काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एउटा मात्र खेल हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा साविक विजेता लुम्बिनी लायन्स र काठमान्डु गोर्खाज आमनेसामने हुनेछन्। खेल दिउँसो ५ बजे सुरु हुनेछ। प्रतियोगितामा लुम्बिनी लायन्स अहिलेसम्म अपराजित छ। टोलीले तीन खेलमा जित हासिल गरेको छ भने एक खेलमा अंक बाँडेको छ। अंक तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी आफ्नो अपराजित यात्रा कायम राख्दै प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ। अर्कोतर्फ, काठमान्डु गोर्खाजले पहिलो खेलमा हार व्यहोरे पनि पछिल्ला दुई खेलमा उत्कृष्ट पुनरागमन गरेको छ। अंक तालिकाको चौथो स्थानमा रहेको काठमान्डु आजको खेलमा लुम्बिनीको अपराजित यात्रामा पूर्णविराम लगाउने योजनाका साथ मैदानमा उत्रिनेछ।
एनपीएलमा आज काठमान्डु र लुम्बिनी भिड्दै

Read Complete Original Article
Published originally on नेपालन्युज






