Pradeep Bashyal पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हाल फ्लाइ दुबईले मात्रै नियमित उडान गरिरहेको छ प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा सोझो हवाई उडान सञ्चालन गर्ने र थप हवाई रुटहरू नेपाललाई उपलब्ध गराउने विषय सरकारको प्राथमिकतामा रहने अधिकारीहरूले बताएका छन्।चिनियाँ ऋणमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र विभिन्न दातृ निकायबाट ऋण लिएर बनाइएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वायु सेवाहरूले हालसम्म व्यवसायीका उडानहरू थालेका छैनन्।नेपाल सरकारले ती विमानस्थल सञ्चालनका लागि सहुलियत घोषणा गर्दै विभिन्न शुल्कहरू नलिने घोषणा गर्दा समेत व्यावसायिक उडानहरू सञ्चालनमा ठोस प्रगति नदेखिएका बेला प्रधानमन्त्रीको भ्रमणमा हवाई सम्पर्क सञ्जालको सुदृढ पार्ने विषय प्रमुख मुद्दा बन्ने एक जना अधिकारीले बताए। नेपाली आकाशमाथिको आफ्नो ‘नियन्त्रण’ भारतले किन खुकुलो बनाइरहेको छैन? पोखरा विमानस्थलमा भारतीयभन्दा पहिला चिनियाँ उडान, 'नियमित उडान' पनि चीनकै? गएको सेप्टेम्बर २३ बाट फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक रूपमा उडान गरिरहेको छ र नोभेम्बर ३ तारिखसम्म झन्डै ९ हजार यात्रुले सो विमानमार्फत् आवतजावत गरेको अधिकारीहरूले बताइरहेका छन्।नेपालको चासो रहने एउटा प्रमुख मुद्दा EPA अधिकारीहरूले नेपाली वायुसेवालाई पोखरा र भैरहवाबाट भारतमा उडान गर्न प्रोत्साहित गरिरहेको बताएका छन् लुम्बिनीभन्दा करिब १५ किलोमिटर पूर्वमा अवस्थित सिद्धार्थनगरमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२२ मा सञ्चालनमा आएको थियो।उक्त विमानस्थलबाट पनि आक्कल झुक्कल मात्रै अन्तर्राष्ट्रिय उडान भए। त्यहाँबाट भारततर्फ व्यावसायिक उडान भने हुन सकेको छैन। कतिपय खाडी देशमा त्यहाँबाट बेला बेलामा उडानहरू हुने गरेका भए पनि त्यो खासै नियमित हुन सकिरहेको छैन।सन् २०२३ को ज्यानुअरीबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ हालसम्म एउटा उद्धार उडान मात्रै भएको छ। चीनका कतिपय सहरमा विगतमा उक्त अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने प्रयास गरिएका भए पनि हाल त्यो अवरुद्ध छ।यस्तोमा विदेशी ऋण लिएर बनाइएका ती विमानस्थलहरू आर्थिक भार बनेको भन्दै कतिपयले चिन्ता व्यक्त गर्ने गरेको पाइन्छ।तर अधिकारीहरूले ती विमानस्थलमा विदेशी वायु सेवा भित्र्याउन र त्यहाँबाट विदेशमा उडान भर्नका लागि नेपाली वायु सेवाहरूलाई प्रोत्साहित गर्न आफूहरूले निरन्तर जोड दिइरहेको बताउने गरेका छन्। Bhairahawa Immigration Office पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्य पोखरा र भैरहवामा रहेका अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई 'केन्द्रमा राखेर' अन्तर्राष्ट्रिय उडान सञ्चालनलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको भन्दै ती विमानस्थलहरूलाई भारतका विभिन्न सहरहरूसँग जोड्ने विषय सरकारको प्राथमिकतामा रहेको बताउँछन्।उनले भने, "भारतका प्रमुख सहरहरूसँग पोखरा र भैरहवा विमानस्थल जोड्ने विषय हाम्रो प्राथमिकताको विषय हो। प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा पनि हवाई सम्पर्क सञ्जाल प्राथमिकतामा पर्छ। त्यसलाई अघि बढाउन हाम्रो चासो रहन्छ।" काठमाण्डूमा ओर्लिन नसक्दा अन्तर्राष्ट्रिय विमानहरू किन भैरहवा र पोखरा जाँदैनन् रसुवा बाढीपछि हेलिकप्टर उद्धारमा नेपालमा हालसम्मकै 'ठूलो अपरेशन', पाइलटहरू कसरी गर्दै छन् काम कति खर्च गरेर बनाइएका थिए यी विमानस्थल RSS पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि नेपालले चीनको एक्जिम ब्याङ्कबाट २१५.९६५ मिलिअन अमेरिकी डलर ऋण लिएको थियो।सात अर्ब २४ करोड रुपैयाँ लागतमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि एशियाली विकास ब्याङ्क, ओपेक कोष, नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणले लगानी गरेका थिए।एशियाली विकास ब्याङ्कको ऋण र अनुदान गरी चार अर्ब ९१ करोड रुपैयाँ, ओपेक कोषको एक अर्ब ४६ करोड ऋण उक्त विमानस्थलमा प्रयोग भएको छ। भारतीय विमान अपहरणको २५ वर्ष : 'नेपाली विमानस्थलमा भारतको अतिरिक्त सुरक्षा जाँच अब नगर्दा राम्रो' २० वर्षअघि विमान अपहरणमा पर्दा यी नेपाली यात्रुलाई 'ठट्टाजस्तो' लागेको थियो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने क्रममा जग्गा अधिग्रहणमा मात्रै २२ अर्ब ६९ करोड रुपैयाँ खर्च भएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा जनाइएको छ।विभिन्न अन्य विमानस्थलहरूबाट गरिएका आम्दानीबाट नागरिक उड्डयन प्राधिकरणले ती विमानस्थलहरूको ऋणको साँवा र व्याज भुक्तानी गर्दै आएको अधिकारीहरू बताउँछन्।नागरिक उड्डयन प्राधिकरणको एउटा वार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले झन्डै ३६ करोड रुपैयाँ आम्दानी गरेको थियो भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले झन्डै २९ करोड रुपैयाँ आर्जन गरेको थियो।पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कति उडान? RSS पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले हाल फ्लाई दुबईको व्यापार व्यवसाय देखेर निकट भविष्यमा अन्य वायुसेवाहरू पनि आकर्षित हुने अपेक्षा राखेको बीबीसीलाई बताए।फ्लाई दुबईको हाल १६६ सीट क्षमताको विमानको प्रत्येक उडानमा लगभग २० जना विदेशीले यात्रा गरिरहेको सुनाएका उनले औपचारिक रूपमा देशबाहिरका अन्य वायु सेवाको उडानबारे निर्णयहरू नआएको सुनाए।उनी भन्छन्, "अनौपचारिक रूपमा भारतका पनि केही वायु सेवा कम्पनीहरूले के छ कसो छ भनेर मसँग सम्पर्क गरेको अवस्था छ। मैले उहाँहरूलाई यहाँ भारतीय पर्यटकहरू आउने जाने क्रम राम्रो छ। फ्लाइटबाट जोड्न सकियो भने यात्रा सहज पनि हुन्छ भन्ने गरेको छु।"पोखराबाट भारतमा व्यावसायिक उडानहरू सञ्चालन गर्ने विषय प्रधानमन्त्रीको आसन्न भ्रमणमा 'उच्च प्राथमिकतामा पर्ने' अपेक्षा गरेको पनि उनले सुनाए।यता नेपाल भारत सीमा नजिकै अवस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारततर्फ केही चार्टड उडानहरू भए पनि आफूहरू 'आइस ब्रेक' को प्रतीक्षामा रहेको अधिकारीहरू बताउँछन्।उक्त विमानस्थलका प्रवक्ता कुमार सुजाखुले भने, "यहाँबाट भारत धेरै नजिकै हो। यहाँबाट कम्तीमा भैरहवा दिल्ली अथवा भैरहवा अयोध्यामा वा बनारसमा उडान गर्ने गरी कम्तीमा ब्रेकथ्रू गर्न पाएदेखि एकदमै राम्रो हुन्थ्यो। किनभने यात्रु नपाउने अवस्था होइन। अहिले बसबाट मानिसहरू बेलहिया नाका हुँदै आइ नै रहेका छन्। भारत भ्रमणमा यो कुरा अघि बढ्न सके धेरै नै राम्रो हुन्थ्यो।"नेपालले उक्त विमानस्थलमा कम भिजिबिलिटीमा उडान सहजीकरणको लागि 'इन्स्ट्रुमेन्ट बेस्ड ल्यान्डिङ सिस्टम' जडान गरेको छ र त्यो सञ्चालनका लागि सहयोग गरिदिन भारतलाई अनुरोध गर्दै आएको थियो। त्यसमा भारतको समर्थन नपाएपछि झन्डै दुई वर्षअघि स्याटलाइटमा आधारित आरएनपी-एआर अवतरण प्रणाली जडान गरेको थियो। उडेको विमानमा हुने हलचल 'टर्ब्युलन्स' सन् २०५० सम्म तीन गुनाले बढ्ने अब व्यक्तिगत प्रयोजनका लागि जहाज किन्न पाइने, प्रस्तावित हवाई नीतिमा के छ नेपालले पाउला नयाँ हवाई रुट? EPA-EFE/REX/Shutterstock यसबाहेक विभिन्न वैकल्पिक हवाई रुट समेत नेपाललाई उपलब्ध गराउन काठमाण्डूले भारतको ध्यानाकर्षण गराउँदै आएको छ।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुजाखुले रुटको समस्या नरहेको भन्दै थपे, "नयाँ रुट भए चाहिँ राम्रो हो तर त्यसले नै (भारत वा अन्यत्र उडानहरू) रोकिएको अवस्था भने होइन।"पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्य भारतीय पक्षसँग औपचारिक अनौपचारिक तहमा नेपाललाई थप हवाई मार्गहरू उपलब्ध गराउने विषयमा छलफल भइरहेको बताउँछन्।"प्रधानमन्त्री ज्यूको भ्रमणमा पनि पक्कै यो विषयमा कुरा भइहाल्छ। अहिले पनि विभिन्न तहमा र विभिन्न संयन्त्रहरूमा यसबारेमा छलफल हुने गरेको छ।"हाल नेपाल प्रवेश गर्ने अधिकांश अन्तर्राष्ट्रिय वायुसेवाहरूले सिमरा हुँदै प्रवेश गर्नुपर्ने बाध्यता छ। भैरहवा र महेन्द्रनगर हुँदै हाल विमानहरू नेपालबाट बाहिरिन भने सक्छन्।नेपाली अधिकारीहरूले जनकपुर, भैरहवा र नेपालगन्जबाट विदेशी वायुसेवाहरूले नेपाल प्रवेश गर्न पाउने गरी नयाँ प्रवेश विन्दुहरू उपलब्ध गराउन भारतलाई अनुरोध गर्ने गरेको पाइन्छ।सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले थप हवाई रुट भारतले उपलब्ध गराउनुपर्ने भन्दै पोखरा, भैरहवा र लखनउका क्षेत्रीय विमानस्थलबीच प्रत्यक्ष उडानका लागि सहजीकरण गर्नुपर्ने धारणा राखेका थिए।दुवै प्रधानमन्त्रीले नेपाल र भारतका सम्बन्धित अधिकारीहरूलाई ६ महिनाभित्र बैठक गरेर यी विषयहरूबारे टुङ्गोमा पुग्न निर्देशन दिएका भए पनि अझै पनि यसबारे साझा दृष्टिकोण तय भइसकेको देखिँदैन।सन् २०२२ मा बुद्ध पूर्णिमाको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गर्दा उनी कुशी नगरसम्म विमानमा र त्यहाँबाट हेलिकोप्टर चढेर लुम्बिनी आएका थिए।भारतको राजनीतिक र प्रशासनिक नेतृत्वको इच्छाशक्तिमा वर्षौँदेखि थाती रहेका यी सवालहरूको प्रगति भर पर्ने कतिपय विश्लेषकहरूले ठान्ने गरेको पाइन्छ।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
प्रधानमन्त्री वालेन्द्र शाहले उड्ययन क्षेत्रका यी तीन जल्दाबल्दा विषयमा भारतसँग 'ब्रेक थ्रू' गर्न सक्लान्?

Read Complete Original Article
Published originally on बीबीसी नेपाली






