काठमाडौँ । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीले नेपाल वायुसेवा निगमलाई दिइएको ऋण आफूहरुले मात्रै असुल्न नसक्ने बताएका छन् ।निगम ऋण डुबिरहेका बेला कोषका कार्यकारी निदेृशक कार्कीको यस्तो धारणा आएको हो । सरकार जमानीमा बसेर दिइएको कर्जा असुली गर्न आफूहरुले नसकेको भन्दै सरकारले विशेष पहल गरिदिनुपर्ने कार्यकारी निर्देशक कार्कीको भनाई छ ।आज संसदीय समितिको बैठकमा बोल्दै कार्यकारी निर्देशक कार्कीले निगमको कमजोर वित्तीय अवस्थाका कारण ठुलो रकम भुक्तानी नगरेको र असुली गर्न समस्या भएको बताए ।संसद्को अर्थ समितिको बैठकमा बोल्दै कार्कीले नेपाल वायुसेवा निगममा गरिएको लगानीको ब्याजसमेत अर्बौं रुपैयाँ पुग्ने अवस्था रहेको जानकारी गराए ।कार्कीले भने,“नेपाल वायुसेवा निगमलाई प्रदान गरिएको कर्जा अहिले हाम्रो संस्थाका लागि ठुलो चुनौती बनेको छ । उक्त संस्थाको वित्तीय क्षमता कमजोर रहेको छ । ठुलो रकम भुक्तानी भएको छैन । यसमा लाग्ने ब्याजसमेत अर्बौं रुपैयाँ पुग्ने भएकाले यो विषय हाम्रो संस्थाका लागि गम्भीर चुनौती बनेको छ । नेपाल वायुसेवा निगममा कोषले गरेको लगानी तथा कर्जा असुलीका लागि सरकारबाट आवश्यक पहल र सहजीकरण होस् भन्ने हाम्रो अपेक्षा छ ।”कोषले आफ्नो तर्फबाट कर्जा असुलीका लागि निरन्तर प्रयास गरिरहेको भए पनि एक्लैको प्रयासबाट समस्या समाधान गर्न कठिन रहेको उनको निष्कर्ष थियो ।कर्जा असुलीका लागि सरकारी तहबाट थप पहल र सहजीकरण आवश्यक रहेको बताउँदै सरकारले पहल नगरे बचतकर्ताको रकम डुब्ने स्थीति आउने सङ्केत गरे । यस विषयमा मन्त्रालयसँग निरन्तर छलफल तथा समन्वय भइरहेको र मन्त्रालयबाट आवश्यक निर्देशन तथा सुझावसमेत प्राप्त भइरहेपनि त्यतिले मात्रै वायुसेवालाई दिएको कर्जा असुली नहुने प्रष्ट पारे । उनले भने,“ कोषले आफ्ना तर्फबाट निरन्तर प्रयास गरिरहेको भए पनि यस विषयलाई समाधान गर्न कोषको एकल प्रयास पर्याप्त नहुने देखिएकाले सरकारी तहबाट थप पहल आवश्यक रहेको छ ।”
नागरिक लगानी कोषले निगमलाई दिएको कर्जा उठेन, बचतकर्ताको रकम जोखिममा रहेको सङ्केत

Read Complete Original Article
Published originally on टक्सार






