Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

रास्वपा सांसद मनिष झाले दिए चेतावनी- ‘सुनकोसी–मरिण आयोजना रद्द भए मधेस आन्दोलित हुन्छ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपा सांसद मनिष झाले दिए चेतावनी- ‘सुनकोसी–मरिण आयोजना रद्द भए मधेस आन्दोलित हुन्छ’
Photo / Coverage: पर्दाफास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आयोजना अलपत्र पार्ने नभई निर्धारित योजनाअनुसार सम्पन्न गर्न सरकारसँग स्पष्ट कार्ययोजना माग गरेका छन् । उनले भने,‘ यो आयोजना रद्द भयो भने मधेस आन्दोलित हुनेबाहेक अर्को कुनै विकल्प हुँदैन ।’ सार्वजनिक लेखा समितिको बैठकमा सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यमा भएको ढिलाइ र ठेक्का रद्द गरिएको विषयमा भएको छलफलका सन्दर्भमा सांसद झाले उक्त माग गरेका हुन् । सांसद झाले सुनकोसी–मरिण डाइभर्सन मधेसका पाँच जिल्लाको कृषि तथा सिँचाइसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण आयोजना भएको उल्लेख गर्दै यसको निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरे । उनका अनुसार आयोजनाअन्तर्गत निर्माण गरिएको १३.३ किलोमिटर लामो सुरुङको ब्रेकथ्रु सन् २०२४ मे महिनामै भइसकेको भए पनि बाँधलगायतका संरचना निर्माणको काम अघि बढ्न सकेको छैन । उनले आयोजना निर्माणमा ढिलाइ हुनुको कारण, यसबाट भएको आर्थिक तथा कृषि क्षेत्रको सम्भावित क्षति र आगामी दिनमा आयोजना अघि बढाउने सरकारको योजनाबारे स्पष्ट जवाफ माग गरे । उनले भने, ‘यो प्रोजेक्ट रोकिँदा तराईका खेतमा पानी नपुगेर कति अवसर गुम्यो ? कतिवटा सिजनमा खेतले पानी पाएनन् ? कतिवटा खेती सिँचाइबिनै भए ? त्यो क्षतिको हिसाब कसले गर्ने ? एक लाख ८० हजार बिघामा पानी पुगेको भए कति खेती हुन्थ्यो ? उत्पादन कति हुन्थ्यो ? आयोजना रोकिएर अघि नबढ्नुको कारण के हो, के बदमासी देखियो र आगामी दिनमा यसलाई कसरी अघि बढाउने भन्ने तीनवटा कुरामा थप स्पष्टता चाहिएको छ । मधेससँग देखाउनलाई न हिमाल छ, न हामीसँग जलविद्युत् उत्पादन गर्ने स्रोत छ ।’ झाले आयोजना समयमै सम्पन्न हुन नसक्दा सिँचाइको अभावमा किसानले गुमाएको अवसर र उत्पादनको हिसाब सरकारले गर्नुपर्ने बताए । एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुगेको भए हुने कृषि उत्पादन र त्यसबाट प्राप्त हुने आर्थिक लाभको समेत मूल्यांकन हुनुपर्ने उनको भनाइ थियो । यसैबीच, सार्वजनिक लेखा समितिले सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका अधिकारीसँग छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो । आयोजनाको ठेक्का रद्द गरिएको विषयमा समितिमा उजुरी परेको थियो । बोलपत्र प्रक्रियाका सबै चरण पूरा भई आर्थिक प्रस्ताव खोल्ने अवस्थामा पुगेपछि अन्तिम समयमा ठेक्का रद्द गरिएको उजुरीमा उल्लेख छ । ठेक्का रद्द गर्दा राज्यलाई आर्थिक क्षति पुग्नुका साथै आयोजना निर्माणमा थप ढिलाइ हुने दाबी उजुरीकर्ताले गरेका छन् । बैठकमा नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारसम्बन्धमा समितिमा प्राप्त उजुरीमाथि पनि छलफल भएको थियो । यस विषयमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसँग समेत छलफल गरिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कारोबारसँगै बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण
OthersJust now

कारोबारसँगै बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण

८ मंसिर, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १५.३९ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २६३८ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २.२६ अंक बढेको थियो । आज नेप्से परिसूचक मात्रै बढेन, कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ५… ...

अनलाइन खबर
धर्मेन्द्रको पहिलो पुण्यतिथि : पहिलो फिल्मका लागि पाएका थिए ५१ रुपैयाँ
OthersJust now

धर्मेन्द्रको पहिलो पुण्यतिथि : पहिलो फिल्मका लागि पाएका थिए ५१ रुपैयाँ

हिन्दी सिनेमाका ‘ही-म्यान’ धर्मेन्द्रको आज पहिलो पुण्यतिथि हो । १३ वर्षको उमेरमा दिलीप कुमारलाई देखेपछि उनले अभिनेता बन्ने सपना देखेका थिए । पहिलो फिल्मका लागि उनले ५१ रुपैयाँ पाएका थिए, जुन तीन जना निर्माताले मिलेर तिरेका थिए । पञ्जाबको एउटा सानो गाउँबाट बलिउडका ठूला स्टारमध्ये एक बन्नेसम्मको उनको यात्रा संघर्ष, लगन र सफलताको उदाहरण बनेको… ...

अनलाइन खबर
६ एजेन्डामा छलफल गर्दै कांग्रेस, केन्द्रीय सदस्यलाई बोल्न पाँच मिनेट
OthersJust now

६ एजेन्डामा छलफल गर्दै कांग्रेस, केन्द्रीय सदस्यलाई बोल्न पाँच मिनेट

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा विभिन्न ६ एजेन्डामाथि छलफल हुने कांग्रेसले जनाएको छ। ...

अनलाइन खबर
अमेरिकासँग वार्ता गर्न इरानले अघि सार्‍यो पुरानै ७ सर्त
OthersJust now

अमेरिकासँग वार्ता गर्न इरानले अघि सार्‍यो पुरानै ७ सर्त

‘हाम्रो अडान पहिले नै स्पष्ट छ । इरानका सात सर्त पूरा नभएसम्म न कुनै कदम चालिनेछ, न वार्ता हुनेछ,’ गलिबाफले भनेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement