Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

नेपाल संवत् कुनै एक जात वा भाषा विशेषको मात्रै होइन, सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल संवत् कुनै एक जात वा भाषा विशेषको मात्रै होइन, सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको बताएका छन्। नेपाल संवत् ११४७ को अवसरमा मंगलबार आयोजित कार्यक्रममा सभामुख अर्यालले नेपाल संवत् कुनै एक जात वा भाषा विशेषमा सीमित नभएको बताए। उनले नेपाल संवत् केवल समय गणना गर्ने पात्रो नभई नेपालको मौलिक इतिहास, सभ्यता र सांस्कृतिक पहिचानको महत्वपूर्ण धरोहर भएको उल्लेख गरे। नेपाल संवत्को प्रारम्भ राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याणकारी योगदानसँग जोडिएको बताउँदै उनले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराएर साख्वाले सामाजिक न्याय, परोपकार र सामूहिक हितको सन्देश दिएको बताए। “नेपाल संवत् केवल समय गणना गर्ने पात्रो मात्र होइन, यो नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानको महत्वपूर्ण सम्पदा हो,” उनले भने, “ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराई उहाँले स्थापना गर्नुभएको यस संवत्ले सामाजिक न्याय, परोपकार र सामूहिक हितको महान् सन्देश दिएको छ।” नेपाल संवत्को ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्व नेपाल मण्डलको जीवन पद्धतिसँग गहिरो रूपमा जोडिएको उनको भनाइ छ। चाडपर्व, जात्रा, संस्कार र परम्पराको निरन्तरतामा नेपाल संवत्को महत्वपूर्ण भूमिका रहँदै आएको उनले बताए। सभामुख अर्यालले नेपाल संवत् आन्दोलन नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको समेत महत्वपूर्ण अध्याय भएको उल्लेख गरे। विशेषगरी पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि यस अभियानले महत्वपूर्ण आवाज उठाएको उनको भनाइ छ। “यस आन्दोलनलाई अगाडि बढाउनुहुने सम्पूर्ण अग्रज तथा अभियन्ताहरूप्रति म उच्च सम्मान व्यक्त गर्दछु,” उनले भने। शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा, नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता प्रदान तथा सरकारी कागजातमा समेत यसको उल्लेख गर्ने निर्णय आन्दोलनका महत्वपूर्ण उपलब्धि भएको उनले बताए। अब ती उपलब्धिलाई व्यवहारमा कार्यान्वयन गर्दै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा नेपाल संवत्को प्रयोग विस्तार गर्नुपर्नेमा उनले जोड दिए। नेपालको संविधानले स्वीकार गरेको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै सभामुख अर्यालले नेपाल संवत् कुनै एक समुदायको मात्र सम्पत्ति नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको बताए। उनले नेपाल भाषा, नेपाल लिपि तथा समग्र मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा राज्य तथा समाज दुवैको सक्रिय भूमिका आवश्यक रहेको बताए। नयाँ पुस्तासँग नेपाल संवत्को अभियानलाई जोड्दै शिक्षा, अनुसन्धान, प्रविधि र दैनिक जीवनमा यसको प्रयोग विस्तार गर्नुपर्नेमा उनले जोड दिए। “नेपाल संवत् ११४७ ले सम्पूर्ण नेपालीमा एकता, सद्भाव, सुख, शान्ति र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्। हाम्रो मौलिक इतिहास, भाषा, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणमा हामी सबै एकजुट भएर अघि बढौँ,” उनले भने। सभामुख अर्यालले मौलिक इतिहास, भाषा, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणमा सबैलाई एकजुट हुन आह्वानसमेत गरे। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सैन्य हवाई अड्डामा आक्रमणको योजना बनाएको आरोपमा इरान समर्थित तीन जनामाथि अभियोग दर्ता
Latest NewsJust now

सैन्य हवाई अड्डामा आक्रमणको योजना बनाएको आरोपमा इरान समर्थित तीन जनामाथि अभियोग दर्ता

काठमाडदँ । अमेरिकाको न्याय मन्त्रालयले इरान समर्थित तीन जनामाथि बेलायतसहित अमेरिका र युरोपका विभिन्न स्थानमा शृङ्खलाबद्ध आक्रमणको योजना बनाएको आरोप लगाउँदै अभियोग दर्ता गरेको छ । अमेरिकी न्याय मन्त्रालयले उनीहरूले बेलायतको... ...

रातोपाटी
तिहारले सामाजिक सद्भाव र एकता सुदृढ बनाउँछः मुख्यमन्त्री आचार्य
Latest NewsJust now

तिहारले सामाजिक सद्भाव र एकता सुदृढ बनाउँछः मुख्यमन्त्री आचार्य

सन्तोष दहितदाङ, कात्तिक २५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना प्रगाढ बनाउँदै सामाज... ...

गोरखापत्र
उदयपुरमा गाडी दुर्घटना हुँदा १० जना घाइते
Latest NewsJust now

उदयपुरमा गाडी दुर्घटना हुँदा १० जना घाइते

उदयपुरमा गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।  मंगलबार दिउँसो त्रियुगा नगरपालिका- १३ बहेर्वाचोकस्थित मदन भण्डारी लोकमार्गमा बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१-०२-००१ ज ४६२१ नं. को  ईभी गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।  दुर्घटनाको खबरपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक राज कुमार खड्काको क... ...

नेपालखबर
नेतान्याहुका नीति उल्टाउने इसेनकोटको तयारी
Latest NewsJust now

नेतान्याहुका नीति उल्टाउने इसेनकोटको तयारी

इजरायल । इजरायलको नयाँ संसद्ले शपथ लिएसँगै सरकार गठनको जिम्मेवारी पाएका पूर्वसैनिक प्रमुख गदी इसेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका प्रमुख नीतिहरू उल्टाउने तयारी गरेका छन् । उनले हमासको आक्रमणबारे सरकारी अनुसन्धान, प्रधानमन्त्रीको कार्यकालमा सीमा निर्धारण र न्यायपालिकाको अधिकार कटौती गर्ने निर्णय खारेज गर्नेलगायत विधेयक अघि सारेका छन् । इसेनकोटलाई सरकार गठनका लागि छ हप्ताको समय दिइएको छ । गठबन्धन सरकार गठनको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play