नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ। नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा बिहीबार गएको ७.० म्याग्निच्युडको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । उक्त भूकम्पमा परी १६ जनाको मृत्यु, दर्जनौँ व्यक्ति घाइते हुनुका साथै सम्पत्ति र पूर्वाधारमा व्यापक क्षति पुगेको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त विपत्तिमा आफ्ना प्रियजन गुमाएका शोकसन्तप्त परिवारहरूप्रति सहानुभूति व्यक्त गर्दै चीन सरकार तथा जनताप्रति समवेदना प्रकट गरेको छ । साथै मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै विपत्तिबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गरेको छ । “नेपाल यस कठिन समयमा चीनसँग ऐक्यबद्धता व्यक्त गर्दछ र प्रभावित परिवार तथा समुदायका लागि शीघ्र प्रतिकार्य, प्रारम्भिक पुनःस्थापना तथा पुनर्वासको कामना गर्दछ” विज्ञप्तिमा उल्लेख छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

धानको विकल्पमा बेसार खेती
बाढी, नदी कटान र जङ्गली जनावरको त्रासले कञ्चनपुरको कुतियाकवरका किसान धान छाडेर बेसार खेतीतर्फ लागेका छन् । उत्पादन बढ्दै गए पनि बजार सुनिश्चित नहुँदा उनीहरूले उचित मूल्य पाउन सकेका छैनन् । ...

पेट्रोलियम पाइपलाइनले इन्धन आयात र वितरण सहज
मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन र प्रादेशिक डिपोमा जडित आधुनिक प्रविधिले इन्धन आयात, आन्तरिक आपूर्ति र गुणस्तर व्यवस्थापन सहज बनाएको नेपाल आयल निगमको दाबी छ । ...
दोस्रो जेपी स्मृति फुटबल प्रतियोगिता हुने
हरिकृष्ण ऐडीमुगु, कात्तिक ६ गते । मुगुमा दोस्रो जेपी स्मृति फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। जेपी स्मृति क्लबको आयोजनामा कात्तिक ७ गते बिहान ७ बजेदेखि छायानाथ रारा नगरपालिका... ...

१० बजे १० समाचार : साइबर ठगीका १९ प्रवृत्तिदेखि रास्वपामा संशयसम्म
काठमाडौँ। आज मिति २०८३ साल कात्तिक महिनाको ६ गते शुक्रबार। आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ- १ साइबर ठगीका... ...


