Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

नेपालमा 'नो शेभ नोभेम्बर ट्रेन्ड'-'हामीले पालेको दाह्रीले क्यान्सरसँग लड्न शक्ति प्रदान गरोस्'

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालमा 'नो शेभ नोभेम्बर ट्रेन्ड'-'हामीले पालेको दाह्रीले क्यान्सरसँग लड्न शक्ति प्रदान गरोस्'
Photo / Coverage: बीबीसी नेपाली

फेशन कोच तथा कोरियोग्राफर प्रशान्त ताम्राकार दाह्रीलाई आफ्नो शक्ति ठान्छन्।अढाई दशकदेखि नेपालको फेशन उद्योगमा सक्रिय उनी चलचित्र उद्योगका पनि परिचित नाम हुन्।दाह्री कपाल पालेका उनको त्यसप्रतिको प्रेम धेरैले प्रत्येक वर्षको यो समयमा सम्झने गर्छन्। क्यान्सरका बिरामीको बाँच्ने सम्भावना दोबर बनाउन सक्ने औषधिको 'सफल परीक्षण' मेहनत नै नगरेर पनि कसरी व्यायाम गर्न सक्नुहुन्छ नोभेम्बर २८ मा आफ्नो जन्मदिन मनाउने उनले त्यही समय पारेर विगतका पाँच वर्षदेखि 'नो शेभ नोभेम्बर' फेशन रनवे इभेन्ट आयोजना गर्दै आएका छन्।उनले बीबीसीसँग भने, "दाह्री मलाई मन परेर पालेको हुँ। यो मेरो फेशनको बलियो पक्ष पनि बन्यो। बाटो हिँड्दा दाह्री पालिरहेका कति धेरै मान्छे देख्छु, एउटा एउटा दाह्रीको रौँले पनि क्यान्सर विरुद्धको सचेतनामा बल मिलोस् भन्ने गरिन्छ।"उनले थपे, "हामीले दाह्री पाल्दै गर्दा एउटा राम्रो उद्देश्यका लागि परोपकारी काम गरौँ। हामीले दाह्री पाल्दै गर्दा प्रत्येक क्यान्सरबाट बाँचेका व्यक्तिहरूलाई त्यसले शक्ति प्रदान गरोस् र उहाँहरूलाई केही सहयोग गर्न सकियोस् भनेर हामीले हाम्रो काममार्फत् नेपालमा पनि 'ट्रेन्ड सेट' गरिरहेका छौँ।" Ant foundation यो वर्ष पनि उनी र उनी आबद्ध संस्थाले क्यान्सर विरुद्धको सचेतनाका लागि फेशन रनवे इभेन्ट गर्दै छन् जसमा महिला डिजाइनर र फेशन आर्टिस्टहरूले स्तन क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यसहित गुलाबी रङ्गमा सजिएर प्रस्तुति दिने योजना छ।"निलो रङ्ग प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्यको भयो। अनि सेतो रङ्ग फोक्सोको क्यान्सरको भयो। जति पनि दाह्री पालेकाहरू आउँछन् उनीहरूले 'नो शेभ' प्रोस्टेट क्यान्सरको लागि प्रस्तुति दिन्छन्। अनि महिला दिदी बहिनीहरूले स्तन क्यान्सरबारेको जनचेतनालाई प्रतिनिधित्व गर्नुहुन्छ। बूढा-बूढी, केटा-केटी जो आए पनि फोक्सोको क्यान्सरका लागि सचेतनालाई प्रवर्द्धन गर्छन्।"'नो शेभ नोभेम्बर' मात्र होइन दाह्री र जुँगाका सोखिनहरूले पछिल्ला केही वर्षहरूमा नेपालमा 'मोभेम्बर' अभियानको पनि चर्चा गरेका छन्।दाह्री जुँगा प्रेमीहरूको फेसबुक समूहमा पनि चर्चा Jagadish Bhandari फोटोग्राफी र इतिहासमा रुचि राख्ने जगदीश भण्डारी नोभेम्बर महिनामा खासै दाह्री जुँगा काट्दैनन्।उनी दाह्री प्रेमीहरूको फेसबुक समूह 'दारी ग्याङ' का एक जना सञ्चालक हुन् जसमा ६ हजार भन्दा बढी प्रयोगकर्ता जोडिएका छन्।उक्त फेसबुक पेजमा हालै 'नो शेभ नोभेम्बर' र 'मोभेम्बर' अभियानको चर्चा गरिएको थियो जसलाई पछिल्ला केही दशकमा क्यान्सर विरुद्धका सचेतना र सहयोग सङ्कलनका लागि अघि बढाएको एउटा परोपकारी प्रयासका रूपमा लिने गरिएको छ।दारी ग्याङका भण्डारी भन्छन्, "एक दशकअघि दारी ग्याङ भन्ने समूह खुल्नु अगाडि हामीलाई पनि यो अभियानबारे खासै थाहा थिएन। हामीले त्यो अभियान सुरु गरेपछि ट्रेन्ड अलिकति बढ्दै गयो। यो क्यान्सरविरुद्ध चेतना जगाउने अभियान भएकाले हामीले पनि विभिन्न कार्यक्रमहरू गरिरहेका हुन्छौँ।"कतिपय पश्चिमा देशहरूमा जस्तो स्तरमा परोपकारी अभियान नेपालमा सञ्चालन नहुने गरेको भए पनि आफूहरूले 'सानो तिनो सहयोग रकम' सङ्कलन गरेको उनले सुनाए। त्यो सहयोग भक्तपुर र भरतपुर क्यान्सर अस्पतालहरूलाई उपलब्ध गराइएको उनको भनाइ छ। तपाईँलाई गजब महसुस गराउने पाँच व्यायामहरू योग किन शारीरिक अभ्यास मात्र होइन, यसले कसरी तपाईँको मानसिक स्वास्थ्य सुधार्न सक्छ मोभेम्बर के हो र यो कहाँबाट सुरु भयो?मोभेम्बर सन् २००३ मा अस्ट्रेलियाको मेलबर्नमा दुई जना साथीहरूले एउटा जिप्सी बारमा बियर पिइरहेको अवस्थामा पुरानो फेसन ट्रेन्ड ब्युँताउने छलफलपछि जन्मिएको अवधारणा मानिन्छ।मोभेम्बर डट कमका अनुसार उनीहरूले आफ्ना साथीहरूसँग जुँगा पाल्ने विषयमा छलफल गर्ने निधो गरे। त्यो बेला स्तन क्यान्सरका लागि अभियान चलाइरहेकी एक जना साथीकी आमाबाट प्रेरित भएर उनीहरूले पुरुष स्वास्थ्य र प्रोस्टेट क्यान्सर विरुद्धको अभियानका रूपमा यसलाई अघि बढाउने निर्णय लिए।उनीहरूले एउटा नियम पनि बनाए जस अन्तर्गत जुँगा पाल्न १० डलर तिर्नुपर्ने भनियो।पहिलो पटक जुँगा पाल्ने उक्त चुनौती स्वीकार गर्न ३० जना तयार भए। मोभेम्बर डट कमले अहिले आफ्नो अभियान विश्वव्यापी बनिसकेको उल्लेख गर्दै त्यहाँबाट १ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढीका मानसिक स्वास्थ्य र आत्महत्या नियन्त्रण, प्रोस्टेट क्यान्सर र पुरुषको यौन ग्रन्थिमा हुने क्यान्सरविरुद्धका कार्यक्रमहरूमा खर्च गरेको जनाएको छ।'नो शेभ नोभेम्बर' अभियान के हो? Nepali Beard Lovers/FB दाह्री प्रेमीहरूको एउटा फेसबुक पेजमा पनि क्यान्सरको सचेतनाका लागि यो अभियान थालिएको सम्झना गरिएको छ 'नो शेभ नोभेम्बर' अभियानको सुरुवात चाहिँ संयुक्त राज्य अमेरिकाको इलिनोई राज्यबाट सन् २००९ मा सुरु भएको देखिन्छ।आफ्ना पिताको मृत्यु कोलोन क्यान्सरले सन् २००७ मा भएपछि इलिनोईको हिल परिवारले सुरुमा फेसबुक अभियानका रूपमा आफ्ना पिताको सम्झनामा यो अभियान थालेको बताइन्छ।सुरुमा नोभेम्बर महिनाभर रेजर बिसाउने अनि दाह्री र जुँगा पाल्ने उद्देश्यले थालिएको उक्त अभियान बिस्तारै क्यान्सर विरुद्धको ऐक्यबद्धता र सचेतना अभियानमा परिणत भएको नो शेभ नोभेम्बर डट कममा उल्लेख गरिएको छ।सो अभियानले दाह्री र जुँगा काट्दा लाग्ने महिनाभरको खर्च चन्दा दिने र साथीभाइसँग मिलेर सहयोग सङ्कलन अभियान चलाउनेजस्ता उद्देश्य राखेको छ।सन् २०२४ मा उक्त अभियानले ठूलो आन्द्राको क्यान्सरविरुद्ध सचेतनाका लागि फाइट कोलोरेक्टल क्यान्सर नामक संस्थासँग सहकार्य गर्ने निर्णय गरेको थियो।त्यसबाहेक यी अभियानमा आबद्ध कतिपयले सहयोग सङ्कलन गर्न, अरूलाई सहभागी हुने प्रेरित गर्न र आफूले पनि कपालहरू काट्ने जस्ता कामहरू रोकेर महिलाहरू पनि यी अभियानमा संलग्न हुन सक्ने बताउने गरेको पाइन्छ।गत वर्ष काठमाण्डूस्थित ब्रिटिश राजदूतावासले 'नो शेभ- नोभेम्बर' दाह्री जुँगा मात्रै नभएर चेतनाको कुरा समेत भएको भन्दै एउटा भिडिओ सन्देश प्रेषित गरेको थियो।"नोभेम्बर महिनाभर दाह्री/जुँगा नकटाउने ट्रेन्ड केवल स्टाइलका लागि होइन, पुरुष स्वास्थ्यका बारे चेतना फैलाउने एउटा विश्वव्यापी अभियान हो। सबैले स्वास्थ्यको ख्याल राखौँ," सो भिडिओ सन्देशमा उल्लेख गरिएको थियो। मैले एक सातामा ३० प्रकारका वनस्पतिजन्य खानेकुरा खाने प्रयास गरेँ, र त्यो आश्चर्यजनक रूपमा सजिलो थियो मुटु र कलेजो स्वस्थ राख्न डाक्टरका यस्ता सल्लाह नेपालमा क्यान्सरको जोखिम कति छ? Getty Images विश्वभर बर्सेनि करिब १ करोड मानिसहरूको मृत्यु क्यान्सरका कारण हुने गरेको विश्व स्वास्थ्य सङ्गठनको एउटा आँकडाले देखाउँछ।नेपालमा विभिन्न तथ्याङ्कहरूले क्यान्सरका कारण हुने मृत्युदर १० देखि ११ प्रतिशत रहेको देखाउने गरेको पाइन्छ।डब्ल्यूएचओको एउटा पछिल्लो तथ्याङ्कले सन् २०२४ मा नेपालमा २४ हजार ५ सय जति नयाँ क्यान्सर सङ्क्रमण देखिएका उल्लेख गर्दै १७ हजार बढीको ज्यान गएको उल्लेख गरेको थियो।भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक उज्ज्वल चालिसे नो शेभ नोभेम्बर जस्ता क्यान्सर विरुद्धको सचेतना अभियान नेपालको सन्दर्भमा अझ महत्त्वपूर्ण रहेको ठान्छन्।उनले भने, "यस्तो अभियानहरू एकदमै आवश्यक छ। क्यान्सरको बारेमा जति जनचेतना भयो, त्यसले त्यत्ति नै नियन्त्रणमा पनि सहयोग गर्छ र प्रारम्भिक अवस्थामा नै पहिचानका लागि सहयोग गर्छ। मानिसहरू जँचाउन आए र सुरुमा नै पत्ता लगाउन सकियो भने उपचार पनि राम्रो हुन्छ।"विज्ञहरू पछिल्ला वर्षहरूमा क्यान्सरबारे जनचेतना बढ्दै गए पनि उपचार र क्यान्सर पहिचानका लागि आवश्यक स्वास्थ्य पूर्वाधारहरूको अभाव भने नेपालमा रहेको बताउने गर्छन्।"त्यसले गर्दा अहिले पनि लक्षण सुरुमा थाहा नहुने अनि बिरामीहरू ढिलो अन्तिम चरणमा अस्पतालहरू आइपुग्ने अझै पनि देखिइरहेको छ।" 'मेरुदण्ड चल्न चाहन्छ': गर्दनलाई कसरी सीधा राख्ने सामाजिक चिन्तालाई अझ बढाउने लुप्त बानी - त्यसलाई कसरी हटाउने बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राम्रो माला उन्ने प्रतियोगिता सम्पन्न
Latest NewsJust now

राम्रो माला उन्ने प्रतियोगिता सम्पन्न

अमरराज नहर्कीतनहुँ, कात्तिक २५ गते । स्थानीय उत्पादनको उपयोग र सिपको प्रवर्धन गर्ने उद्देश्यले तनहुँको शुक्लागण्डकी नगरपालिकाले राम्रो माला उन्ने प्रतियोगिता आयोजना गरेको छ । सयपत्... ...

गोरखापत्र
टीकामा सम्बन्धको शक्ति
Latest NewsJust now

टीकामा सम्बन्धको शक्ति

दिदीबहिनीको घरमा दाजुभाइ पुग्ने, निधारमा सप्तरङ्गी टीका लगाउने, मखमली र सयपत्रीको माला पहिरिने, ओखर फुटाउने, मिठामसिना परिकार खाने र एकअर्काको सुख, समृद्धि तथा दीर्घायुको कामना गर्ने दिन हो भाइटीका। वर्षभरि आआफ्नै काम र जिम्मेवारीमा व्यस्त रहने दाजुभाइ तथा दिदीबहिनीलाई एउटै ठाउँमा भेला गराउने यो पर्व नेपाली समाजको पारिवारिक जीवनसँग गहिरो गरी जोडिएको छ। भोलि कात्तिक २५ गते बुधबार देशभर भाइटीका मनाइँदै ...

नेपालन्युज
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई अझ प्रगाढ बनाउँछ : प्रधानमन्त्री शाह
Latest NewsJust now

भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई अझ प्रगाढ बनाउँछ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने बताएका छन्।  भाइटीकाको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस वर्षको पौराणिक मान्यताको पनि चर्चा गरेका छन्।  ‘पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उहाँको निवासमा... ...

नेपालखबर
मौरीको टोकाईबाट एकको मृत्यु
Latest NewsJust now

मौरीको टोकाईबाट एकको मृत्यु

मौरीको टोकाईबाट एकको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ खैलारका ४३ वर्षीय वीर बहादुर थारुको मौरीको टोकाईबाट मंगलबार मृत्यु भएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play