नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबारदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। अभियानको उद्घाटन आज दिउँसो साढे २ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने कार्यक्रम रहेको छ। नेकपाका अनुसार उक्त कार्यक्रमलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन्। पार्टीका नेताहरूका अनुसार सरकारलाई दबाब दिने र संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागिएको हो। यसअघि नै नेकपाले महानगरका प्रमुख वालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दसैँलगत्तै आन्दोलनका कार्यक्रममा जाने घोषणा गरेको थियो। अभियानका थप विस्तृत विवरणहरू उद्घाटन समारोहबाटै सार्वजनिक गरिने पार्टीले जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
काठमाडौँ, कात्तिक ७ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु... ...

एएफसीका अध्यक्ष खलिफाको समर्थनले इन्फान्टिनोको फिफा अध्यक्षमा निर्वाचित हुने सम्भावना बढ्यो
काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनो चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना बलियो बनेको छ। एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले उनको उम्मेदवारीलाई समर्थन गरेपछि इन्फान्टिनोको पक्षमा समर्थन बढेको हो। शुक्रबार जापानको टोकियोमा आयोजित एएफसीको विशेष कंग्रेसमा शेख सलमानले एसियाली फुटबल इन्फान्टिनोको पक्षमा एकजुट रहेको बताएका थिए। यसअघि फिफाको व्यावसायिक अधिकारमा निजी लगानी भित्र्याउने प्रस्तावको विषयमा ...

इन्फान्टिनो फिफा अध्यक्षमा चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना
एएफसी अध्यक्ष शेख सलमानको समर्थनपछि एसियाली फुटबल इन्फान्टिनोको पक्षमा उभिएको छ, जसले आगामी मार्चको निर्वाचनमा उनको स्थिति मजबुत बनाएको छ। ...

कर्णालीबाट पहिलो पटक विद्यावारिधि गर्ने पत्रकार डा.एलपी देवकोटा सम्मानित
• डा. लक्ष्मीप्रसाद देवकोटा (एलपी देवकोटा) लाई खस साहित्य समाज जुम्लाले सम्मानित गरेको छ, उनले पत्रकारिता विषयमा पीएचडी हासिल गरेका छन्। • सम्मान समारोहमा उनलाई दोसल्ला ओढाएर र सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको हो। • डा. देवकोटाको यो उपलब्धिले कर्णाली क्षेत्रको सञ्चार जगत् र बौद्धिक समुदायमा उत्साह थपेको छ। ...


