नेपालगञ्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप आरम्भ

नेपालगञ्ज । नेपालगञ्ज स्विमिङ क्लबको आयोजनामा नबिल बैंक तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप शनिबारदेखि नेपालगञ्जमा आरम्भ भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद विकासका लागि उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । प्रतियोगिताको पहिलो दिन १७ इभेन्ट सम्पन्न हुँदा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले ११ स्वर्ण जित्दै अग्रता लिएको छ । भारतको नयाँ दिल्लीस्थित इलाइट स्विमिङ एकेडेमीले चार तथा ललितपुरको रातो बंगला र काठमाडौंको मपिल क्यानेडियन स्कुलले एक-एक स्वर्ण जितेका छन् । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका सबै प्रदेश तथा भारतको दिल्ली र लखनउबाट गरी १५० खेलाडी सहभागी छन् । अण्डर-८ देखि अन्डर-१७ र ओपनतर्फका खेलाडीले फ्रि स्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले र व्यक्तिगत मेड्ले विधाका ८० इभेन्टमा प्रतिस्पर्धा गरिरहेका छन् । शनिबार केही इभेन्टका हिट चरण सम्पन्न भएका छन् भने बाँकी प्रतिस्पर्धाका फाइनल आज (आइतबार) हुनेछन् । प्रतियोगितालाई नबिल बैंकले मुख्य प्रायोजन गरेको छ । नेपाल स्विमिङ एसोसिएसनसँगको सहकार्यमा आयोजित च्याम्पियनसिपले पौडी खेलको प्रवर्द्धन र विकासमा योगदान पुर्याउने आयोजकको अपेक्षा छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

‘जलाकी’को ट्रेलरमा प्रेम सम्बन्धका उतारचढाव र भावनात्मक द्वन्द्व
ललितपुर । चलचित्र ‘जलाकी’को ट्रेलर सार्वजनिक गरिएको छ । ललितपुरस्थित लबिम मलमा आयोजित एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा कलेज जीवनको प्रेमकथा, समयसँगै बदलिँदै जाने परिस्थिति र त्यसले पात्रहरूको जीवनमा ल्याउने भावनात्मक उतारचढावलाई प्रस्तुत गरिएको छ । ट्रेलर मुख्यतः चलचित्रका प्रमुख कलाकार उपासना सिंह ठकुरी र सोनाम तोप्देनको वरिपरि केन्द्रित छ । यसअघि चलचित्रका ‘कलेजीको छेऊ’, ‘चाँदी ...

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व
बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु पाँच अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को साउन, भदौ र असोज... ...

अलाभेसमाथि बार्सिलोनाको फराकिलो जित, शीर्ष स्थान कायमै
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसमाथि ६–१ गोलको शानदार र फराकिलो जित हात पारेको छ । बार्सिलोनाको जितमा राफिन्हा र लामीन यामालले दुई–दुई गोल गरे भने फर्मीन लोपेज... ...

‘पाँच पाण्डव’को गीत ‘राजा चाहिया छ’
काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’मा समावेश ‘राजा चाहिया छ’ बोलको गीत सार्वजनिक गरिएको छ । एलिना चौहान, सुरेश लामा र ध्रुव विकको स्वर रहेको गीतमा शशी शर्मा मजगैयाँको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । सार्वजनिक गीतको भिडियोमा एक युवतीले आफ्नो घरजमका लागि उपयुक्त जीवनसाथी खोजेको प्रसंगलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ । भिडियोमा इभा गिरीले नृत्य गर्नुभएको छ । उहाँलाई ...


