Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

नेतान्याहुका नीति उल्टाउने इसेनकोटको तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेतान्याहुका नीति उल्टाउने इसेनकोटको तयारी
Photo / Coverage: नेपालन्युज

तेल अभिभ।इजरायलको नयाँ संसद्ले शपथ लिएसँगै सरकार गठनको जिम्मेवारी पाएका पूर्व सैनिक प्रमुख गदी इसेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका प्रमुख नीतिहरू उल्टाउने तयारी गरेका छन्। उनले हमासको आक्रमणबारे सरकारी अनुसन्धान, प्रधानमन्त्रीको कार्यकालमा सीमा निर्धारण र न्यायपालिकाको अधिकार कटौती गर्ने निर्णय खारेज गर्नेलगायत विधेयक अघि सारेका छन्। इसेनकोटलाई सरकार गठनका लागि ६ हप्ताको समय दिइएको छ। गठबन्धन सरकार गठनको टुङ्गो नलागे पनि नेतान्याहुका विपक्षी दलहरूले संसदमा बहुमत प्राप्त गरेका छन्। इसेनकोटले सबै नागरिकको प्रतिनिधित्व गर्ने सरकार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यसैबीच, नेतान्याहुले अरब नेतृत्वका दलहरूले चुनाव ‘चोरेको’ आरोप लगाउँदै उनीहरूसँग सहकार्य गर्ने विपक्षी नेताहरूको आलोचना गरेका छन्। इजरायलको जनसंख्याको करिब २० प्रतिशत हिस्सा ओगट्ने अरब समुदायका दलहरूमाथि विश्वास गर्न नसकिने उनको भनाइ छ। इसेनकोटले भने इजरायलको यहुदी राष्ट्रको पहिचान स्वीकार गर्ने र हमासलाई आतंकवादी संगठन मान्नेलगायत शर्त पूरा भए अरब दलसँग सहकार्यको सम्भावना खुला राखेका छन्। नेतान्याहुको अभिव्यक्तिलाई विभाजनकारी र घृणापूर्ण भन्दै इसेनकोटले उनी प्रधानमन्त्री पदमा रहन योग्य नभएको टिप्पणी गरेका छन्। उनले नेतान्याहुको लिकुड पार्टीसँगको निर्धारित बैठक समेत रद्द गरेका छन्। यसैबीच, विपक्षी सांसदहरूले वर्तमान सभामुख अमिर ओहानालाई हटाउने प्रक्रिया सुरु गरेका छन्। नयाँ सभामुखका रूपमा इसेनकोटको याशर पार्टीका नेता मतन काहानालाई प्रस्ताव गरिएको छ। सभामुख परिवर्तन भए विपक्षी दललाई आफ्ना विधेयक अघि बढाउन सहज हुनेछ। नयाँ संसद् गठन भए पनि इसेनकोटले सरकार बनाउन नसकेसम्म नेतान्याहु र उनको मन्त्रिपरिषद् पदमै रहने छन्। इसेनकोट असफल भए राष्ट्रपति आइज्याक हर्जोगले नेतान्याहुलाई पुनः सरकार गठनको अवसर दिन सक्ने छन्। नेतान्याहुले इरानबाट हुन सक्ने आक्रमणको जोखिम देखाउँदै राजनीतिक मतभेद बिर्सेर एकता सरकार बनाउन आग्रह गरेका छन्। तर, नेतान्याहु विनाको सरकार बने उनको राजनीतिक प्रभाव कमजोर हुने र भ्रष्टाचार मुद्दा तथा सन् २०२३ अक्टोबर ७ को हमास आक्रमण रोक्न नसकेको सुरक्षा कमजोरीबारे अनुसन्धानको दबाब बढ्ने सम्भावना छ। –रासस /एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अस्ट्रेलियामा दोस्रो पुस्तादेखि नेपालबाट आएका अभिभावकसम्मले मनाए भव्य रूपमा भाइटीका
Latest NewsJust now

अस्ट्रेलियामा दोस्रो पुस्तादेखि नेपालबाट आएका अभिभावकसम्मले मनाए भव्य रूपमा भाइटीका

• अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले भाइटीका चाड हर्षोल्लासका साथ मनाएका छन्। • दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका, माला र मिठाई लगाइदिएर सुख, शान्ति र दीर्घायुको कामना गरेका छन्। • नयाँ पुस्तालाई नेपाली संस्कृति र परम्परासँग जोड्ने प्रयास भाइटीकाका अवसरमा देखिएको छ। ...

नेपालबहस
अधुरो हुलाकी सडक निर्माण प्रक्रिया सुरु
Latest NewsJust now

अधुरो हुलाकी सडक निर्माण प्रक्रिया सुरु

बाँके। बाँके र दाङको सीमावर्ती क्षेत्रमा अधुरो रहेको ५८ किलोमिटर हुलाकी सडकको निर्माण प्रक्रिया सुरु भएको छ। हुलाकी सडक निर्देशनालयले उक्त खण्डमा सडक तथा पुल निर्माणका लागि कुल रु पाँच अर्ब... ...

रातोपाटी
हात्तीको आक्रमणमा महिलाको मृत्यु, श्रीमान भागेर बचे
Latest NewsJust now

हात्तीको आक्रमणमा महिलाको मृत्यु, श्रीमान भागेर बचे

कञ्चनपुर।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ तारापुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। आफ्नै कच्ची घरमा सुतिरहेकी ६० वर्षीया लक्ष्मी डगौराको गएराति हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको बथान तारापुर शिविरमा पसेर उनको घर समेत भत्काएको प्रहरीले जनाएको छ। आक्रमणका बेला उनका श्रीमान् मोहन डगौंरा भने भागेर ज्यान जोगाउन सफल भएका छन्। घटनापछि नेपाली सेना, नेपाल प्रहरी ...

नेपालन्युज
मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु
Latest NewsJust now

मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु

बर्दिया । वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर वीरबहादुर थारुको मृत्यु भएको छ । घरकै सिलिङमा रहेको वनमौरीको टोकाइबाट ठाकुरबाबा नगरपालिका–४ खैलार निवासी ४३ वर्षीय वीरबहादुर थारुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले कार्तिक २४ गते दिउँसो करिब १ः०० बजे मौरीले टोकेपछि बेहोस अवस्थामा उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, नेउलापुर भुरीगाउँ पु¥याइएको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play