Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

काठमाडौं । शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीको पुनरावलोकनको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ । आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयबाट गरिएको निर्णयअनुसार ७५ प्रतिशत कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाको योग्यताक्रम सूची धमाधम प्रकाशन गरिएको हो । ‘शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८’ (संशोधनसहित) को परिच्छेद १५ अन्तर्गत व्यवस्था भएबमोजिम आयोगले प्राप्त कागजात र प्रमाणहरुको अध्ययन गरी सम्बन्धित जिल्ला तथा तहका शिक्षकको बढुवा नतिजा कायम गर्ने गरी नतिजा प्रकाशन थालेको आयोगले जनाएको छ । विभिन्न प्रदेशका शिक्षा हेर्ने मन्त्रालय मातहतको शिक्षा विकास निर्देशनालयबाट भएका कार्यसम्पादन मूल्यांकनमाथि परेका उजुरीमाथिको अध्ययन/छानबिनबाट पुनरावलोकनको नतिजा प्रकाशन गर्दै आएकामा पछिल्लो छ महिना आयोगका पदाधिकारी रिक्त रहेका कारण पुनरावलोकन कार्य रोकिएको थियो । आयोगले यही कात्तिकमा माध्यमिक द्वितीय तहको इलाम, सुनसरी, झापा, सोलुखुम्बु तथा गत असोज २९ गते प्राथमिक द्वितीयको लमजुङ, बाग्लुङ, गोरखा, नवलपरासी बर्दघाट सुस्ता पूर्व र कास्कीको पुनरावलोकन नतिजा प्रकाशन गरेको छ । नेपाल सरकारले गत भदौ २५ गते आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्सालसहित पदाधिकारी नियुक्त गरेको थियो । गत वैशाख १८ गते जारी भएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ बाट आयोगका पदाधिकारी रिक्त भएका थिए । The post छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

तीन महिनामा कुल वैदेशिक व्यापार ४० प्रतिशतले वृद्धि
ताजा खबरJust now

तीन महिनामा कुल वैदेशिक व्यापार ४० प्रतिशतले वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधि (साउन–असोज) मा मुलुकको कुल वैदेशिक व्यापार तथा व्यापार घाटा दुवैमा वृद्धि देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा... ...

रातोपाटी
अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन : केपी ओली
ताजा खबरJust now

अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन : केपी ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सिङ्गो राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्थामा पुगिरहेको बताएका छन्। यस अवस्थालाई थप विग्रन नदिएर देशलाई कमसेकम स्वतन्त्रता र स्वाधीनताको प्रयोग... ...

रातोपाटी
कोप–३१ तयारीबारे संसदीय विशेष समितिमा छलफल (फोटोफिचर)
ताजा खबरJust now

कोप–३१ तयारीबारे संसदीय विशेष समितिमा छलफल (फोटोफिचर)

काठमाडौँ, कात्तिक ११ गते । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play