Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

नारायणगढ–मुग्लिङ सडक मंसिर १३ देखि दैनिक पाँच घण्टा बन्द हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नारायणगढ–मुग्लिङ सडक मंसिर १३ देखि दैनिक पाँच घण्टा बन्द हुने
Photo / Coverage: पर्दाफास

नारायणगढ-मुग्लिङ सडक खण्डमा मंसिर १३ गतेदेखि दैनिक पाँच घण्टा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै तुइनखोला क्षेत्रमा पहिरो नियन्त्रणको काम अघि बढाउन अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमनमा समयगत प्रतिबन्ध लगाइएको जनाएको छ । यसअघि केही समय सञ्चालन भएर स्थगित भएको पहिरो रोकथामको काम पुनः अघि बढाउँदा उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सडक बन्द गर्ने निर्णय गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचना अनुसार काठमाडौँबाट मुग्लिङ-आँबुखैरेनी हुँदै पोखरा जाने सडक खण्डमा भने सवारी आवागमन प्रभावित हुने छैन । प्रशासनले सडक बन्द हुने समयलाई ध्यानमा राखेर यात्राको योजना बनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । थप जानकारी तथा आवश्यक समन्वयका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको हटलाइन १२३४, नेपाल प्रहरीको १००र१०३, सशस्त्र प्रहरी बलको ११४४, जिल्ला प्रशासन कार्यालयको ९८५५०९२२००, नेपाल प्रहरीका सूचना अधिकारीको ९८५५०१३९९९ तथा सडक डिभिजन भरतपुरको ९८५५०९२२१८ नम्बरमा सम्पर्क गर्न सकिनेछ । सडक बन्द हुँदा यात्रु तथा सर्वसाधारणलाई पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमासमेत मागेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने ८ जना पक्राउ
OthersJust now

खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने ८ जना पक्राउ

खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बेच्न खोजेकाे आरोपमा प्रहरीले काठमाडौंको टुकुचाबाट आठ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ घर भई टेकु बस्ने ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिर्कोट घर भई टुकुचा बस्ने ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा, धादिङको गजुरी गाउँपालिका–१ घर भई बागबजार बस्ने २६ वर्षीय सनम तामाङ ...

पर्दाफास
जनकपुरधाम–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन, पहिलो दिन ४०० यात्रुले काटे टिकट
OthersJust now

जनकपुरधाम–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन, पहिलो दिन ४०० यात्रुले काटे टिकट

धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस रेल सेवा आजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । उद्घाटन भएको एक सातापछि रेल सेवा व्यावसायिक रूपमा सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए । उनका अनुसार अयोध्याबाट आज बिहान जनकपुरधाम आइपुगेको रेलमा जनकपुरधामबाट अयोध्यासम्म यात्रा गर्न ४०० जनाले ...

पर्दाफास
शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत
OthersJust now

शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत

शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको शिक्षक छनोटसम्बन्धी लिखित परीक्षामा मकवानपुरका विभिन्न परीक्षा केन्द्रबाट आज २० थान मोबाइल फोन जफत गरिएको छ । परीक्षा हलमा मोबाइल फोन लैजान नपाउने पूर्वसूचनालाई बेवास्ता गरी २० जना परीक्षार्थीले लुकाइछिपाइ लगेको मोबाइल फोन जफत गरिएको जिल्ला परीक्षा समन्वय समितिका संयोजक एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए । शिक्षा विकास तथा समन्वय ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement