Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

नेतन्याहुसँग मिलेर सरकार गठन गर्न तयार छु, तर नेतृत्व मेरो हुनुपर्छ : आइजेनकोट

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेतन्याहुसँग मिलेर सरकार गठन गर्न तयार छु, तर नेतृत्व मेरो हुनुपर्छ : आइजेनकोट
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । इजरायलमा नयाँ सरकार गठनको आधिकारिक जिम्मेवारी पाएपछि विपक्षी नेता गादी आइजेनकोटले यस विषयमा बोलेका छन्। बीबीसी फारसीका अनुसार आइजेनकोटले भनेका छन्, ‘म वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनका अति-दक्षिणपन्थी सहयोगीमध्ये एकसँग मिलेर सरकारमा सामेल हुन सहमत छु, तर सरकार मेरो नेतृत्वमा गठन हुनुपर्नेछ।’ उनले नेतन्याहुको नेतृत्वमा रहेको लिकुड पार्टी र अति-दक्षिणपन्थी अर्थमन्त्री बेत्जालेल स्मोट्रिचको नेतृत्वमा रहेको धार्मिक जायनिस्ट पार्टीलाई नयाँ सरकारमा समावेश गर्न तयार रहेको बताएका हुन्। उनले अगाडि भने, ‘यदि लिकुड र धार्मिक जायनिस्ट पार्टीका सदस्यहरूले राष्ट्रपतिले भनेझैँ अब एकताको समय हो भन्ने कुरामा साँच्चै विश्वास गर्छन् भने म मेरो नेतृत्वमा र मैले स्थापित गरेका सिद्धान्तमा आधारित सरकार गठनमा सहमत नहुनुको कुनै कारण देख्दिनँ।’ उनले इजरायलको लोकतन्त्रले यसको इतिहासको सबैभन्दा कमजोर अवधिमध्ये एकको सामना गरिरहेको पनि बताए। इजरायलका राष्ट्रपति इसाक हर्जोगले नयाँ सरकार गठनका लागि आइजेनकोटलाई शनिबार नै अनुमति दिइसकेका छन्। आइजेनकोटलाई सरकार गठन गर्न ६ हप्ताको समय हुनेछ। यस अवधिमा उनले अन्य दलसँग मिलेर संसद्‌मा बहुमत प्रमाणित गर्नुपर्नेछ। सरकार गठन गर्न ६१ सांसदको समर्थन चाहिन्छ। गादी आइजेनकोटको गठबन्धनलाई ६ दलका ६७ सांसदको समर्थन छ। प्रधानमन्त्री बेन्जामिन नेतुन्याहुलाई केवल ४६ सांसदको समर्थन छ, जुन बहुमतभन्दा धेरै कम हो। त्यसैले राष्ट्रपतिले उनलाई सरकार गठन गर्ने पहिलो मौका दिएनन्। ६ दलले गरे आइजेनकोटको नाम प्रस्ताव आइजेनकोटलाई चार यहुदी दल र दुई अरब दलसहित ६ पार्टीका ६७ सांसदको समर्थन छ। चार यहुदी दलसँग कुल ४८ सिट छन् भने दुई अरब दलसँग १९ सिट छन्। सबैभन्दा ठुलो चुनौती के हो भने यी ६ पार्टीमध्ये ३ यहुदी दल अरब दलसँग मिलेर सरकार बनाउन इच्छुक छैनन्। आइजेनकोटले पनि चुनावअघि अरब दललाई सरकारमा समावेश गर्न अस्वीकार गरेका थिए। यद्यपि अरब दलहरूले नेतन्याहुलाई सत्ताबाट हटाउन आइजेनकोटलाई समर्थन गरिएको बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युद्ध र महँगो पेट्रोलका कारण मतदाता आक्रोशित भएको ट्रम्पको स्वीकारोक्ति,इरान युद्ध थप नचर्काउने रणनीति
Latest NewsJust now

युद्ध र महँगो पेट्रोलका कारण मतदाता आक्रोशित भएको ट्रम्पको स्वीकारोक्ति,इरान युद्ध थप नचर्काउने रणनीति

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्धलाई थप बढाउनु पर्ने ‘कुनै कारण नभएको’ बताएका छन् । आफ्नो पार्टीले निर्वाचनमा पराजय बेहोरेपछि पहिलो पटक ‘सिबिएस न्युज’ सँगको कुराकानीमा उनले इरानसँगको युद्धका विषयमा यस्तो टिप्पणी गरेका हुन् । अन्तर्वार्ताका क्रममा ट्रम्पले मतदाताहरूले इरानसँगको युद्ध र त्यसका कारण इन्धन (पेट्रोल) को मूल्य बढेको कुरालाई ‘रुचाएका थिएनन्’ भनी उल्लेख गरे । उनले थप्दै भने, ...

टक्सार
गुल्मीका गोकर्णले पाँच रोपनीमा फलाए तीन सय केजी सयपत्री, बजारको समस्या छैन
Latest NewsJust now

गुल्मीका गोकर्णले पाँच रोपनीमा फलाए तीन सय केजी सयपत्री, बजारको समस्या छैन

इस्मा गाउँपालिका–३ का गोकर्ण नेपालीले तिहारमा तीन सय किलो सयपत्री फूल बेच्ने लक्ष्यसहित प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री गरिरहेका छन्। ...

कान्तिपुर
१८ वर्षदेखि अलपत्र बेनीघाट-आरूघाट-लार्के सडक तत्काल निर्माण गर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको माग
Latest NewsJust now

१८ वर्षदेखि अलपत्र बेनीघाट-आरूघाट-लार्के सडक तत्काल निर्माण गर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका हुँदै चीनको तिब्बत जोड्ने बेनीघाट–आरूघाट–लार्के (रुहिला) सडक निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले १८ वर्ष बितिसक्दा पनि १५४ किलोमिटर लामो रणनीतिक महत्वको सडक निर्माण सम्पन्न हुन नसक्नु विडम्बनापूर्ण भएको बताए । आफू अर्थमन्त्री हुँदा आर्थिक वर्ष २०६५/६६ को बजेट वक्तव्यमार्फत उक्त सडकलाई रातो ...

केन्द्रबिन्दु
बालेनको भ्रमणअघि पञ्चेश्वरबारे भारतको सकारात्मक सन्देश, अरुण र तल्लो अरुणमा खोज्यो साथ
Latest NewsJust now

बालेनको भ्रमणअघि पञ्चेश्वरबारे भारतको सकारात्मक सन्देश, अरुण र तल्लो अरुणमा खोज्यो साथ

लामो समयदेखि अलपत्र बहुप्रतीक्षित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउन भारत सकारात्मक देखिएको छ। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँगको भेटमा पञ्चेश्वर आयोजना अघि बढाउने विषयमा भारत सकारात्मक रहेको सन्देश दिएका हुन्। नेपाल र भारतबीच लामो समयदेखि छलफल हुँदै आए पनि पञ्चेश्वर आयोजना निर्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play