नेपाली नृत्यमा स्वजन रघुवंशीले हासिल गरे विद्यावारिधि

काठमाडौं । क्लासिक कल्चर सेन्टरका संस्थापक अध्यक्ष स्वजन रघुवंशीले नेपाली नृत्य विधामा विद्यावारिधि हासिल गरेका छन्। ललितपुर निवासी रघुवंशीले भारतको छत्तीसगढस्थित खेरागढको राजकुमारी इन्दिरा सिंह कला सङ्गीत विश्वविद्यालयबाट नृत्य विषयमा विद्यावारिधि गरेका हुन्। उपलब्ध विवरणअनुसार, नृत्य विषयमा विद्यावारिधि हासिल गर्ने रघुवंशी पहिलो नेपाली हुन्। उनले नेपाली लोकनृत्य, चर्या नृत्य, कथक र भरतनाट्यमलगायत विभिन्न नृत्यशैलीमा अध्ययन, प्रशिक्षण तथा प्रस्तुति दिँदै आएका छन्। विद्यावारिधि गर्नुअघि रघुवंशीले काठमाडौंको लाजिम्पाटस्थित सृजना कलेज अफ फाइन आट्र्सबाट नृत्य विषयमा स्नातक गरेका थिए। त्यसपछि भारतको बनारस हिन्दू विश्वविद्यालयबाट भरतनाट्यम नृत्यमा स्नातकोत्तर उपाधि हासिल गरेका थिए। नेपाली नृत्यको अध्ययन, प्रशिक्षण र प्रस्तुतिमा सक्रिय रघुवंशीको विद्यावारिधिले नृत्य विधामा उनको शैक्षिक यात्रालाई थप उचाइ दिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
![संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता [भिडियो]](https://hamrakura.com/uploads/news/images/ekram--.jpg)
संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता [भिडियो]
संघीय संसद्का दुवै सदनमा गरी कुल ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन्। ...

दसैं बिदापछि खुलेको नेप्सेमा ४.३४ अंकको गिरावट
कारोबारमा आएका मध्ये ९९ कम्पनीको सेयर मूल्य बढ्यो, १७१ कम्पनीको सेयर मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो । ...

बबरमहलको आकाशे पुल यसै साता सञ्चालनमा आउने
सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै काठमाडौँको बबरमहलमा आकाशे पुल निर्माण गरिएको हो । ...

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान
इरानका विदेशमन्त्री सैयद अब्बास अराघची ...


