नेप्से परिसूचक झिनो अंकले बढ्यो

काठमाडौं।धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ९४ अंकले बढेर दुई हजार ६३० दशमलव ७६ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अंकले घटेर ४७५ दशमलव ४७ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक शून्य दशमलव १० अंकले घटेर १८२ दशमलव ११ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव २६ अंकले घटेर १६० दशमलव ६९ मा पुगेको छ। आज विभिन्न कम्पनीका एक करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर पाँच अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ मूल्यमा खरिद बिक्री भएको छ। उपसमूह १३ मध्ये चार उपसमूह बढ्यो भने नौ उपसमूह घट्यो। आज १३५ कम्पनीको सेयर बढ्यो भने १३६ कम्पनीको सेयर घट्यो। त्यसैगरी आठ कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज बेनी हाइड्रोपावर, माथिल्लो मैलुङ खोला हाइड्रोपावर, दोर्दीखोला जलविद्युतलगायतका लगानीकर्ताले कमाएका छन्। त्यसैगरी युनिलिभर नेपाल, एभरेष्ट बैंक डिबेञ्चर, नबिल बैंक डिबेञ्चरलगायतका लगानीकर्ताले गुमाएका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

कर्णाली याक्सले अर्को विकेट पनि गुमायो
काठमाडौँ। कर्णाली याक्सका एरफुल स्लाम आउट भएका छन् । उनी २९ बलमा ४३ रन बनाएर आउट भएका हुन्। नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सविरूद्ध कर्णाली याक्सले १२.३ ओभरमा ४... ...

लमजुङका किसान धान थन्क्याउने चटारोमा
धान काट्ने र थन्क्याउने काम भुजुङमा मात्र सीमित छैन । घलेगाउँ, पसगाउँ, सिङ्दी, घनपोखरा, घेर्मु र ताघ्रिङलगायत लमजुङका ग्रामीण बस्तीमा पनि किसानलाई धान भित्र्याउने चटारो छ । ...

नारायणीमा तीनजना वेपत्ता, एकको उद्धार
बोमलाल गिरीनवलपुर, कात्तिक १० गते । नारायणी नदीमा डुबेर दुई दिनमा तीन जना बेपत्ता भएका छन् । एक जनाको सकुशल उद्धार गरिएको छ । नवलपुरको गैंडाकोट नगरपालिका –१ स्थित ब्रिटिस क्याम्प प... ...

सहकारीका मुद्दा चाँडो किनारा लगाउन जिल्ला अदालतहरूमा ‘समर्पित इजलास’ गठन गरिने
काठमाडौँ । सहकारी क्षेत्रका पीडितहरूलाई छिटोछरितो न्याय प्रदान गर्न र सहकारी कसुरसम्बन्धी मुद्दाहरूको शीघ्र किनारा लगाउन जिल्ला अदालतहरूमा ‘समर्पित इजलास’ गठन गरिने भएको छ । १०० थानभन्दा बढी सहकारीसम्बन्धी मुद्दा रहेका जिल्ला... ...


