Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

धन्वन्तरी जयन्ती आज मनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
धन्वन्तरी जयन्ती आज मनाइँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाउन लागिएको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले शुक्रबार आज धनवन्तरी जयन्ती मनाइने बताएको छ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो । वि.सं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसका रूपमा सञ्चालनमा रहेको छ । आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ । धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवसका अवसरमा भगवान् धन्वन्तरीको पूजा आराधना हुने गर्छ । आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा वि सं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रूपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेद मध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधीको प्रतीकका रूपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । The post धन्वन्तरी जयन्ती आज मनाइँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकार र डा. केसीबीच ६ बुँदे सहमति, अनशन तोडियो
Latest NewsJust now

सरकार र डा. केसीबीच ६ बुँदे सहमति, अनशन तोडियो

काठमाडौँ। नेपाल सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले आफ्नो २५औँ सत्याग्रह (अनशन)अन्त्य गरेका छन् । पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गएराति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर डा. केसीसँग सहमति गरी अनशन तोडाएका हुन् । डा केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनशन रहेको बताए । उनले ...

नेपालन्युज
लोकप्रिय बन्दै प्राकृतिक उपचार पद्धति
Latest NewsJust now

लोकप्रिय बन्दै प्राकृतिक उपचार पद्धति

बोमलाल गिरीनवलपुर, कात्तिक २१ गते । आमसञ्चारका प्राध्यापक ७२ वर्षीय जोन प्यारिस घुँडा खिइने, गर्धन दुख्ने र प्रोस्टेटको समस्याले गस्त हुनुहुन्थ्यो । अमेरिकाको ड्यालसका उहाँ त्यहाँ... ...

गोरखापत्र
कलाकार रमेश दुलालले गरे काग सम्मेलन, यसरी बोलाए सयौं काग (भिडियोसहित)
Latest NewsJust now

कलाकार रमेश दुलालले गरे काग सम्मेलन, यसरी बोलाए सयौं काग (भिडियोसहित)

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन 'काग तिहार'को अवसर पारेर कलाकार रमेश दुलालले यस वर्ष पनि काठमाडौंमा 'काग सम्मेलन' सम्पन्न गरेका छन् । राष्ट्रिय संगीतकर्मी संघ र इलामको सन्दकपुर गाउँपालिकाको... ...

रातोपाटी
फेरियो गन्धर्व बस्ती फेरिएन सारङ्गीको पीडा
Latest NewsJust now

फेरियो गन्धर्व बस्ती फेरिएन सारङ्गीको पीडा

सन्तोष दहितदाङ, कात्तिक २१ गते । घोराही बजारदेखि करिब १२ किलोमिटर पश्चिम मज्गैगाउँ पुगिन्छ । घोराही–तुलसीपुर सडकखण्डमा पर्ने मज्गैबाट उत्तरतर्फ करिब दुई किलोमिटर अघि बढेपछि पत्रेखो... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play