Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त
Photo / Coverage: टक्सार

काठमाडौं। सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष थापालाई बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका छन्। शपथपछि अर्थमन्त्री वाग्लेले बीमा क्षेत्रको विकास र विस्तारका लागि निडर तथा निर्धक्क भएर काम गर्न नवनियुक्त अध्यक्ष थापालाई निर्देशन दिएका छन्। उनले बीमा क्षेत्रको विश्वसनीयता अभिवृद्धि, नियमन तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल राष्ट्र बैंकमा झन्डै तीन दशक काम गरेको अनुभव भएका थापा वित्तीय क्षेत्रको नियमन, सुपरिवेक्षण, जोखिम व्यवस्थापन तथा संस्थागत सुशासनका जानकार हुन्। उनी यसअघि नेपाल राष्ट्र बैंकको कर्पोरेट योजना तथा जोखिम व्यवस्थापन विभागका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। थापाले राष्ट्र बैंकमा वित्तीय संस्था सुपरिवेक्षण, बैंक सुपरिवेक्षण, नियमन तथा कर्पोरेट योजना विभागलगायतमा विभिन्न जिम्मेवारी सम्हालेका छन्। उनले राष्ट्र बैंकको गभर्नर कार्यालयमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीसमेत निर्वाह गरेका थिए। बीमा क्षेत्रसँग पनि उनको अनुभव छ। उनी राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको सञ्चालक तथा लगानी समितिको संयोजकका रूपमा कार्यरत थिए। त्यसैगरी निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक तथा लगानी समितिको संयोजकको जिम्मेवारीसमेत सम्हालेका छन्। थापाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा एमफिल गरेका छन्। उनले भारतको सिंघानिया विश्वविद्यालयबाट बैंकिङ क्षेत्रमा संस्थागत सुशासनले जोखिम व्यवस्थापनमा पार्ने प्रभावसम्बन्धी विषयमा विद्यावारिधि गरेका छन्। उक्त विद्यावारिधि उपाधि हाल त्रिभुवन विश्वविद्यालयबाट समकक्षता मूल्यांकनको प्रक्रियामा रहेको उनको व्यक्तिगत विवरणमा उल्लेख छ। बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, जोखिम व्यवस्थापन र संस्थागत सुशासनमा लामो अनुभव हासिल गरेका थापाको नियुक्तिलाई बीमा क्षेत्रको नियामकीय नेतृत्वमा वित्तीय क्षेत्रको अनुभव उपयोग गर्ने अवसरका रूपमा हेरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नवनियुक्त महानिरीक्षक केसी भन्छन् - नागरिकले प्रहरीसँग भरोसा गरुन्
Latest NewsJust now

नवनियुक्त महानिरीक्षक केसी भन्छन् - नागरिकले प्रहरीसँग भरोसा गरुन्

नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ...

हाम्राकुरा
नेप्से, बीमा प्राधिकरण र निक्षेप तथा कर्जा सुरक्षण कोषको नेतृत्वमा नयाँ नियुक्ति
Latest NewsJust now

नेप्से, बीमा प्राधिकरण र निक्षेप तथा कर्जा सुरक्षण कोषको नेतृत्वमा नयाँ नियुक्ति

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से), नेपाल बीमा प्राधिकरण र निक्षेप तथा कर्जा सुरक्षण कोषको नेतृत्वमा नयाँ पदाधिकारी नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी, नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा र निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा ...

लुम्बिनी सञ्चार
बैतडीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ६ जना घाइते
Latest NewsJust now

बैतडीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ६ जना घाइते

बुधबार राति ८ बजेतिर डडेलधुरा अस्पतालबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको हो । ...

कान्तिपुर
इनम सापकोटा र बिचौलियालाई चिन्दिनँ: गगन थापा
Latest NewsJust now

इनम सापकोटा र बिचौलियालाई चिन्दिनँ: गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले इनम सापकोटा र उनीजस्ता बिचौलियासँग आफ्नो कुनै चिनजान नरहेको स्पष्ट पारेका छन्। बुधबार शीर्ष नेताहरूको बैठकमा बोल्दै उनले आफूले कसैलाई पनि पैसा नदिएको दाबी गरेका हुन्। पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले १८ करोड रुपैयाँ दिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको थापाले बताए। उनले भने, ‘तपाईंहरूलाई लाग्न सक्छ, मेरो सभापतिले पैसा खुवायो कि भन्ने। तर म स्पष्ट ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play