निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ, कार्तिक ११ । अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य कारबाही हुन सक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ । ‘द वाल स्ट्रिट जर्नल’ ले यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै बुधबार प्रकाशित गरेको समाचारअनुसार अमेरिका र इजरायल इरानविरुद्ध अर्को चरणको ठूलो सैन्य कारबाहीको तयारीमा जुटेका छन् । समाचारमा उल्लेख भएअनुसार मध्यपूर्वमा तैनाथ अमेरिकी सेनाले गोलाबारुदको भण्डार पुनः भरिरहेका छन् भने बमवर्षक र लडाकु विमानलाई सम्भावित आक्रमणका लागि तयारी अवस्थामा राखिएको छ । इजरायलले पनि नयाँ आक्रमणको योजना बनाउँदै सम्भावित लक्ष्यहरू पहिचान गरिसकेको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने अन्तिम निर्णय भने गरिसकेका छैनन् । यद्यपि, इरानका पूर्वाधार र आणविक केन्द्रलाई लक्षित गरी ठूलो आक्रमण गर्ने योजनातर्फ अमेरिका अघि बढिरहेको समाचारमा उल्लेख छ । ट्रम्पले गत साता इरानसँग सम्झौता हुन सक्ने सम्भावना औँल्याउँदै त्यसो नभए अमेरिकाले पुनः बमबारी अभियान सुरु गर्न सक्ने बताएका थिए । यसअघि ट्रम्पले मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने बताएका थिए । त्यसैले निर्वाचनपछि अमेरिका र इजरायलले इरानविरुद्ध कस्तो कदम चाल्छन् भन्ने विषयमा चासो बढेको छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

Jefferson on down year amid Vikes' 6-0 start: 'What we're doing is working'
Justin Jefferson, whose 23 catches are a career-low through the first seven weeks of a season, said ultimately what the 6-0 Vikings are doing now "is working."

Study: Estimated 75% of NFL players that died between 2008-'23 had CTE
An estimated 75% of ex-NFL players who died between 2008-'23 had CTE, the neurodegenerative brain disease tied to high-impact sports, according to a new study.

Earnings call transcript: Microsoft tops Q1 2026 estimates as cloud growth accelerates
Earnings call transcript: Microsoft tops Q1 2026 estimates as cloud growth accelerates....

Nexera Energy closes final tranche of private placement
Nexera Energy closes final tranche of private placement....

