Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

नेपालविरुद्ध पाकिस्तानले जित्यो टस

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालविरुद्ध पाकिस्तानले जित्यो टस
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा नेपालले पाकिस्तान ‘ए’ विरुद्ध टस हारेको छ। टस जितेर पाकिस्तान ‘ए’ ले पहिले ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा सुरु हुनेछ। प्रतियोगिताको समूह चरणमा हालसम्म दुई खेल खेलेको पाकिस्तान ‘ए’ अपराजित रहँदै ४ अंक र १.०९० नेट रनरेटसहित अंकतालिकाको शीर्ष स्थानमा छ। यता नेपालले भने दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोर्दै २ अंक जोडेको छ। नेट रनरेट -२.४६१ रहेको नेपाल हाल समूहको तेस्रो स्थानमा छ र पाकिस्तान ‘ए’ विरुद्धको खेल अंकतालिकामा आफ्नो स्थान सुधार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सर्वोच्चबाट कांग्रेसको आधिकारिकता उल्टिँदैन, विधानविपरीत जानेलाई कारबाही हुन्छ : सभापति थापा
Latest NewsJust now

सर्वोच्चबाट कांग्रेसको आधिकारिकता उल्टिँदैन, विधानविपरीत जानेलाई कारबाही हुन्छ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतबाट कांग्रेसको आधिकारिकता र महाधिवेशनबाट आएको नेतृत्व उल्टिने विषय संसद् पुनर्स्थापनाको चर्चाजस्तै भएको टिप्पणी गरेका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति थापाले... ...

रातोपाटी
बङ्गलादेश सरकारले भन्यो- हसिना स्वदेश फर्किए हत्कडी लगाउँछाैं
Latest NewsJust now

बङ्गलादेश सरकारले भन्यो- हसिना स्वदेश फर्किए हत्कडी लगाउँछाैं

ढाका । बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजनालाई अस्वीकार गर्दै उनी फर्किए पक्राउ गरिने स्पष्ट पारेको छ । सरकारले उनको पुनरागमनलाई स्वीकार नगर्ने सङ्केत दिँदै सीमाक्षेत्रमा सुरक्षा सतर्कतासमेत बढाएको छ । हसिनाले भारतको राजधानी नयाँदिल्लीबाट राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्समार्फत ढाका फर्कने व्यवस्था मिलाउन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन सरकारसँग आग्रह गरेकी थिइन् । ...

केन्द्रबिन्दु
प्रधान सेनापतिद्वारा बढुवा भएका रथी तथा अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
Latest NewsJust now

प्रधान सेनापतिद्वारा बढुवा भएका रथी तथा अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, मङ्सिर ८ गते । प्रधान सेनापति महारथी अशोक राज सिग्देलले नेपाली सेनाका बढुवा रथी तथा विभिन्न दर्जाका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।मन्त्रिपरिषद्को मङ्सिर ४... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement