Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

नदी नियन्त्रणमा पहिलो त्रैमासिक भौतिक प्रगति ३४.९ प्रतिशत, खर्च भने २३.४ प्रतिशत मात्रै

Share:WhatsAppFacebookX (Twitter)Telegram
नदी नियन्त्रणमा पहिलो त्रैमासिक भौतिक प्रगति ३४.९ प्रतिशत, खर्च भने २३.४ प्रतिशत मात्रै
Photo / Coverage: विश्वखबर

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनतर्फ ३४ दशमलव ९ प्रतिशत भौतिक प्रगति हासिल भएको जनाएको छ । तर, सोही अवधिमा विनियोजित त्रैमासिक बजेटको २३ दशमलव ४ प्रतिशत मात्रै खर्च भएको छ । नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाअन्तर्गतका कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा पाँच अर्ब २० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पहिलो त्रैमासमा ६२ करोड ७४ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएकामा १४ करोड ७० लाख रुपैयाँ मात्रै खर्च भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार पहिलो त्रैमासमा दुई दशमलव ९ किलोमिटर तटबन्ध निर्माण र एक हेक्टर जग्गा उकास गरिएको छ । वित्तीय खर्चको तुलनामा भौतिक प्रगति बढी देखिएको उनले जानकारी दिए । यस अवधिमा केही आयोजनाले निर्धारित भौतिक लक्ष्यभन्दा बढी प्रगति हासिल गरेका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुर (चितवन) ले त्रैमासिक भौतिक लक्ष्यको १६० दशमलव ८ प्रतिशत प्रगति गरेको छ । त्यस्तै, टार–बजार संरक्षण कार्यक्रमले १०८ प्रतिशत प्रगति हासिल गरेको मन्त्रालयले जनाएको छ । क्षेत्रगत प्रगतिमा लमही ९दाङ० ले ८६ दशमलव ५ प्रतिशत, कञ्चनपुरले ८२ दशमलव ५ प्रतिशत र जनकपुर ९धनुषा० ले ८२ दशमलव ३ प्रतिशत भौतिक प्रगति गरेका छन् । नदी नियन्त्रण, तटबन्ध निर्माण तथा जल उत्पन्न विपद्बाट जोखिममा रहेका बस्ती र खेतीयोग्य जमिनको संरक्षण गर्ने उद्देश्यले महाशाखाले विभिन्न आयोजना सञ्चालन गर्दै आएको छ। नदी कटान, बाढी तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्दै जोखिमयुक्त क्षेत्रको संरक्षण गर्नु यी कार्यक्रमको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जाजरकोटमा रातो माटो खन्ने क्रममा ढिस्को खस्दा चार महिला घाइते
Latest NewsJust now

जाजरकोटमा रातो माटो खन्ने क्रममा ढिस्को खस्दा चार महिला घाइते

जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीमा घर लिपपोत गर्नका लागि रातो माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा चार महिला घाइते भएका छन्। ...

कान्तिपुर
सांसद तोसिमा कार्कीले मन्त्रीलाई पुराना नारा सम्झाउदै भनिन, ‘गोविन्द केसीको जीवन बचाउनु’
Latest NewsJust now

सांसद तोसिमा कार्कीले मन्त्रीलाई पुराना नारा सम्झाउदै भनिन, ‘गोविन्द केसीको जीवन बचाउनु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) नेतृ तोसिमा कार्कीले आफ्नै पार्टीको सरकार र सरकारमा सहभागी ३ मन्त्रीलाई विगतमा लगाइएको नारा स्मरण गराएकी छन् । उनले सामाजिक सञ्जालमा लेख्दै डा. गोविन्द केसीको जीवन रक्षाका लागि अपिल गरेकी छन् । विगतमा लगाइएको नारा सम्झाउँदै उनले सरकारमा सहभागी ३ मन्त्रीलाई ट्याग गरेर स्मरण गराएकी हुन् । ‘ओली, देउवा, प्रचण्डः तिम्रो माफिया मोहले देश हुन्न प्रशन्न, ...

केन्द्रबिन्दु
शिवपुरीको जंगलमा थरीथरीका पुतली (तस्बिरहरू)
Latest NewsJust now

शिवपुरीको जंगलमा थरीथरीका पुतली (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँसहित चार जिल्लामा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पाइने थरीथरीका पुतली । निकुञ्जको तथ्यांकअनुसार नेपालमा पाइने ६३० मध्ये शिवपुरीमा १२४ प्रजातिका पुतली पाइन्छन् । हरियाली वन, शान्त वातावरण र... ...

रातोपाटी
विकासमा सुशासन
Latest NewsJust now

विकासमा सुशासन

विज्ञान र प्रविधिको पहुँचले अहिले नेपाली नागरिकको आकाङ्क्षा युरोप, अमेरिका जस्ता विकसित समाजको जस्तो छ । हाम्रा विकासनिर्माण, पूर्वाधारको अवस्था र कामको प्रवृत्ति भने पाँच दशक पुरा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play