Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/निरन्तरको वर्षा कारण बीपी राजमार्ग अवरुद्ध

निरन्तरको वर्षा कारण बीपी राजमार्ग अवरुद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
निरन्तरको वर्षा कारण बीपी राजमार्ग अवरुद्ध

काठमाडौं । निरन्तरको वर्षा कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीमा खहरे खोलाको ढुङ्गा, माटोसहितको लेदो सडकमा थुप्रिएपछि तथा रोशी गाउँपालिका–८ गिम्दीबेसीमा पहिरो खसिरहेकाले राजमार्ग दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले सडक अवरुद्ध हुनुका साथै पहिरो र लेदो झर्ने जोखिम कायमै रहेको बताए । उनले अरनिको राजमार्गका विभिन्न ठाउँमा पनि पहिरो गएको जानकारी दिए । राजमार्ग अवरुद्ध भएपछि काठमाडौ तर्फबाट गएका सवारी साधनलाई काभ्रेका बिभिन्न स्थानमा होल्ड गरिएको छ । प्रहरीले सडक खुल्ने आधिकारिक जानकारी प्राप्त नभएसम्म यात्रा नगर्न र अत्यावश्यक अवस्थामा समेत सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित
ताजा खबरJust now

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

सुर्खेत । कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्रभावित भएको छ । माथिल्लो कर्णालीमा पर्ने हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च भाग हिमपात भएको हो ।... ...

रातोपाटी
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
ताजा खबरJust now

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। दैलेखको डुङ्गेश्वर गाउँपालिका-१ चुप्रास्थित सडकमा चुप्राबाट देउली बजारतर्फ जाँदै गरेको क.प्र.०२-००१ च १८२६ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री... ...

रातोपाटी
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
ताजा खबरJust now

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

ओखलढुङ्गा । ओखलढुङ्गामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोलुङ गाउँपालिका-१ कुन्तादेवी बस्ने ४७ वर्षीय कमल बाँनियालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट खटिएको टोलीले उनलाई शुक्रबार बेलुकी पक्राउ... ...

रातोपाटी
बाजुराका उच्च लेकाली तथा हिमाली क्षेत्रमा हिमपात, चिसो बढ्यो
ताजा खबरJust now

बाजुराका उच्च लेकाली तथा हिमाली क्षेत्रमा हिमपात, चिसो बढ्यो

बाजुरा । लगातारको वर्षासँगै बाजुराका उच्च लेकाली तथा हिमाली क्षेत्रमा हिमपात भएको छ। जिल्लाका नौवटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भेगमा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ। जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका, त्रिवेणी, सुर्के पाटन, सिन्तवा पाटन, बूढीनन्दा, रानीसैन, कालाजग्रा, सुनन्दा, बडालेख र घोडीलेक लगायतका उच्च क्षेत्रमा हिमपात भएको हो। बिहीबारदेखि लगातार वर्षा भइरहेको र उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भएपछि ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play