नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको तयारीका क्रममा दुई अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्याण्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु–१९ गल्र्स टी–२०आई’ प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगितामा आयोजक चीनसहित नेपाल, थाइल्याण्ड र हङकङले प्रतिस्पर्धा गर्नेछन् । यस्तै, नोभेम्बर १० देखि २२ सम्म भारतको बेङ्गलुरुमा आयोजना हुने त्रिदेशीय शृङ्खलामा पनि नेपाली टोलीले सहभागिता जनाउने छ । उक्त शृङ्लामा नेपाल यु–१९ महिला टोलीका साथै भारत यु–१९ महिला ‘ए’ र भारत यु–१९ महिला ‘बी’ टोलीले प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

मधेसमा भाषा ऐन जारी गर्न उच्च अदालतको निर्देशनात्मक आदेश
आदेशमा भाषिक न्याय तथा समावेशी शासनका सिद्धान्तलाई पनि महत्त्व दिइएको छ। ...

सार्वजनिक स्थानमा हातहतियार देखाउँदै नृत्य गर्ने महिला पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाले नगराइन नगरपालिका-६ की अन्दाजी २६ वर्षीया नाजिमा खातुनलाई नियन्त्रणमा लिएको हो। ...

दसैँ गीतका जन्मकथा
दसैँको नवरात्र सुरु भइसकेको थियो। काठमाडौँको पशुपति क्षेत्रमा कोही चाडको किनमेल सकेर घर फर्कंदै थिए, कोही गाउँ जाने तयारीमा थिए। त्यही बेला पशुपति क्षेत्रमा नियमित हिँडडुल गर्ने गीतकार प्रेमबहादुर बस्नेतको नजर एक कुनामा रोइरहेका दुई व्यक्तिमाथि पर्यो। उनी नजिक गए र रुनुको कारण सोधे। ती मानिसको पीडा दसैँसँग जोडिएको थियो। उनीहरूले हरेक वर्ष एउटा खसी वा च्याङ्ग्रा किनेर मासु आधा-आधा बाँड्ने ...

हिमपातमा बेपत्ता तीन सय सात पशुको २७ दिनपछि जीवितै उद्धार
चरनका लागि पाटनमा छाडिएका चौँरीगाई, घोडा र झोपासहितका पशु लाप्चा क्षेत्रको साँक्या खोलामा फेला परेका हुन् । ...


