नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौं । नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । महाअष्टमीका दिन आज यहाँका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, तलेजु भवानी टोखा चण्डेश्वरीलगायत शक्तिपीठ एवं देवी मन्दिरमा देवीको पूजार्चना गर्ने भक्तजन भीड लागेको हो । ती शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएका छन् । रासस स्थानीय समाचारदाताहरूका अनुसार दक्षिणकाली, गोरखाको मनकामना, ताप्लेजुङको पाथीभरा, ललितपुरको बगलामुखी, पोखराको विन्ध्यवासिनी, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, जुम्लाको चन्दननाथ, डोटीको शैलेश्वरी, डडेलधुराको उग्रतारा भगवती, बैतडीको त्रिपुरासुन्दरी, नेपालगञ्जको वागीश्वरी, सप्तरीको छिन्नमस्ता भगवती र राजदेवी, धनकुटाको जाल्पादेवी, धरानको दन्तकाली तथा बाराको गढीमाईमा बिहानैदेखि भक्तजनको भिड लागेको छ। शारदीय नवरात्र पनि भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजा आराधना गरिन्छ । नौ दिनसम्म विशेष साधना गरे मनोकामना पूरा हुने जनविश्वास छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

झापामा बढ्यो सवारी दुर्घटना र मानवीय क्षति
झापामा चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा सवारी दुर्घटना ...

रुस–युक्रेन युद्धको असर अन्तरिक्षमा पनि, रुसी भूउपग्रहको गतिविधिले झस्कायो अमेरिकालाई
काठमाडौँ। रुस र युक्रेनबिच जारी युद्धको असर अन्तरिक्षमा समेत देखा पर्न थालेको छ । रुसी सैन्य भूउपग्रह ‘कसमस–२६१२’ले आफ्नो कक्ष बारम्बार परिवर्तन गरेर अमेरिकी पञ्जीकृत व्यावसायिक राडार इमेजिङ भूउपग्रह ‘आईसीईवाईई–एक्स३६’को... ...

बस नालामा पल्टिँदा १० जना घाइते
चितवनको राप्ती नगरपालिका-२, सिमरा चोकमा यात्रुवाहक बस अनियन्त्रित भई नालीमा पल्टिँदा १० जना घाइते भएका छन्। ...

धर्मलाई विवाद होइन समाधानको माध्यम बनाउँ
धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । ...


