नेपाललाई विपद् प्रतिकार्यका लागि अमेरिकाले १५ करोड डलरभन्दा बढीका उपकरण दिने

अमेरिकाले नेपालको विपद् प्रतिकार्य क्षमता सुदृढ बनाउन १५ करोड अमेरिकी डलरभन्दा बढी मूल्यका अमेरिकी हेलिकोप्टर, ड्रोन र नदीमा प्रयोग हुने उद्धार डुङ्गा उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी नियोगकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले बिहीबार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी नेपाल–अमेरिका साझेदारी तथा गत अगस्टमा आएको विनाशकारी बाढीपछि नेपालको पुनःस्थापना र विपद् व्यवस्थापनमा अमेरिकाले गरिरहेको सहयोगबारे छलफल गरेकी हुन् । भेटका क्रममा बोल्डिनले बाढीपहिरोका कारण ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ता नेपाली सैनिकका परिवारप्रति समवेदना प्रकट गरिन् । उनले अमेरिकाले उपलब्ध गराउने हेलिकोप्टर, ड्रोन र नदीमा प्रयोग हुने डुङ्गाले नेपालको विपद् प्रतिकार्य क्षमतालाई थप मजबुत बनाउने बताइन् । ती उपकरणको आपूर्ति आगामी वर्षदेखि सुरु हुने जनाइएको छ । अमेरिकाले गतवर्ष ३ करोड ८० लाख अमेरिकी डलर मूल्यका एम–२८ स्काइट्रक विमान नेपाललाई प्रदान गरेको थियो । ती विमानले विपद्पछिको उद्धार तथा राहत कार्यमा सहयोग गर्दै आएका छन् । अमेरिकी प्रविधि, उपकरण र विशेषज्ञतामार्फत नेपालमा खोज तथा उद्धार, बिरामीको आकस्मिक उद्धार तथा स्थानान्तरण र आपत्कालीन प्रतिकार्य क्षमता विस्तार गर्न सहयोग पुग्ने अमेरिकी पक्षले जनाएको छ । यसबाट विपद्का बेला मानवीय जीवन जोगाउन र प्रभावित समुदायलाई सहयोग गर्न नेपालको क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

संघीय संसद् अधिवेशन मंसिर दोस्रो साता बोलाउन छलफल
संघीय संसद्को अधिवेशन आगामी मंसिर दोस्रो साता बोलाउनेबारे छलफल भएको छ । सरकारले यस्तो तयारी गरेको सन्देश सभामुख डोलप्रसाद अर्याललाई दिएको छ । ...

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु
१२ कात्तिक, सल्यान । सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१० स्थित सडकमा मोखला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना भएको थियो । सो दुर्घटना हुँदा अटोमा सवार छत्रेश्वरी गाउँपालिका–५ सिर्बाली बस्ने ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीको… ...

लोकेशको उत्कृष्ट ब्याटिङमा विराटनगरले दियो कर्णालीलाई १८७ रनको लक्ष्य
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनायो । ...

एनपीएलको चौथो अर्धशतक लोकेश बमको नाममा
विराटनगरका किङ्सका लोकेश बम राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक हिर्काउने चौथो खेलाडी बनेका छन्। लोकेशले आज कर्णाली याक्सविरूद्धको खेलमा ३२ बलमै ५० रन पूरा गरेका हुन्। उनको अर्धशतकमा ६ छक्का र १ चौका सामेल छ । यसअघि प्रतियोगिताको तेस्रो अर्धशतक जनकपुर बोल्ट्सका मोइन अलीको नाममा छ। अलीले काठमाडौं गोर्खाजकाविरूद्ध ४९ बलमा अर्धशतक पूरा गरेका थिए । यसअघि एनपीएलको ...


