नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न तटीय क्षेत्रमा पाँच हजार बिरुवा वृक्षरोपण गरिएको छ। डिभिजन वन कार्यालय कञ्चनपुर, दातृ निकाय र स्थानीयको जनश्रमदानमा बाढीले क्षति गरेको जग्गा संरक्षण गरेर वृक्षरोपण गरिएको हो। मछेली सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर महताले नदीको बगरमा विभिन्न प्रजातिका छ हजार बोट बिरुवा वृक्षरोपण गरेको बताए। उनका अनुसार डिभिजन वन कार्यालय कञ्चनपुरको रु एक लाख, जनहित महाकाली वन उपभोक्ता समितिबाट रु दुई लाख, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घबाट रु दुई लाख पच्चिस हजार र समुदायको जनश्रमदान रु ४३ हजार सहयोगमा करिब १० बिघा क्षेत्रफलमा वृक्षरोपण गरिएको हो। “डिभिजन वन कार्यालय र सामुदायिक वनको सहयोगमा वृक्षरोपण गरेर संरक्षण गरेका छौँ”, अध्यक्ष महताले भने, “संरक्षण गरिएको नदी बगरको घाँस बिक्री गर्छौं त्यसकै आम्दानीबाट बोट बिरुवाको संरक्षणमा खर्च हुन्छ।” उनका अनुसार एक भारी घाँसको रु १० मा बिक्री गर्ने गरिएको छ। त्यसैगरी अठन्नीफाँटाका किसानले पनि बन्द नदीको कटान रोक्न बन्दा नदी बगरमा दुई हजार बोटबिरुवा वृक्षरोपण गरेका छन्। विसं २०४६ मा आएको बाढीले यहाँका चार घर विस्थापित भएका थिए। त्यसयता पनि नदीले हरेक वर्ष खेतीयोग्य जमिन कटान गरेपछि यहाँबाट धेरै मानिसहरु विस्थापित भएको यहाँका स्थानीय गणेशबहादुर बोहराले बताए। उनका अनुसार वडा कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ समुदायको जनश्रमदान गरी रु छ लाख ५३ हजारमा दुई हजार बोट बिरुवा वृक्षरोपण र संरक्षणका लागि तारबार गरिएको छ। स्थानीयहरुले जनश्रमदानमै नदीमा जैविक तटबन्ध समेत निर्माण गरेका छन्। वृक्षरोपणले बस्ती सुरक्षित भएको यहाँका स्थानीय कलावती महराले बताए। उनका अनुसार नदी बगरमा बाँस, आँप र लिची गरेर विभिन्न प्रकारका छ हजार बोट वृक्षरोपण गरिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको १७ अर्ब कहाँ खर्च हुँदै छ ?
• भोटेकोशी–त्रिशूली बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ, तर हालसम्म एक अर्ब रुपैयाँ मात्र निकासा गरिएको छ। • राहत वितरण, सडकको ट्र्याक खोल्ने र उद्धारका सामग्री खरिदमा रकम खर्च भइरहेको छ, र कोषको रकम पारदर्शी रूपमा खर्च गरिने आश्वासन दिइएको छ। • पुनर्निर्माणका लागि आवश्यक रकम कोषमा जम्मा भएको रकमभन्दा धेरै बढी ...

एक सातामा ३० प्रकारका वनस्पतिजन्य खानेकुरा खाँदा के हुन्छ?
• एक सातामा ३० प्रकारका वनस्पतिजन्य खानेकुरा खाने लक्ष्य स्वास्थ्यप्रति सचेत मानिसहरूबीच लोकप्रिय हुँदै गएको छ, जसले आन्द्राको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ। • विभिन्न अध्ययनहरूले वनस्पतिजन्य खानेकुराको विविधता आन्द्रामा सूक्ष्मजीव समुदायको विविधता बढाउन मद्दत गर्ने र समग्र स्वास्थ्यमा सुधार ल्याउने संकेत गरेका छन्। • ३० प्रकारको लक्ष्य अनिवार्य नभएर स्वास्थ्य लाभका लागि व्यावहारिक मापदण्डको रूपमा लिइनु पर्छ, र २०-२५ ...

वेब प्रणालीमा साइबर सुरक्षा जोखिमबारे एससीएससीले जारी गर्यो नयाँ एड्भाइजरी
काठमाडौँ । वेबसाइट तथा अनलाइन प्रणालीमा गम्भीर साइबर सुरक्षा जोखिम भेटिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्र(एससीएससी) ले वेब प्रणालीहरूमा प्रयोग हुने पीएचपी सफ्टवेयरमा गम्भीर सुरक्षा कमजोरी फेला पारेको हो । यो... ...

सरायको लयमा पहाड-तराई : शक्तिपीठहरूमा सांस्कृतिक उत्सव
दसैंको टीकाको भोलिपल्टदेखि पूर्णिमासम्म सराय नाचिन्छ । खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी सराय नाच्ने परम्परा छ । ...


