Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं।नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित काठमाडौँ उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढेको छ। वर्ष दिनमा आउने नेपालीको ठूलो चाड दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेसँगै नयाँबसपार्कसहित विभिन्न क्षेत्रमा यात्रुको चाप बढेको हो। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले उपत्यकाभित्रका बसपार्क र नाकाहरूमा घर जानका लागि यात्रुको चाप बढेको बताए । नयाँबसपार्कसहित माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर, गौशालालगायतका क्षेत्रमा यात्रुको चाप बढेको र त्यसलाई ट्राफिक प्रहरीले सहज रूपमा व्यवस्थापन गरिरहेको बताए । कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म चार लाख २३ हजार ६६४ यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् । उनका अनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९, असोज २९ गते ८५ हजार ५६१ र असोज ३० गते ७५ हजार ३५० यात्रु काठमाडौँबाट बाहिरिएका छन् । काठमाडौँबाट दसैँ मनाउनका लागि फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै यात्रु बाहिरीएका हुन् । दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीले बस व्यवस्थापन गरिरहेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बाटोको कारण केही समस्या भए पनि सम्बन्धित निकायसँगको सहयोगमा बसको व्यवस्थापन गरिरहेको बताए । महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ । दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ्ने गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

न्युक्यासलमाथि एस्टन भिल्लाको साँघुरो जित
ताजा खबरJust now

न्युक्यासलमाथि एस्टन भिल्लाको साँघुरो जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा एस्टन भिल्लाले न्युक्यासल युनाइटेडमाथि १–० गोलको साँघुरो जित दर्ता गरेको छ । एस्टन भिल्लालाई जित दिलाउन जोहान मान्जाम्बीले गरेको एकमात्र गोल नै... ...

रातोपाटी
१० खेलाडीमा समेटिएको बेटिसमाथि बार्सिलोनाको फराकिलो जित
ताजा खबरJust now

१० खेलाडीमा समेटिएको बेटिसमाथि बार्सिलोनाको फराकिलो जित

काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत सम्पन्न खेलमा शीर्ष स्थानमा रहेको बार्सिलोनाले रियल बेटिसमाथि ५-२ गोल अन्तरको फराकिलो जित हात पारेको छ । खेलमा सुरुवाती अग्रता बार्सिलोनाले लिएको थियो । १०... ...

रातोपाटी
प्रवासी नेपालीको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेसको नयाँ नेतृत्वलाई आरके शर्माको आग्रह
ताजा खबरJust now

प्रवासी नेपालीको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेसको नयाँ नेतृत्वलाई आरके शर्माको आग्रह

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष आरके शर्माले नेपाली कांग्रेसको महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापा, वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित विश्वप्रकाश शर्मालगायत नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल... ...

रातोपाटी
१२ बजे १२ समाचार : लगानी बोर्डका पूर्व सीईओ पक्राउ, प्रधानन्यायाधीशको जग्गाबाटै अवैध उत्खनन
ताजा खबरJust now

१२ बजे १२ समाचार : लगानी बोर्डका पूर्व सीईओ पक्राउ, प्रधानन्यायाधीशको जग्गाबाटै अवैध उत्खनन

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. अवैध उत्खनन बहालवाला प्रधानन्यायाधीश मनोजकुमार शर्माको निजी जग्गाबाट अवैध रूपमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play