नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप

काठमाडौँ।संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा बसेको ८१औं महासभाको बैंठकले उक्त निर्णय गरेको हो। महासभामा प्रस्ताव नम्बर ८१/एल.८ सर्वसम्मतिले पारित गर्दै नेपाल र बंगलादेशको स्तरोन्नतिका लागि निर्धारित तयारी अवधि थप गर्ने निर्णय गरिएको न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ। यो निर्णयसँगै नेपालले अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई थप प्रभावकारी रूपमा अघि बढाउन अतिरिक्त समय पाएको छ। नेपालले यस अवधिलाई उत्पादन क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा आर्थिक र सामाजिक रूपान्तरणका लागि उपयोग गर्ने जनाएको छ। साथै, स्तरोन्नतिपछिको सहज संक्रमण सुनिश्चित गर्न तयार पारिएको सहज संक्रमण रणनीति (स्मुथ ट्रान्जिसन स्ट्राटेजी), दिगो विकासका लागि सन् २०३० को कार्यसूची तथा दोहा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनेछ। अतिरिक्त समयले नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट सहज, दिगो र अपरिवर्तनीय रूपमा स्तरोन्नति हुने लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। नियोगले उक्त निर्णयका लागि संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रप्रति निरन्तरको सहयोग, ऐक्यबद्धता र समर्थनका लागि नेपालका तर्फबाट धन्यवाद व्यक्त गरेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

प्रस्तावित राजदूत थापाको सुनुवाइ गर्न बैठक आह्वान
काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक कात्तिक १६ गतेका लागि आह्वान भएको छ । जापानका लागि प्रस्तावित राजदूत जीज्ञान कुमार थापा, ललितपुरका सम्बन्धमा संसदीय सुनुवाइ गर्न बैठक आह्वान गर्न... ...

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने
काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान... ...

बूढानीलकण्ठ नगरपालिकामा शिक्षक बैंकको बढ्दो प्रभावकारिता
काठमाडौँ, कात्तिक १३ गते । बूढानीलकण्ठ नगरपालिकाले नगर क्षेत्रमा भएका सामुुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक बैँक प्रभावकारी बन्दै गएको छ... ...

जेनजी आन्दोलनमा भागेका अभियुक्त १४ महिनापछि काठमाडौँबाट पक्राउ
जेनजी आन्दोलनको क्रममा फरार भएका दाङका एक व्यक्ति १४ महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका- १० का ३५ वर्षीय रवीन्द्र परियार रहेका प्रहरीले जनाएको छ। उनलाई बिहीबार काठमाडौँ महानगरपालिका- २६ गल्कोपाखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। परियार चोरी मुद्दामा पक्राउ परेर तीन ... ...


