण उपलब्धि हो। यस सम्मानले जलवायु परिवर्तन, पृथ्वीको स्वास्थ्य र दिगो विकासलगायत विश्वव्यापी चुनौतीबारे अन्तर्राष्ट्रिय अनुसन्धान सहकार्य र वैज्ञानिक संवादमा नेपालको योगदान थप सुदृढ हुने अपेक्षा गरिएको छ। यस घोषणापछि उनका सहकर्मी तथा शुभेच्छुकहरूले नेपालको वैज्ञानिक समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाएको र विशेषगरी महिला वैज्ञानिकसहित नयाँ पुस्ताका अनुसन्धानकर्तालाई प्रेरित गरेको भन्दै लामिछानेलाई बधाई दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

दशैंसँगै कलंकीमा खसी, बोका र च्याङ्ग्रा व्यापार सुरु ( फाेटाे फिचर )
ताजा खबरJust now

दशैंसँगै कलंकीमा खसी, बोका र च्याङ्ग्रा व्यापार सुरु ( फाेटाे फिचर )

• बडादशैंको तयारीसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा र कुखुराको व्यापार सुरु भएको छ। • व्यापारीहरूले चाडपर्वको लागि आवश्यक पशुपन्छीको बिक्री सडक किनारमा व्यवस्थित रूपमा गर्दैछन्। • दशैंको समयमा खसीबोका र च्याङ्ग्राको माग बढ्ने भएकाले उपभोक्ताहरूले मूल्य र गुणस्तरको तुलना गर्दै खरिद गर्न थालेका छन्। ...

नेपालबहस
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं.२ को अधिवेशन सम्पन्न, सभापतिमा विश्वास बोगटी चयन
ताजा खबरJust now

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं.२ को अधिवेशन सम्पन्न, सभापतिमा विश्वास बोगटी चयन

• नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. २ को नियमित क्षेत्रीय अधिवेशन सम्पन्न, विश्वास बोगटी क्षेत्रीय सभापति चयन। • विभिन्न समूह र समावेशी क्लस्टरअन्तर्गत महाधिवेशन प्रतिनिधिहरूको चयन गरिएको छ, जसमा पुरुष, महिला, समावेशी र युवा प्रतिनिधिहरू समावेश छन्। • अधिवेशनसँगै विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजना गरिएको थियो। ...

नेपालबहस
माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०
ताजा खबरJust now

माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०

काभ्रेपलाञ्चोक। माझी समुदायले परापूर्वकालदेखि दसैँको टीका तथा तिहारमा भाइ–टीकाको भोलिपल्टदेखि तीन दिनसम्म ऐतिहासिक–अनौठो ‘पितरा पर्व’ मनाउने गर्दछन् । प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट अर्थात् पापांकुशा एकादशीको दिन र तिहारको भाइटीकाको भोलिपल्ट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play