Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

नेप्से परिसूचक १५ अंकले बढ्यो, ५ अर्ब ५५ करोड रुपैयाँको कारोबार

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेप्से परिसूचक १५ अंकले बढ्यो, ५ अर्ब ५५ करोड रुपैयाँको कारोबार
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा पुगेको हो। यसअघि सोमबार नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब ८२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। नेप्से बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा वृद्धि भएको हो। यसदिन ३५० वटा स्क्रिप्सको १ करोड ४६ लाख ७० हजार १७७ कित्ता सेयर ५ अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १६५ वटा स्टक्सको मूल्य बढ्दा १११ वटाको घट्यो। बाँकी ३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। सेयर बजारमा दोहोरो अंकको सुधार देखिए पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। एभरेष्ट कलरको सेयर सर्वाधिक ५.०५ प्रतिशतले बढ्यो। मानुषी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाए। सो संस्थाको सेयर ८ प्रतिशतले घट्यो। दुई समूहको उपसूचकबाहेक बाँकी समूहको उपसूचक सकारात्मक देखिए। माइक्रोफाइनान्स र अर्दश समूहको उपसूचकबाहेक बाँकी समूहको उपसूचक सकारात्मक देखिएका हुन्। The post नेप्से परिसूचक १५ अंकले बढ्यो, ५ अर्ब ५५ करोड रुपैयाँको कारोबार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिह्न प्रदान
Latest NewsJust now

रथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिह्न प्रदान

नेपाली सेनाको रथीमा बढुवा भएका अनुपजंग थापालाई दर्ज्यानी चिह्न प्रदान गरिउको छ। मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबिच प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।  २०८३ मंसिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रथीमा थापालाई बढुवा गर्ने निर्णय गरेको थियो। थापा यससँगै प्रधानसेनापतिको रोलक्रममा समेत बसेका छन्। उनी हालका प्रधानसेना... ...

नेपालखबर
कसैले बुर्का नलगाउन दबाब दिए म तीन वटा लगाउँछु : शबाना आजमी
Latest NewsJust now

कसैले बुर्का नलगाउन दबाब दिए म तीन वटा लगाउँछु : शबाना आजमी

भारतीय अभिनेत्री शबाना आजमीले महिलालाई बुर्का वा हिजाब लगाउन अथवा नलगाउन कसैले पनि दबाब दिन नहुने बताएकी छन् । कुरानमा महिलाले बुर्का लगाउनैपर्ने व्यवस्था नभएको उल्लेख गर्दै उनले महिला र... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement