Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

नेपाल–अमेरिका चेम्बरको अध्यक्षमा किरणप्रकाश शाख: पुनः निर्वाचित

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–अमेरिका चेम्बरको अध्यक्षमा किरणप्रकाश शाख: पुनः निर्वाचित
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल–अमेरिका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको अध्यक्षमा किरणप्रकाश शाख:पुनः निर्वाचित भएका छन्। शुक्रबार राजधानीमा भएको चेम्बरको २५औँ वार्षिक साधारणसभाले शाख:लाई अध्यक्षमा पुन: चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिमा सञ्जय शराफ (अग्रवाल), प्रनिल मान सिंह प्रधान, पशुपति देव पाण्डे, राकेश अडुकिया, बलराम गुरुङ, कृष्ण विक्रम शाह, अविनाश वीर सिंह तुलाधर र चाँदनी लामा सदस्य रहेका छन्। चेम्बरका निवर्तमान अध्यक्षमा सुनिल शाक्य रहेका छन् । नेपाल–अमेरिका व्यापार विस्तारमा जोड साधारणसभा नेपाल र अमेरिकाबीचको व्यापार तथा आर्थिक सम्बन्ध विस्तारका लागि नेपाली उत्पादनको अमेरिकी बजारमा पहुँच सहज बनाउनुपर्नेमा जोड दिइयो । अध्यक्ष किरण प्रकाश साख:ले नेपालका निर्यातकर्ताले भोगिरहेका नीतिगत तथा व्यापारिक चुनौती सम्बोधन गर्न दुवै देशका सरकारबीच थप सहकार्य आवश्यक रहेको बताए । नेपाल र अमेरिकाबीच सन् १९४७ देखि कूटनीतिक सम्बन्ध रहँदै आएको उल्लेख गर्दै उनले दुई देशबीचको मित्रतालाई आर्थिक तथा व्यावसायिक साझेदारीमा रूपान्तरण गर्न अझै ठूलो सम्भावना रहेको उनको भनाइ छ। निर्यात व्यापारका हिसाबले भारतपछि अमेरिका नेपालको दोस्रो ठूलो बजार हो । नेपाली गलैँचा, तयारी पोसाक, हस्तकला, पश्मिना, ऊनी फेल्टका सामग्री र हिमालयन डग च्युजलगायत उत्पादनले अमेरिकी बजारमा उपस्थिति बनाइसकेका छन्। तर, विगतमा मल्टिफाइबर एग्रिमेन्ट लागू रहेको समयको तुलनामा अमेरिकासँग नेपालको व्यापार घटेको अध्यक्ष साखले बताए। अध्यक्ष साखका अनुसार अमेरिकाले सन् २०२५ अप्रिलदेखि नेपालबाट आयात हुने अधिकांश वस्तुमा १० प्रतिशत आधारभूत भन्सार महसुल लागू गरेपछि नेपाली निर्यातकर्ताले थप चुनौती सामना गर्नुपरेको छ। यसअघि नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम (एनटीपीपी) अन्तर्गत शून्य भन्सार सुविधामा अमेरिकी बजार प्रवेश पाएका उत्पादनसमेत त्यसबाट प्रभावित भएका छन्। सन् २०१५ को भूकम्पपछि नेपाली निर्यातकर्तालाई सहयोग पुर्‍याउने उद्देश्यले सुरु गरिएको एनटीपीपीको निरन्तरता अहिले झनै आवश्यक रहेको अध्यक्षको भनाइ थियो। भोटेकोशीमा आएको बाढी, नेपालको आर्थिक चुनौती र अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने अवस्थाले निर्यात क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको उनले बताए। भोटेकोशी बाढीपछि अमेरिकी सरकारले तत्काल सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिँदै उनले नेपालको पुनःस्थापना प्रयासमा अमेरिकी सहकार्यको प्रशंसा गरे। नेपाल र अमेरिकाबीच सन् २०११ मा भएको व्यापार तथा लगानी संरचना सम्झौता (टिफा) को कार्यान्वयनलाई पनि उनले महत्वपूर्ण विषयका रूपमा उठाए। सन् २०२४ सेप्टेम्बरमा सम्पन्न सातौँ टिफा काउन्सिल बैठकका कतिपय सहमति अझै कार्यान्वयन हुन नसकेको र त्यसपछिको बैठकसमेत नबसेको उल्लेख गर्दै उनले दुवै सरकारलाई यथाशीघ्र अर्को बैठक आयोजना गर्न आग्रह गरे। बौद्धिक सम्पत्ति अधिकारको संरक्षणलाई समेत चेम्बरले प्राथमिकतामा राखेको उनले बताए। आठ विधामा अवार्ड समारोहमा नेपाली निर्यातकर्तालाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले सन् २०२३ देखि सुरु गरिएको ‘एनयूएसएसीसी हिमालयन बुलियन अवार्ड’ पनि प्रदान गरिएको थियो। यस वर्ष आठ विधामा अवार्ड वितरण गरिएको आयोजकले जनाएको छ। गलैँचा, तयारी पोसाक, हस्तकला, पश्मिना, ऊनी फेल्ट र हिमालयन डग च्युजका क्षेत्रमा योगदान पुर्‍याउने निर्यातकर्तालाई सम्मान गरिएको थियो। महिला उद्यमशीलता तथा अमेरिकाबाट सबैभन्दा बढी आयात गर्ने आयातकर्तालाई पनि अवार्ड प्रदान गरिएको थियो। अवार्ड छनोटका लागि सम्बन्धित व्यावसायिक संघसंस्थाको सिफारिस र भन्सार विभागबाट प्राप्त तथ्यांकलाई आधार बनाइएको अध्यक्षले बताए। नेपाली उत्पादनको गुणस्तर सुधार, उत्पादन क्षमता विस्तार र अमेरिकी बजारमा नयाँ अवसर खोज्न यस्ता सम्मानले उद्यमीलाई प्रोत्साहित गर्ने उनको विश्वास थियो। कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका उपप्रमुख स्कट अर्बोमले २५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्नुका साथै विभिन्न विधाका अवार्ड वितरण गरेका थिए। कार्यक्रमलाईचेम्बरका पूर्वअध्यक्ष प्रसिद्ध बहादुर पाण्डेले मन्तव्य राखेका थिए भने अमेरिकी दूतावासका उपप्रमुख अर्बोमले प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए। समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्वमन्त्री अनिलकुमार सिन्हा लगायत व्यवसायीहरु राजेशकाजी श्रेष्ठ, रविभक्त श्रेष्ठ,सीएनआई अध्यक्ष बीरेन्द्र राज पाण्डे , उद्योगी सुमित अग्रवाल,अखिल कुमार चापागाई र चाल्स मेंड्रिज लगायत का व्यवसायी सहभागी थिए । बाढीपछिको पुनर्निर्माणमा नेपाललाई अमेरिकाको ३ करोड ६० लाख डलरभन्दा बढी सहयोग अमेरिकाले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराएको छ। नेपालस्थित अमेरिकी दूतावासका उपप्रमुख स्कट अर्बोमले समारोहमा बोल्दै बाढी प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै उक्त सहयोगबारे जानकारी दिएका हुन्। नेपाल–अमेरिका सम्बन्ध करिब ८० वर्ष पुरानो रहेको उल्लेख गर्दै उनले व्यापार, लगानी र नवप्रवर्तनमा सहकार्य विस्तार गर्न अमेरिका इच्छुक रहेको बताए। उनले दुई देशबीचको व्यावसायिक सम्बन्ध सुदृढ बनाउन कर प्रणालीमा पूर्वानुमानयोग्यता, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण तथा सार्वजनिक खरिदमा पारदर्शिता आवश्यक रहेको पनि औँल्याए। ‘भूपरिवेष्टित’ होइन, क्षेत्रीय अर्थतन्त्र जोड्ने मुलुक बन्न सक्छ नेपाल नेपालले आफ्नो भौगोलिक अवस्थालाई चुनौती नभई क्षेत्रीय तथा विश्व बजारसँग जोडिने अवसरका रूपमा उपयोग गर्नुपर्ने व्यवसायी तथा नेपाल–अमेरिका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका पूर्वअध्यक्ष प्रसिद्ध बी. पाण्डेले बताएका छन्। चेम्बरको २५औँ वार्षिक साधारणसभा तथा हिमालयन बुलियन अवार्ड समारोहमा बोल्दै उनले आगामी एक दशकभित्र नेपालको अर्थतन्त्र १०० अर्ब अमेरिकी डलर पुर्‍याउन विकासको परम्परागत ढाँचा परिवर्तन गर्नुपर्ने बताए। उनले निजगढलाई अन्तर्राष्ट्रिय कार्गो तथा निर्यात केन्द्र, पोखरालाई पर्यटन तथा वेलनेस गेटवे र कर्णालीलाई ऊर्जा केन्द्रका रूपमा विकास गर्नुपर्ने प्रस्ताव अघि सारे। यसका लागि पूर्वाधार, नीतिगत स्पष्टता, संस्थागत क्षमता र अन्तर्राष्ट्रिय लगानी आवश्यक रहेको उनको भनाइ थियो। आफ्नो पुस्तक ‘प्राइम मिनिस्टर एन्ड प्रोस्पेरिटी’ मा समेत नेपालको आर्थिक रूपान्तरणको अवधारणा प्रस्तुत गरेका पाण्डेले नेपाल घरेलु अर्थतन्त्रमा सीमित नभई क्षेत्रीय तथा विश्वव्यापी बजार जोड्ने रणनीतिक आर्थिक केन्द्र बन्न सक्ने बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गरिमा विकास बैंकले पायो अन्तर्राष्ट्रिय स्तरको ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान
Latest NewsJust now

गरिमा विकास बैंकले पायो अन्तर्राष्ट्रिय स्तरको ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दक्षिण एसियाली स्तरमा प्रतिष्ठित ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान प्राप्त गरेको छ। दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघद्वारा आयोजित ‘साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ अन्तर्गत... ...

रातोपाटी
रारामा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च
Latest NewsJust now

रारामा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च

हरिकृष्ण ऐडीमुगु, मङ्सिर १४ गते । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारातालमा पुर्‍याइएको छ ।राष्ट्रिय खेलकुदको प्रच... ...

गोरखापत्र
महिला क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै आर्मी फाइनल प्रवेश
Latest NewsJust now

महिला क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै आर्मी फाइनल प्रवेश

टस जितेर ब्याटिङको निम्तो पाएको आर्मीले सुदूरपश्चिमलाई ६९ रनमै रोक्न सफल भयो । जवाफी ब्याटिङ थालेको आर्मीले १० ओभरमै तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । ...

कान्तिपुर
४ वर्षमा १७ पटक गरी कुल १ अर्ब ६९ करोड रुपैयाँ पुर्‍याइयो मलेसिया
Latest NewsJust now

४ वर्षमा १७ पटक गरी कुल १ अर्ब ६९ करोड रुपैयाँ पुर्‍याइयो मलेसिया

काठमाडौँ । मलेसिया जाने श्रमिकबाट मेडिकलको नाममा उठाएको रकम चार वर्षमा १७ पटक मलेसिया पठाएको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानले मलेसिया जाने ७ लाख ५० हजार ९८८... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement