Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

निराशाजनक हारले युनाइटेड संकटमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
निराशाजनक हारले युनाइटेड संकटमा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा शनिबार ब्रेन्टफोर्डसँग निराशाजनक रूपमा ४–० ले पराजित भएको छ र यसले क्लबमाथिको संकट अझ बढेको छ । युनाइटेड आठ अंकमै सीमित रहेर १९ औं स्थानमा रह्यो र रेलिगेसनको सम्भावना पनि कायम रह्यो । ब्रेन्टफोर्ड भने २० अंकमा पाँचौं स्थानमा उक्लेको छ । ओल्ड ट्राफोर्डमा लन्डन क्लबका लागि कलुम विल्सनले दुई गोल गरे । यस्तै क्रिस्टोफर एजर र केभिन सेडले एक एक गोल थपे । नयाँ प्रशिक्षकका रूपमा मउरिसो पोचेटिनो आएयता युनाइटेड जितविहीन रहेको छ । शनिबारकै अर्को खेलमा इपस्विच टाउन र एस्टन भिल्लाले २–२ को बराबरी खेले । लिड्स युनाइटेड भने कभेन्ट्रीमाथि ४–० को प्रभावशाली जित निकाल्न सफल रह्यो । त्यस जितपछि लिड्स २० अंकमा छैटौं स्थानमा पनि पुगेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पोखरामा दाइँ महोत्सव : पर्यटकलाई नौलो अनुभव
Latest NewsJust now

पोखरामा दाइँ महोत्सव : पर्यटकलाई नौलो अनुभव

कास्की। कास्कीको पोखरा महानगरपालिका–२९ नौबिसेटोलमा शनिबार बिहानैदेखि परम्परागत दाइँको रौनक छाएको थियो । धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए । महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल छान्दै थिए । खेतका कान्लामा बसेर परम्परागत रूपमा धान थन्क्याउने नेपालको कृषि कार्यको दृश्य विदेशी पर्यटकले रमाइलो मानेर हेरिरहेका थिए । ‘पोखरा ...

नेपालन्युज
झन्डै १ डिग्री सेल्सियस बढ्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
Latest NewsJust now

झन्डै १ डिग्री सेल्सियस बढ्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज आइतबार मंसिर १३ गते बढेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् माधवी सिग्देलले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस देखिएको हो। हिजो शनिबार यो बेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस देखिएको थ... ...

नेपालखबर
मासुमा निलो छाप, सुरक्षा कि आश्वासन?
Latest NewsJust now

मासुमा निलो छाप, सुरक्षा कि आश्वासन?

मासु नेपालीको खानपानको नियमित हिस्सा हो। चाडपर्व, भोजभतेरदेखि दैनिक भान्सासम्म यसको उपभोग हुन्छ। बजारबाट मासु किन्दा धेरैजसो उपभोक्ताले त्यसको रङ, ताजापन र पसलको सरसफाइ हेरेर गुणस्तरको अनुमान गर्छन्। तर बाहिरबाट सफा र ताजा देखिने मासु पनि स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छ। पशु स्वस्थ थियो कि थिएन, वधअघि परीक्षण भयो कि भएन, वधपछि मासुको जाँच गरियो कि गरिएन र बिक्री गर्नुअघि ...

नेपालन्युज
डिपिआर सर्भे भएको चार वर्ष बित्यो, तर अझै बनेन कोरला नाकामा पूर्वाधार
Latest NewsJust now

डिपिआर सर्भे भएको चार वर्ष बित्यो, तर अझै बनेन कोरला नाकामा पूर्वाधार

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य सुरु हुनसकेको छैन । विसं २०७९ फागुनमा कोरलानाका क्षेत्रमा भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्टलगायतका संरचना निर्माण गर्ने उद्देश्यले सरकारले डिपिआर सर्भे गरेको थियो । त्यसअघि नै नाकाको नेपालतर्फ करिब एक हजार रोपनी जग्गा भन्सारलगायतका संरचना निर्माणका लागि ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement