नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौँ।आईसीसी विश्वकप लिग–२ अन्तर्गतको शृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ। ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा सहभागी भएर नेपाली टोली आज बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रतिनिधिहरूले स्वागत गरेका थिए । लिग–२ को अन्तिम शृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै चारमध्ये तीन खेलमा जित निकालेको थियो । उक्त शृङ्खलामा नेपालले ओमान र क्यानडासँग प्रतिस्पर्धा गरेको थियो । नेपालले शृङ्खलामा तीन खेल जिते पनि विश्वकप लिग–२ मा आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना भने अझै अनिश्चित छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

कसरी मनाउँछन् अमेरिकामा रहेका नेपालीले दसैं ?
न्युयोर्कलगायतका स्थानमा रहेका नेपाली दसैंको तयारीमा जुटेका छन् । नेपाली ग्रोसरी स्टोर तथा पसलमा दसैंका सामान किन्नेहरूको चहलपहल बढेको छ । ...

क्रिकेट टोली स्वदेश फिर्ता
ओमानमा सम्पन्न आईसीसी विश्वकप लिग–२ शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको हो । ...

गंगापूर्ण हिमाल आरोहणका क्रममा हराएका दुई जापानी पर्वतारोहीको खोजी जारी
सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा उद्धारका लागि अल्टिच्युड हेलिकोप्टरमार्फत ‘सर्च एन्ड रेस्क्यु’ अपरेसन तीव्र पारिएको छ । ...

चाडपर्वमा घुमौं गण्डकीका यी रमणीय गन्तव्य
पोखराको फेवातालदेखि मुस्ताङको मुक्तिनाथ, मनाङको तिलिचो र घलेगाउँसम्मका गन्तव्यमा चाडपर्वका बेला परिवारसँग घुमफिर गर्न सकिन्छ । ...


