काठमाण्डु – नेपाली सेनाका सहायकरथी मनोज थापा उपरथीमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । उपरथी अनुपजंग थापा रथीमा बढुवा भएपछि रिक्त रहेको पदमा मनोज थापाको बढुवा भएको हो । थापा यसअघि नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयमा निर्देशकका रूपमा कार्यरत थिए ।
नेपाली सेनाका सहायकरथी मनोज थापा उपरथीमा बढुवा

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






