Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नेपाल–भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर, के–के विषयमा भयो सहमति ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर, के–के विषयमा भयो सहमति ?
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। भ्रमणको दोस्रो दिन सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच भएको भेटवार्तापछि दुई देशबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो। समझदारीमा शिक्षा तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य तथा पशुपालन र मत्स्यपालन विकासका विषय समेटिएका छन्। यी हुन् नेपाल र भारतबीच समझदारी भएका आठ विषय : १. शैक्षिक तथा अनुसन्धान सहकार्य भारतको गुजरातस्थित गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। यसले फरेन्सिक विज्ञान तथा अपराध अनुसन्धानको क्षेत्रमा ज्ञान, सीप र प्रविधि आदानप्रदानको बाटो खोल्नेछ। २. सुरक्षा तथा प्रहरी प्रशिक्षणमा सहकार्य भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच सहकार्य गर्ने समझदारी भएको छ। यसअन्तर्गत सुरक्षा तथा प्रहरी जनशक्तिको तालिम र क्षमता अभिवृद्धिमा सहकार्य हुनेछ। ३. निजामती कर्मचारीको क्षमता अभिवृद्धि भारतको राष्ट्रिय सुशासन केन्द्र र नेपालको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच निजामती कर्मचारीको क्षमता अभिवृद्धि तालिम कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ। यसले कर्मचारीको प्रशासनिक दक्षता र सार्वजनिक सेवा प्रवाह सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। ४. आयुर्वेद तथा परम्परागत चिकित्सा आयुर्वेद र अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य गर्न नेपाल र भारत सरकारबीच समझदारी भएको छ। यसअन्तर्गत परम्परागत उपचार पद्धतिको विकास, अध्ययन तथा अनुभव आदानप्रदानमा सहकार्य गरिनेछ। ५. स्याटेलाइट सञ्चार नेटवर्क स्थापना दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क स्थापना गर्ने विषयमा भारतको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच समझदारी भएको छ। यसले सञ्चार प्रविधि र स्याटेलाइट सेवाको उपयोग विस्तारमा सहयोग पुर्‍याउनेछ। ६. दिगो सहरी विकास दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्य गर्ने विषयमा दुई देशबीच समझदारी भएको छ। सहरी पूर्वाधार, व्यवस्थित सहरीकरण तथा विकासका क्षेत्रमा अनुभव र प्रविधि आदानप्रदान गर्ने उद्देश्य समझदारीले राखेको छ। ७. स्वास्थ्य तथा चिकित्सा भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ। यसले स्वास्थ्य सेवा, चिकित्सा क्षेत्रको विकास र अनुभव आदानप्रदानमा सहकार्यको आधार तयार गर्नेछ। ८. पशुपालन तथा मत्स्यपालन विकास पशुपालन र मत्स्यपालन क्षेत्रको विकासका लागि नेपाल र भारत सरकारबीच समझदारी भएको छ। यसबाट पशुपालन तथा मत्स्यपालनको उत्पादन, प्रविधि र व्यावसायिक विकासमा सहकार्य गर्ने बाटो खुलेको छ। यी आठ समझदारीमार्फत नेपाल र भारतले शिक्षा, सुरक्षा, प्रशासन, स्वास्थ्य, सञ्चार प्रविधि, सहरी विकास र कृषि तथा पशुपालनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने आधार तयार गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मोतिहारी-अमलेखगञ्ज पाइपलाइन हस्तान्तरण र सिलिगुडी-झापा पेट्रोलियम टर्मिनल शिलान्यास
OthersJust now

मोतिहारी-अमलेखगञ्ज पाइपलाइन हस्तान्तरण र सिलिगुडी-झापा पेट्रोलियम टर्मिनल शिलान्यास

प्रधानमन्त्री शाह र समकक्षी नरेन्द्र मोदीले रिमोट थिचेर भर्चुअल रूपमा संयुक्त उद्घाटन गरेपछि भारतले नेपाललाई उक्त परियोजना हस्तान्तरण गरेको हो । ...

अनलाइन खबर
बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
OthersJust now

बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको आज संयुक्त रूपमा शिलान्यास गरेका छन् । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले ‘भर्चुअल’ प्रविधिमार्फत आयोजनाको शिलान्यास गरेका हुन् । नेपाल–भारत ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुन लागेको उक्त आयोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा अवस्थित छ । आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ ...

पर्दाफास
दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ ९ मंसिरमा
OthersJust now

दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ ९ मंसिरमा

७ मंसिर, काठमाडौं । निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ अब ९ मंसिरमा हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार ९ मंसिरका लागि पेशी तोकेको हो । आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटको पहिलो… ...

अनलाइन खबर
भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारु सहयोग गर्ने मोदीको घोषणा
OthersJust now

भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारु सहयोग गर्ने मोदीको घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री बालेन शाहको दुई दिने भारत भ्रमणका क्रममा भएको दुई देशीय छलफलपछि मोदीले सोही रकम सहयोग गर्ने घोषणा गरेका हुन्। दुई देशका प्रतिनिधिबीच विकास निर्माण समेत संयुक्त लगानी गरेर काम गर्ने सहमति भएको छ। जनकपुर- अयोध्या रेल सेवासहित काम गर्नेगरी आज संयुक्तरूपमा उद्घाटन गरिएको छ। ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement