नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफामा २६ गुणाभन्दा बढीको वृद्धि, पहिलो त्रैमासमै कमायो १ अर्ब १८ करोड

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफामा उल्लेख्य सुधार गरेको छ । बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १ अर्ब १८ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकले ४ करोड ५० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यसरी एक वर्षको अवधिमा बैंकको खुद नाफा २६ गुणाभन्दा बढीले वृद्धि भएको छ ।

बैंकको नाफामा आएको उच्च वृद्धिको मुख्य कारण कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) मा भएको ठूलो गिरावट हो । समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ६०.८१ प्रतिशतले घटेर १ अर्ब ९ करोड ७३ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो व्यवस्था २ अर्ब ८० करोड ४ लाख रुपैयाँ थियो ।

त्यस्तै, बैंकको सञ्चालन मुनाफामा पनि उल्लेख्य सुधार देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ५१ करोड २ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा चालु आवको सोही अवधिमा बढेर ३ अर्ब २५ करोड २० लाख रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानीमा सामान्य सुधार

बैंकको आम्दानीको प्रमुख स्रोत खुद ब्याज आम्दानीमा भने सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ अर्ब २४ करोड ३१ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको समीक्षा अवधिमा ०.८८ प्रतिशतले बढेर ३ अर्ब २७ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको ब्याज आम्दानी ८ अर्ब ३४ करोड ३ लाख रुपैयाँबाट घटेर ७ अर्ब ४१ करोड ७१ लाख रुपैयाँ कायम भएको छ । यस्तै, ब्याज खर्च पनि ५ अर्ब ९ करोड ७१ लाख रुपैयाँबाट घटेर ४ अर्ब १४ करोड ५४ लाख रुपैयाँमा झरेको छ ।

गैरब्याज आम्दानीतर्फ बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ४.८२ प्रतिशतले बढेर ५९ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ५६ करोड ४८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको खुद ट्रेडिङ आम्दानी ३१ करोड २९ लाख रुपैयाँ र अन्य सञ्चालन आम्दानी १७ करोड २७ लाख रुपैयाँ रहेको छ ।

निक्षेप र कर्जा विस्तारमा सामान्य वृद्धि

बैंकको व्यवसाय विस्तारतर्फ निक्षेप र कर्जा प्रवाह दुवैमा सामान्य वृद्धि देखिएको छ । गत असार मसान्तको तुलनामा चालु आवको पहिलो तीन महिनामा बैंकको ग्राहक निक्षेप २.६९ प्रतिशतले बढेर ५ खर्ब ४० अर्ब ७९ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो निक्षेप ५ खर्ब २६ अर्ब ६३ करोड २० लाख रुपैयाँ थियो ।

त्यस्तै, बैंकको कर्जा प्रवाह ०.३३ प्रतिशतले बढेर ३ खर्ब २२ अर्ब ४१ करोड २० लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तमा बैंकको कुल कर्जा प्रवाह ३ खर्ब २१ अर्ब ३४ करोड २० लाख रुपैयाँ रहेको थियो ।

निष्क्रिय कर्जा ८.८७ प्रतिशत पुग्यो

नाफामा उल्लेख्य सुधार भए पनि बैंकको कर्जाको गुणस्तरमा भने दबाब देखिएको छ । बैंकको कुल निष्क्रिय कर्जा (एनपीएल) अनुपात गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६.६३ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा बढेर ८.८७ प्रतिशत पुगेको छ ।

यद्यपि, खुद निष्क्रिय कर्जा अनुपात भने केही सुधार भएको छ । गत वर्ष १.४६ प्रतिशत रहेको यस्तो अनुपात घटेर १.३७ प्रतिशत कायम भएको छ ।

त्यस्तै, कुल निष्क्रिय कर्जाको तुलनामा गरिएको कर्जा नोक्सानी व्यवस्थाको कभरेज अनुपात १०१.५७ प्रतिशतबाट सामान्य बढेर १०१.६० प्रतिशत पुगेको छ ।

ब्याजदर घट्दा लागत र आधार दरमा सुधार

बजारमा ब्याजदर घट्ने क्रमसँगै बैंकको निक्षेप लागत, आधार दर र ब्याजदर अन्तरमा पनि कमी आएको छ ।बैंकको निक्षेपको लागत (कस्ट अफ फण्ड) गत वर्षको ३.९२ प्रतिशतबाट घटेर ३.०७ प्रतिशतमा झरेको छ । त्यस्तै, औसत आधार दर ५.६९ प्रतिशतबाट घटेर ४.५१ प्रतिशत कायम भएको छ । असोज महिनाको आधार दर भने ४.४४ प्रतिशत रहेको छ ।

बैंकको औसत ब्याजदर अन्तर (स्प्रेड दर) पनि ३.४४ प्रतिशतबाट घटेर ३ प्रतिशतमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ६६.७३ प्रतिशत रहेको छ ।

ईपीएस बढेर १३ रुपैयाँ ८५ पैसा

खुद नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि उल्लेख्य सुधार आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा वार्षिकीकृत ईपीएस ५३ पैसा रहेकोमा चालु आवको समीक्षा अवधिमा बढेर १३ रुपैयाँ ८५ पैसा पुगेको छ ।

त्यस्तै, बैंकको वार्षिकीकृत पुँजीमा प्रतिफल (आरओई) ०.२७ प्रतिशतबाट बढेर ६.९५ प्रतिशत पुगेको छ भने सम्पत्तिमा प्रतिफल (आरओए) ०.०३ प्रतिशतबाट बढेर ०.७६ प्रतिशत कायम भएको छ ।बजारमा बैंकको प्रतिसेयर मूल्य २०६ रुपैयाँ २० पैसा रहँदा मूल्य आम्दानी अनुपात (पीई रेसियो) १४.८९ गुणा रहेको छ ।

वितरणयोग्य नाफा ५ अर्बभन्दा बढी ऋणात्मक

हाल बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ८८ पैसा, पुँजी पर्याप्तता अनुपात (सीएआर) १२.१७ प्रतिशत र खुद तरल सम्पत्ति तथा निक्षेप अनुपात ४२.६७ प्रतिशत रहेको छ ।

तर, नाफामा उल्लेख्य सुधार देखिए पनि बैंकको वितरणयोग्य नाफा भने अझै ऋणात्मक रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ५ अर्ब १६ करोड १६ लाख रुपैयाँ ऋणात्मक रहेको वित्तीय विवरणमा उल्लेख छ ।

Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

वर्षाले प्रभावित गोदावरी फूल प्रदर्शनी दुई दिन थपियो, अब कार्तिक १८ गतेसम्म
ललितपुर । जावलाखेलमा सञ्चालन भइरहेको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी दुई दिन थप गरिएको छ। यसअघि कार्तिक १६ गतेसम्म सञ्चालन हुने भनिएको प्रदर्शनी अब कार्तिक १८ गते बुधबारसम्म चल्ने आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ। प्रदर्शनीको पहिलो दिन अपेक्षाभन्दा उत्साहजनक कारोबार र अवलोकनकर्ताको सहभागिता भए पनि शुक्रबार र शनिबारको अविरल वर्षाले मेला… ...

उग्र बन्यो जर्मनीको जेनजी आन्दोलन : ३४ सहरमा प्रदर्शन, लुटपाटदेखि पेट्राेलबम प्रहारसम्म
एजेन्सी । फ्रान्सपछि जर्मनीमा पनि युवाहरूले आन्दोलन गरेका छन् । जर्मनीमा बढ्दो महँगी, शिक्षा क्षेत्रमा बजेट कटौती तथा सैन्य खर्च बढाउने सरकारी योजनाको विरोधमा हजारौँ युवा सडकमा उत्रिएका छन्। शनिबार जर्मनीका ३४ सहरमा भएको प्रदर्शनका क्रममा केही स्थानमा हिंसात्मक झडपसमेत भएको छ। ‘GenZ regelt!’ (जेनजीले जिम्मेवारी लिन्छ) नामक युवा अभियानको आयो… ...
राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड २०२६
काठमाडौं । नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङले मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधि जितेकी छन्। रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा शनिबार राति काठमाडौंमा सम्पन्न प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङले मुख्य उपाधि हात पारेकी हुन्। खोटाङको दिक्तेलकी गुरुङले उपाधिसँगै स्कुटर प्राप्त गरेकी छन्। अधिवक्तासमेत रहेकी उनले अमेरिकामा आयोजना हुने विवाहित मह… ...

देशमा ठूलो सङ्कट सिर्जना हुने डा.बाबुराम भट्टराईको दाबी
काठमाडौं - सरकार तथा सत्तारुढ दलभित्र विभिन्न किसिमको खिचडी पाकिरहेकोबेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले नेपाल ठूलो सङ्कटतर्फ उन्मुख भइरहेको बताएका छन् । ...