Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

निखिल र वर्षाको ‘कस्तुरी’को छायांकन अन्तिम चरणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
निखिल र वर्षाको ‘कस्तुरी’को छायांकन अन्तिम चरणमा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘कस्तुरी’को अन्तिम चरणको छायांकन सुरु भएको छ । निर्माण टिमका अनुसार चलचित्रको ९० प्रतिशत छायांकन सम्पन्न भइसकेको छ । प्रतिकूल परिस्थितिका कारण केही समय ढिलाइ भए पनि अब छायांकनले तीव्रता पाउने निर्माण पक्षले जनाएको छ । ऋत बोहोराको निर्देशन तथा पटकथा रहेको चलचित्रमा निखिल र वर्षासँगै शेखर चापागाईं, निर्मल शर्मा, अर्जुन गुरुङ, भोलाराज सापकोटालगायत कलाकारको अभिनय छ । गौरव पहारी र हेना नगरकोटी केमियो भूमिकामा देखिनेछन् । टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रका निर्माता धीरजकुमार अग्रवाल र सहनिर्माता अञ्जली चौधरी हुनुहुन्छ । चलचित्रमा आलोक शुक्लाको छायांकन तथा प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कानुन व्यवसाय मर्यादित हुनुपर्छ : महान्यायाधिवक्ता कँडेल
Latest NewsJust now

कानुन व्यवसाय मर्यादित हुनुपर्छ : महान्यायाधिवक्ता कँडेल

गण्डकी । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले कानुन व्यवसाय मर्यादित र जिम्मेवार हुनुपर्ने बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद्, लयर्स एकेडमी समितिद्वारा शनिबार पोखरामा आयोजित ‘प्रोसेस बेस्ड ट्रेनिङ अफ ट्रेनर्स’ विषयक... ...

रातोपाटी
छपकैयामा २९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार
Latest NewsJust now

छपकैयामा २९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार

पर्सा । वीरगन्ज महानगरपालिका–२ छपकैयामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा १५१ जनाले सेवा लिएका छन् । शिविरमा आँखा परीक्षण गरिएकामध्ये २९ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । छपकैया नेपाली समाजको आयोजना... ...

रातोपाटी
एस्थेटिक फेशनको ट्रेन्ड
Latest NewsJust now

एस्थेटिक फेशनको ट्रेन्ड

काठमाडौं । पछिल्लो समय युवा पुस्तामाझ एस्थेटिक फेशनको आकर्षण बढ्दै गएको छ । विशेषगरी जेन-जी पुस्तामा आप्नो रुचि, व्यक्तित्व र जीवनशैली झल्किने गरी पहिरन छनोट गर्ने चलन लोकप्रिय बन्दै गएको हो । कसैलाई सादा र कम रङका कपडा मन पर्छन् भने कसैको रोजाइमा स्ट्रिटवेयर, ओल्ड मनी वा पुरानो शैलीका पहिरन पर्ने गरेका छन् । फेशन अहिले शरीर ढाक्ने वा राम्रो देखिने ...

हिमालय टाइम्स
अलाभेससँग रियल मड्रिड स्तब्ध, घरेलु मैदानमै २–१ ले पराजित
Latest NewsJust now

अलाभेससँग रियल मड्रिड स्तब्ध, घरेलु मैदानमै २–१ ले पराजित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार बिहान भएको खेलमा डिपोर्टिभो अलाभेसले रियल मड्रिडमाथि २–१ गोल अन्तरको जित निकालेको छ । खेलमा पाहुना टोली अलाभेसले सुरुवाती अग्रता लिएको थियो ।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement