धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते भएका छन्। सोमबार दिउँसो त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु कोठामा ल्याएर फुटाउने क्रममा विस्फोट भएको हो । विस्फोटमा परी काभ्रेको ढुङखर्क गाउँपालिका–९ घर भएका २६ वर्षीय जंगे परियार र २४ वर्षीय रामचन्द्र परियार घाइते भएका छन्। उनीहरू ज्यामिरेघाटस्थित सरस्वती खड्काको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए । विस्फोटका छर्रा लागेर दुवै जनाको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरीक्षक सुरज कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । घाइते दुवै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । The post धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

महिला कबड्डी कप्तानको असन्तुष्टिपछि कबड्डी सङ्घले भन्यो– पुरस्कारसम्बन्धी नियम संशोधन गरियोस्
काठमाडौँ। महिला राष्ट्रिय कबड्डी टोलीकी कप्तान मानमति विष्टले खेलाडीलाई दिइने पुरस्कार रकम र राज्यको प्राथमिकताबारे असन्तुष्टि व्यक्त गरेपछि अखिल नेपाल कबड्डी सङ्घले यस विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। सङ्घले खेलाडीको पुरस्कार... ...

मिस टिन युनिभर्स नेपाल २०२६ को उपाधि साक्रिन श्रेष्ठलाई
काठमाडौं- मिस टिन युनिभर्स नेपाल २०२६ को उपाधि साक्रिन श्रेष्ठले जितेकी छन्। काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा अक्टोबर ३ मा सम्पन्न प्रतियोगितामा उनले अन्य आठ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्। प्रतियोगितामा देशका विभिन्न स्थानबाट आएका नौ जना किशोरीले सहभागिता जनाएका थिए। सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व, प्रतिभा तथा उद्देश्यलाई आधार बनाएर आयोजना गरिएको प्रतियोगिताको अन्तिम चरणपछि विजेतासहित शीर्ष तीन प्रतिस्पर्धीको घोषणा गरिएको ...

नवरात्रमा शक्तिपीठमा भक्तजनको घुइँचो
नवरात्रका अवसरमा देशका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ । ...

राष्ट्रपति पौडेलद्वारा उपत्यकाका नौ शक्तिपीठको दर्शन
काठमाडौँ । बडादसैँ २०८३ का अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार काठमाडौँ उपत्यकाका विभिन्न नौ शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती मन्दिर पुगेर पूजाअर्चना तथा दर्शन गर्नुभएको हो। बडादसैँमा शक्तिस्वरूपा दुर्गा भवानीको विशेष आराधना गर्ने धार्मिक परम्परा छ। यस अवसरमा देवीको पूजा, पाठ ...


