निफ्राको खुद मुनाफा २०.१६ प्रतिशतले घट्यो, कर्जा प्रवाह र निक्षेप संकलन बढ्यो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २०.१६ प्रतिशतले घटेको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १६ करोड ६४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २० करोड ८५ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको ब्याज आम्दानी घट्नु र कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम बढ्नुले नाफामा दबाब परेको देखिन्छ। समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ३.९३ प्रतिशतले घटेर ५९ करोड ७४ लाख ११ हजार रुपैयाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ६२ करोड १८ लाख ६५ हजार रुपैयाँ थियो। यस अवधिमा बैंकको ब्याज खर्च भने १.७६ प्रतिशतले बढेर २५ करोड ३१ लाख ४६ हजार रुपैयाँ पुगेको छ। ब्याज आम्दानी घट्नु र खर्च बढ्नुको प्रभावस्वरूप बैंकको खुद ब्याज आम्दानी ७.७३ प्रतिशतले घटेर ३४ करोड ४२ लाख ६५ हजार रुपैयाँ कायम भएको छ। यद्यपि बैंकको शुल्क तथा कमिसनबाट हुने आम्दानीमा भने सुधार देखिएको छ। यस्तो आम्दानी ५८.४५ प्रतिशतले बढेर २ करोड १ लाख ८७ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकले शुल्क तथा कमिसनबाट १ करोड २७ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको थियो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको कुल सञ्चालन आम्दानी ५.५४ प्रतिशतले घटेर ३६ करोड ४४ लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ। यस अवधिमा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम भने २१५.४८ प्रतिशतले बढेर ३ करोड ८७ लाख १६ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो रकम १ करोड २२ लाख ७२ हजार रुपैयाँ थियो। यसको प्रभाव बैंकको सञ्चालन नाफामा पनि परेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा १९.५० प्रतिशतले घटेर २४ करोड १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ। नाफामा गिरावट आए पनि बैंकको निक्षेप संकलन र कर्जा प्रवाहमा भने वृद्धि भएको छ। असोज मसान्तसम्म बैंकको निक्षेप संकलन ५४.०४ प्रतिशतले बढेर १२ अर्ब ४ करोड ५१ लाख ७९ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकसँग ७ अर्ब ८१ करोड ९६ लाख ६५ हजार रुपैयाँ निक्षेप थियो। त्यस्तै, बैंकको कर्जा प्रवाह ३०.५२ प्रतिशतले बढेर ३४ अर्ब १७ करोड ४७ लाख ९६ हजार रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्ति पनि ५.५० प्रतिशतले वृद्धि भई ४४ अर्ब ३२ करोड ३६ लाख ८० हजार रुपैयाँ कायम भएको छ। असोज मसान्तसम्म बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको जगेडा तथा कोष ३८ प्रतिशतले घटेर २ अर्ब ६७ करोड ३६ लाख ७ हजार रुपैयाँमा झरेको छ। नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ रुपैयाँ ८६ पैसा रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर ३ रुपैयाँ ८ पैसा कायम भएको छ। असोज मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ भने ११२ रुपैयाँ ३८ पैसा रहेको छ। The post निफ्राको खुद मुनाफा २०.१६ प्रतिशतले घट्यो, कर्जा प्रवाह र निक्षेप संकलन बढ्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

मन्त्री बादी र आईजीपी कार्कीबीच भेटवार्ता, जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा
काठमाडौँ, कात्तिक ११ गते । जातीय भेदभाव तथा छुवाछुतको अन्त्य, महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण र सीमान्तकृत समुदायको न्यायमा पहुँच प्रभावकारी बनाउने विषयमा महिला, बालबा... ...

बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग
काठमाडौं।राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बाढी प्रभावित क्षेत्रमा कृषि, पशुपंक्षी, जलचर, खेतीयोग्य जमिन तथा जैविक विविधतामा भएको क्षतिको विस्तृत तथ्याङ्क उपलब्ध गराउन कृषि, वन तथा वातावरण मन्त्रालयलाई आग्रह गरेको छ। समितिको आजको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानीनोक्सानी र क्षतिको विवरण उपलब्ध गराउन माग गरे। उनले प्रभावित क्षेत्रको वास्तविक क्षति ...

छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
काठमाडौं । शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीको पुनरावलोकनको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ । आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयबाट गरिएको निर्णयअनुसार ७५ प्रतिशत कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाको योग्यताक्रम सूची धमाधम प्रकाशन गरिएको हो । ‘शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८’ (संशोधनसहित) को परिच्छेद १५ अन्तर्गत व्यवस्था भएबमोजिम आयोगले प्राप्त ...

ऊर्जामन्त्रीकै सल्लाहकारलाई विद्युत् व्यापार लाइसेन्स, टाटा पावर भित्र्याउने तयारी
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका सल्लाहकार गणेश कार्कीको कम्पनीलाई विद्युत् व्यापारको लाइसेन्स दिलाउने तयारी भएको छ। मन्त्री श्रेष्ठले निजी क्षेत्रको तर्फबाट सल्लाहकार बनाएका स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का पूर्वअध्यक्ष समेत रहेका आफ्नै सल्लाहकार कार्कीको समेत स्वामित्व रहेको कम्पनीलाई बिजुली व्यापारको लागि आशयपत्र (एलओआई) दिने निर्णय गरेका ह... ...


